Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

धमाधम हटाइँदै काठमाडौँका अव्यवस्थित तार

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र अव्यवस्थितरूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको छ । महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम भइरहेको हो । तार व्यवस्थापनका लागि काटिएका तार सडकपेटीमा अलपत्र छोडिँदा पैदलयात्रुलाई समस्या हुनुका साथै त्यसले दुर्घटनाको जोखिम बढाएको काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलका ज्ञानु राणाले बताए ।

उनले भने, “अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य राम्रो हो, तर काटिएका तार सडकमा छोडिएका कारण त्यसले दुर्घटना निम्तिनुका साथै पैदलयात्रुलाई पनि समस्या हुने गरेको छ ।” बानेश्वर, थापागाउँलगायत क्षेत्रमा सेवा प्रदायक कम्पनीले अहिले तार काटेर फुटपाथमै भद्रगोलरूपमा छाडेका कारण अल्झिएर लड्ने खतरा बढेको उनको भनाइ छ । सडकमै छोडिएका तारमध्ये सबैभन्दा बढी इन्टरनेट, केबल सेवा प्रदायकका तार र टेलिफोनका तार बढी रहेका छन् ।

काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य गएको वैशाख २५ गतेबाट सुरु भएको हो । सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षलाई हेर्दै महानगरपालिकाले पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्यूरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्न सुरु गरेको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले जानकारी दिए ।

पछिल्लो समय काठमाडौँ महानगरभित्र अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य राम्रो भएको नयाँ बानेश्वरका स्थानीय मुकेश हमालले बताए । उनले भने, “तार व्यवस्थापन गर्दा राम्रो त देखिएको छ तर, बाटोमा तार फालिएका कारण पैदलयात्रुलाई समस्या हुने गरेको छ, बाटोमा फालिएका तार चाँडो व्यवस्थापन गरिनुपर्छ ।”

काठमाडौँ महानगर प्रहरी बलका प्रमुख पाण्डेले एकीकृत तार व्यवस्थापन गर्दा निस्केका तार तथा काटेर बाटोमा राखिएका तारलाई सुरक्षित व्यवस्थापन गर्न तत्काल निर्देशन दिने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनीका दुई प्रदेश सांसद नवगठित जसपामा खुले

बुटवल । लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन् ।  प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले ...

उपेन्द्र यादव नेतृत्वको जसपाले सरकार छोड्ने

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारबाट बाहिरने तयारी गरेको छ । माओवादी केन्द्रले मधेश सरकार छोडेपछि जसपा नेपालले केन्द्रमा सरकार छोड...

काठमाडौँको महंगी ४.०६ र पहाडको ५.३३ प्रतिशत

काठमाडौँ । चैत्र महिनामा महंगी घटेको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको पछिल्लो ९ महिना वित्तीय विवरणमा चैत्र महिनामा मुद्र स्फिती घटेको देखिएको...

मधेश सरकारबाट बाहिरियो माओवादी, अल्पमतमा सरकार

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझा...

सुरक्षण मुद्रण प्रकरण : विकल पौडेलसहित ६ जनाविरूद्ध ४० करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरूद्भ भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्ध...

सभामुखले बोलाएको बैठकमा बिना निष्कर्ष सकियो, कांग्रेस अडानमा कायम

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक, सचेतकहरूबीचको छलफल बिनानिष्कर्ष सकिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा ...

नारायणी नदीमा बन्ने पुलको शिलान्यास प्रधानमन्त्रीले गर्ने

चितवन । पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको पुलको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्ने भएको छ । ...

कांग्रेसको संसदीय दलको बैठक सोमबार बस्दै

सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने

चैतसम्मको आर्थिक अवस्थाः नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा

काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् । यो अवधिसम्ममा मुद्रास्फीति वाञ्छित स...

जलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिँदै

पर्वत । जलजला गाउँपालिकाको ७५ हेक्टर क्षेत्रफलमा सुन्तलाजन्य फलफूल खेती विस्तार गरिने भएको छ ।    जनशक्तिको अभावमा बाँझै रहेको जमिन उपभोग गर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies