चितवन । माडी नगरपालिकामा नौ वडा मात्रै छन्। विसं २०७१ मङ्सिर १६ गते माडी उपत्यकाका चार गाउँ विकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको हो।
गर्दी, बघौडा, कल्याणपुर र अध्योध्यापुरी गाउँविकास समितिलाई समाहित गरेर सो नगरपालिका बनाइएको थियो। सुरुवाती समयमा ११ वडा सिफारिस गरिएको भए पनि पछि सरकारले नौ वडा कायम गरेको थियो।
संघीय सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा वडा नं १० लाई बजेट विनियोजन गरेको छ। माडी नगरपालिका वडा नम्बर १० तोकेर अर्थ मन्त्रालयले सर्शत अनुदानको बजेट पठाएको नगर प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए।
'माडीमा वडा नं १० नै छैन। १० लाख बजेट वडा नं १० का लागि भनेर छुट्टयाइएको छ,' उनले भने। कार्यक्रम नै तोकेर बजेट विनियोजन पठाइएको उनले बताए।
नगरपालिकालाई दिइएको बजेट भएको भए आवश्यकताअनुसार खर्च गर्न सकिने भए पनि तोकेर नै पठाइएपछि के गर्ने भन्ने अन्योलमा परेको उनको भनाइ छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल स्यालोट्युवेल जडानका लागि बजेट विनियोजन भएको जानकारी दिए।
नगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै पहिलो कार्यपालिका बैठकले माडीको बाँदरझुलालाई वडा नं १० बनाउन सङ्घीय सरकारलाई सिफारिस गरेको छ। सङ्घीय सरकारले भने त्यससम्बन्धमा कुनै निर्णय गरेको छैन।
ुवडा सिफारिस गरिएको छ, तर निर्णय भइसकेको छैन, तर बजेट विनियोजन भएर आयो,ु पौडेलले भने। अब यो बजेटलाई के गर्ने भन्ने विषयमा सङ्घीय सरकारसँग कार्यान्वयनका क्रममा समन्वय गरिने उनले बताए। बजेट आएको भए पनि वडाको विषयमा आधिकारिक जानकारी नआएको उनको भनाइ छ।
माडीमा अन्तर सरकारी वित्तीय रकम ४७ करोड ५१ लाख बजेट आएको छ। त्यसमध्ये समानिकरण अनुदान १२ करोड १५ लाख, नेपाल सरकारको समानिकरण न्यूनतम अनुदान तीन करोड ५० लाख, समानिकरण सुत्रमा आधारित अनुदान आठ करोड १४ लाख, समानिकरण कार्यसम्पादनमा आधारित अनुदान ५१ लाख रहेको छ।
यस्तै ससर्त अनुदान ३० करोड ३६ लाख रहेको छ। सङ्घीय सरकारले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पुर्वाधार, सामाजिक विकास लगायतका क्षेत्रमा बजेट तोकेर पठाएको छ। विशेष कार्यक्रमअन्तर्गत दुई कार्यक्रम वडा नै तोकेर पठाइएको पौडेलले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८३ - १७:४२
काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...
आषाढ़ ५ गते, २०८३ - १७:२८
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...
आषाढ़ ५ गते, २०८३ - १७:१५
काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...
आषाढ़ ५ गते, २०८३ - १६:५८
बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...
आषाढ़ ५ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...
आषाढ़ ५ गते, २०८३ - १६:३६
काठमाडौं । सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिएको प...
आषाढ़ ५ गते, २०८३ - १६:०१
काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजन...
आषाढ़ ५ गते, २०८३ - १५:५६
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उक...
आषाढ़ ५ गते, २०८३ - १५:४८
काठमाडौँ। ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गर...
आषाढ़ ५ गते, २०८३ - १५:३३
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्दै ६ दिनपछि बस्ने गरी बैठक स्थगित गरेको छ। अब अर्को बैठक असार ११ गते बिहान...



प्रतिकृया लेख्नुहोस्: