Ntc summer Offer
Khabar Dabali ७ भाद्र २०८२ शनिबार | 23rd August, 2025 Sat
Investment bank

कमलाको दुख : तीन मिनेटको बाटो डेढ घण्टा

खबरडबली संवाददाता

लहान । शुक्रबार सुरजकुमार मुखिया निकै हतारमा हुनुहुन्थ्यो । केही घण्टा भए पनि छिटो पुगिएला भनेर पूर्वपश्चिम महेन्द्र राजमार्ग छलेर जनकपुरबाट विराटनगर जान हिँडेका उहाँ निकै हतारमा रहेको मोटरसाइकलको गतिबाट प्रष्ट थाहा हुन्थ्यो । त्यस्तै हतारमा थिए रामदेव महतो पनि ।  हतार गरेर के गर्नु १ उहाँहरूको मोटरसाइकलको गति १२ वर्षदेखि भाँसिएको धनुषा–सिरहा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला नदि छेउमा पुगेर रोकियो । जसरी केही समयअघिदेखि सिरहा नगरपालिका–७ का कपिलदेव यादव छुताउँदै रोकिरहेका थिए । “छिटो पुगिन्छ भनेर पहिले यही बाटो आइन्थ्यो तर यस पटक भने दु:ख पाइयो । पुल बगाएको बारे यही पुगेपछि मात्रै थाहा भयो । अब फर्किने कि अर्को बाटोबाट जाने दोधारमा छु”, यादवले मलिन मुद्रामा भने । 

यस्तै पछुतो थियो सुरजकुमार मुखियाको पनि । “साथीले एकाध घण्टा छोटो हुन्छ भनेर यो बाटो आए तर यहाँ त कामचलाउ काठको पुल पनि बगाइसकेको रहेछ”, उनले भने, “यस्तो हविगत होला भन्ने के थाहा १ फसादमा परियो । अब कुन बाटो भएर जाने थाहा नै छैन ।”

यतिबेलै आइपुगे धनुषाको विदेह नगरपालिका वडा नं ६ का सुविन्दर झा । वर्षौंदेखि कमलाको दु:खबारे जानकार झाले पारी पुग्न दुई विकल्प सुनाए । ती दुई विकल्पमध्ये या त भारतीय बजार जयनगर हुँदै जाने वा सारश्वरघाट हुँदै डुङ्गा चढेर पुलपारी पुग्ने । “के गर्नु हजुर केही दिनअघि मात्रै आएको बाढीले अस्थायी काठेपुल पनि बगायो । धेरै मान्छेले यसरी नै पुलसम्म पुगेर धोका पाउनुपरेको छ । यस्तो दु:ख वर्षायामभरि भोग्नु्पर्छ”, उनले भने । उनले तीन मिनेटको दूरीमा पुग्ने ठाउँमा अब डेढरदुई घण्टा समय लाग्ने बताए ।

हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै डेढ वर्षअघि भाँसिएको थियो । स्थानीयले वर्षौंदेखि काम चलाउ काठेपुल बनाएर आवतजावत गरिरहे पनि वर्षायाममा भने सोही पुल बगाएर सधैँ यस्तै सास्ती हुने गरेको छ । यो समय स्थानीयले वारपार गर्न भारतीय बजार जयनगर वा रु एक सय तिरेर डुङ्गाको जोखिमपूर्ण यात्रा परिरहेको स्थानीय पत्रकार नरेश रौनियारले जानकारी दिए । 

“अन्य बेला त काठेपुल वा अन्य विकल्प प्रयोग गरेर नदी वारपार गर्न सकिन्थ्यो तर वर्षायामभरी यो विकल्प पनि रहँदैन । खै १ कहिलेसम्म यस्तो सास्ति खेप्नुपर्ने हो रु”, उनले भने । निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स कन्सट्रक्सन’ले आगामी चैत मसान्तसम्म भाँसिएको पुल पुन:निर्माण गर्ने गरी काम गरिरहेको थियो तर कमला नदीमा बढेको पानीको बहावका कारण पुन:निर्माणको काम पनि रोकिएको छ । निर्माण कम्पनीका आयोजना प्रमुख सुदीप थापाले आगामी असोजसम्म काम रोकिएको जानकारी दिए ।

विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो तर पटक पटक म्याद थपेर करिब दश वर्ष लाग्यो । निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि पुन:निर्माण अनिश्चित भयो । यही अनिश्चितताबीच गत फागुन १५ मा

तत्कालीन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुलको स्थलगत निरीक्षण गरी तत्काल काम सुरु गर्न निर्देशन दिएका थिए । “जनताले निकै सास्ती भोग्नुपरेको छ । यसरी पुल निर्माण कार्य अलपत्र पार्न पाइँदैन । म निर्माण कम्पनीलाई प्रक्रिया पुर्याएर तत्काल काम गर्न निर्देशन दिन्छु”, उपप्रधानमन्त्री श्रेष्ठले भनेका थिए । यसको केही समयपछि गत चैत २६ गते प्राविधिक नक्सा स्वीकृत भई पुन:निर्माणको काम सुरु पनि गरियो तर शुक्रबारदेखि सो कार्य पूर्णरुपमा ठप्प भएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानले नेपाललाई दियो १ सय ४५ रनको लक्ष्य

काठमाडौँ । टप एण्ड टी–२० सिरिजमा पाकिस्तानले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ ।  पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गरेको हो ...

प्रतिनिधिसभा बैठक भदौ १३ सम्मको लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक भदौ १३ गते बस्ने गरि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले भदौ १३ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।  ...

विश्वासको मत नलिनुको कारण पेस गर्न प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा पुन विश्वासको मत नलिएको भन्दै दायर रिटमा शुक्रबार कारण देखाऊ आदेश ...

बागलुङमा विद्यार्थी भ्यान दुर्घटना: गम्भीर घाइते भएका दुईलाई पोखरा लगियो

बागलुङ । बागलुङको गलकोट नगरपालिकामा भएको विद्यार्थी सवार भ्यान दुर्घटनामा परि दुई जना गम्भीर भएका छन् ।  विद्यार्थी बोकेर हरिचौरबाट हटियातर्फ जाँदै...

प्रभु साहको प्रश्न: प्रधानमन्त्री भारत र चीन जाँदा लिपुलेक एजेन्डामा पर्छ कि पर्दैन ?

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालको भूमि लिपुलेक हुदै भारत र चीनले व्यापारिक नाका सञ्चालन गर्ने बारेमा संसदलाई जा...

जोखिम मोलेरै भए पनि संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको संविधान संशोधन अब विलासिता वा विकल्प नभई देशको शासन प्रणालीमा देखिएका गम्भीर समस्या सम...

शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथ...

श्रीलंकाका पूर्वराष्ट्रपति पक्राउ

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे सरकारको कोषको दुरूपयोग गरेको आरोपमा पक्राउ परेका छन्। शुक्रबार उनलाई क्रिमिनल इन्भेस्टिगेशन...

दक्ष जनशक्तिबिना विकास सम्भव छैन : मन्त्री खड्का

सङ्खुवासभा । ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री दीपक खड्काले दिगो समृद्धिको आधार दक्ष जनशक्ति भएको बताएका छन्। सङ्खुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न अ...

अस्पतालभित्र ४५ सय गोप्य भिडियो खिच्ने अस्ट्रेलियाली डाक्टर रिहा

काठमाडौं । अस्ट्रेलियाली अस्पतालका शौचालयमा सयौँ मेडिकल सहकर्मीहरूको गोप्य भिडियो खिचेको आरोपमा एक प्रशिक्षार्थी शल्यचिकित्सकलाई शुक्रबार अदालतले जमान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending