बेलबारी । कोशी प्रदेशका ८५ हजार पशुमा लम्पीस्किन सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार एक सय पशु मरिसकेको उद्योग कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।
मोरङको उत्तरी भेगका गाईभैँसीमा ‘लम्पीस्किन’ रोगको सङ्क्रमण बढ्दो छ । चरनका लागि जङ्गल जाने गाईभैँसीमा बढी मात्रामा सङ्क्रमण देखिएको बेलबारीका पशु विकास अधिकृत बाबुराम बस्नेतले बताए ।
बेलबारी–११ लक्ष्मीमार्गका चक्रप्रसाद न्यौपानेका गोठका पाँचवटै गाईबाच्छा लम्पीस्किन रोगबाट सङ्क्रमित छन् । सङ्क्रमितमध्ये एउटा बाच्छो मरिसकेको न्यौपानेले बताए । उनका जस्तै गाउँका धेरै गाईभैँसी सङ्क्रमित भएका छन् ।
पशु विकास अधिकृत बाबुराम बस्नेतले बेलबारीमा मात्रै दुई सयभन्दा धेरै गाईगोरुमा लम्पीस्किन रोगको सङ्क्रमण देखिएको छ र केही भैँसीमा पनि लक्षण देखिएको बताए ।
पशुको छालामा अचानक नयाँ खालको सङ्क्रमण देखिनु, गिर्खा आउनु, घाउजस्तो भएर पिप बग्नु, उच्च ज्वरो आउनु लम्पीस्किन रोगका लक्षण भएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मोरङका वरिष्ठ पशुसेवा अधिकृत डा अजय शाहको भनाइ छ । मोरङको १७ वटै पालिकामा सङ्क्रमण फैलिएको र जसमध्ये लेटाङका धेरै पशुमा रोगको सङ्क्रमण देखिएको उनले बताए । रोगी पशुको उपचार खोप मात्रै भएको भन्दै उनले हाल धेरै पालिकामार्फत खोप उपलब्ध गराउन थालिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - १६:५७
रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...
आश्विन ४ गते, २०८१ - १६:४७
टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...
आश्विन ४ गते, २०८१ - १६:३३
तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...
आश्विन ४ गते, २०८१ - १६:२०
एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार
आश्विन ४ गते, २०८१ - १६:१४
काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...
आश्विन ४ गते, २०८१ - १६:०८
धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...
आश्विन ४ गते, २०८१ - १६:००
काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...
आश्विन ४ गते, २०८१ - १५:४२
काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...
आश्विन ४ गते, २०८१ - १५:३२
गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...
आश्विन ४ गते, २०८१ - १५:२५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...
प्रतिकृया लेख्नुहोस्: