काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले ग्राहकलाई हाल वितरण गर्दै आएको खानेपानीको परिमाण बढाउँदै जाने योजना बनाएको छ । वर्षाको समयमा आन्तरिक स्रोतबाट उत्पादन हुने पानी बढ्ने र मेलम्चीको पानी नियमित हुँदा उपभोक्तालाई थप पानी वितरण गर्न सकिने लिमिटेडले जनाएको छ ।
अहिले दैनिक वितरण नभए पनि उपभोक्ताले हाल पाइरहेको भन्दा वर्षामा बढी पानी पाउन सक्ने गरी योजना बनाइरहेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले बताए । उनका अनुसार पानीको उपलब्धतासँगै पानी वितरण गर्ने तालिका परिमार्जन गर्ने योजना रहेको छ । उनले भने, “अहिलेसम्म खोला सुकेकाले सतही स्रोत सुकेको छ । खोलामा पानी हुन थालेपछि उत्पादन बढेछ र पुन: विचार गरिनेछ ।”
दैनिक तीनरचार घण्टासम्म पानी वितरण भइरहेको प्रवक्ता राईले बताए । अधिकांश ग्राहकले फेसबुक चलाउने भएकाले कुन क्षेत्रमा कहिले पानी वितरण हुन्छ भनेर सम्बन्धित शाखाको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिने गरिएको उनले बताए । उनले भने, “अहिले दुई दिनको फरकमा पानी वितरण भइरहेको छ । कहाँ कति बजे पानी आउँछ भनी ग्राहकले फेसबुक पेजबाट जानकारी लिने गर्नुभएको छ ।”
वर्षामा लिमिटेडको उत्पादन क्षमता बढ्ने हुँदा उपभोक्ताले पाउने पानी थप गर्दै जान सकिने प्रवक्ता राईको भनाइ थियो । वर्षामा लिमिटेडको उत्पादन १४र१५ करोड लिटरसम्म हुँदा केही घण्टाका लागि भए पनि दैनिक पानी वितरण गर्नसक्ने उनले बताए ।
अहिले दैनिक १७ करोड लिटर मेलम्चीबाट आउने र लिमिटेडको आफ्नो स्रोतबाट दैनिक आठदेखि नौ करोड गरी जम्मा २६(२७ करोड लिटरसम्म पानी वितरण भइरहेको छ । लिमिटेडले गत वर्ष वर्षाको समयदेखि बागमती नदीबाट समेत पानी ल्याउन सुरु गरेको छ । गत वर्ष बागमती नदीबाट दैनिक चार करोड लिटर पानी ल्याइएको लिमिटेडले जनाएको छ ।
यस वर्ष वर्षाको समयमा थप छ करोड लिटर पानी ल्याउन सकिने प्रवक्ता राईले बताए । उनले भने, “थप पानी ल्याउनका लागि आवश्यक संरचना बनाउन ठेक्का प्रक्रियामा जान लागेका छौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएदेखि यहाँ खानेपानीको समस्या कम हुँदै गएको छ ।”
अबका दिनमा खानेपानीको समस्या कम हुँदै जाने प्रवक्ता राईले बताए । उनका अनुसार उपत्यकाका डाँडामाथि ३५ वटा पानीका स्रोत छन् । लिमिटेडले ती स्रोत र जमिनमुनि रहेका एक सय एक ट्युबेलबाट पानी जम्मा गरी वितरण गर्दै आएको हो ।
गत वर्षमा उपभोक्ताको घरमा पालोपालो गरेर ९र१० दिनमा पानी वितरण हुने गरेको थियो । अहिले काठमाडौँ उपत्यकामा दैनिक ४० करोड लिटर पानीको आवश्यकता रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...
फाल्गुन २९ गते, २०८२ - १४:२८
काठमाडौँ। स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई ज्ञापन गरेको छ । अभिया...
फाल्गुन २९ गते, २०८२ - १४:१९
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको...
फाल्गुन २९ गते, २०८२ - १४:०६
काठमाडौँ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बना...
फाल्गुन २९ गते, २०८२ - १३:५६
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...
फाल्गुन २९ गते, २०८२ - १३:५६
दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...
फाल्गुन २९ गते, २०८२ - १३:५०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली का पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। उनको निधनप्रति नेपाली कांग्रेस र नेकपा दु...
फाल्गुन २९ गते, २०८२ - १३:३६
काठमाडौँ । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री हटाउन थालेको छ । सार्वजनिक निजी ...
फाल्गुन २९ गते, २०८२ - १३:३०
कपिलबस्तु। जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । जिल...


प्रतिकृया लेख्नुहोस्: