Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

‘माइन्ड कन्ट्रोल’ भएको मान्छेले दिएको बयान पत्याउने ? : रायमाझीका वकिलकाे बहस

‘यो मुद्दा सङ्गठितमा ल्याउनुनै बदनियत छ अदालतले बदनियनलाई साथ दिन मिल्दैन’

खबरडबली स‌‌‌वाददाता

काठमाडौँ । एमालेका निलम्बित सचिव टोपबहादुर तथा पूर्व उपप्रधानमन्त्री रायमाझीका वकिल रमेश बडालले टेकनाथ रिजालको विषयमा पत्याउन ननिलने भन्दै अनौठो बहस गरेका छन् । पूर्वमहान्याधिवक्ता समेत भइरहेका  बडालले जिल्ला अदालत काठमाडौँमा शरणार्थी प्रकरणमा मुछिएका रायमाझीको पक्षमा बहस गर्दै भुटानी शरणार्थी नेता  रिजालको बयानलाई पत्याउन नमिल्ने कुरा उनले बताएका छन् ।

प्रहरीले पक्राउपछि बयानका क्रममा रिजालले सानु भण्डारी र केशव दुलालसँगै रायमाझीलाई पनि लहराेमा तनेका थिए । आफूले ओली र प्रचण्डलाई भेटाउनुस् भनेपछि काठमाडौँ ल्याएर टोपबहादुर रायमाझी कहाँ पुर्याएको रिजालको बयानमा उल्लेख गरिएको छ । रिजालको ब्यान अनुसार ‘मैले थाहा पाएसम्म टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको जानकारी छ ’ ।

बडालले सोही बहसमा रिजालले लेखेको ‘टर्चर किलिङ मी सफटली’ भन्ने किताब २००९ सालमा किताब लेख्नुभएको छ । त्यस किताबलाई देखाउद जेल बस्दा भुटानले रिजालको माइन्ड कन्ट्रोलको गरेको कुरा उल्लेखगरीएको छ । भुटानमा जेल बस्दा सरकारले माइन्ड कन्ट्रोलको गरेको र अझै पनि कन्ट्रोल भइरहेको हो कि भन्ने भान हुन्छ भनेर रिजालले किताबमा लेखेको बडालको जिकिर गरेका थियो । 

‘माइन्ड कन्ट्रोल भएको मान्छेले दिएको बयान पत्याउने ? उहाँको किताबमा माइन्ड कन्ट्रोल उल्लेख भएकाले उहाँले बयान दिएको कुरा अभियोग हुन सक्दैन ’,बहसका क्रममा बडालले भनेका छन्, नक्कली भुटानी शरणार्थी प्रकरणलाई प्रहरीले पहिले ठगीमा अनुसन्धान गरेको र २५ दिन पछि संगठितमा मुद्दालाई अघि बढाएको बडालले बताएका छन ।

‘यो मुद्दा सङ्गठितमा ल्याउनुनै बदनियत छ अदालतले बदनियनलाई साथ दिन मिल्दैन’, उनले भने, ‘६० दिन थुन्न पाउने कानुनलाई उपयोग गर्न बदनियत राखेर सङ्गठित मुद्दा चलाइएको छ । त्यसैले यो मुद्दामा राज्यलाई कुनै हानी भएको छै र राज्य पीडित नहुँदा राज्यविरुद्धको कसुर पनि हुँदैन ।’ यसअघि अधिवक्ता रमण श्रेष्ठले पनि बहसमा यस्तै जिकिर गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE