Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

नेपालमा कर्मचारीहरुले काम नगरेकै हुन् त?

कुमार दाहाल

माननीय सांसदज्युरुले संसदमा सवाल उठाउन थाल्नुभएको छ। "कर्मचारीले नतिजा दिएनन्। कर्मचारी काम लाग्ने भएनन् । कर्मचारीहरुलाई करारमा राख्नुपर्छ। यो कर्मचारी तन्त्रले काम गर्दैन।" आदि इत्यादि ।

सार्वभाैम संसद नीति ,कानुन बनाउने थलो हो । यहाँ उठेका प्रश्न र विषय नीतिगत हुने गर्छन् ।  कर्मचारीतन्त्रको स्वरुप र नीतिको विषय निजामती सेवा ऐन अहिले सरकारमा विचाराधीन छ। ,यूएनका पूर्वमहासचिव कोफी अन्नान भन्छन " "नीतिगत हिसाबले सेवा प्रवाह गर्ने ठाउँ संसद हो । जनतालाई बिन्दुमा राखेर संसद्ले ऐन कानुन र नीति बनाउनुपर्छ "। तर प्रश्न कर्मचारीको कामयाबी र ल्याकत माथि उठ्दैछ । साँच्चै कर्मचारी काम नलाग्ने नै हुन् त ? संघीय संसदमा उठेका प्रश्न र सवालहरु पेचिला छन्। संसदमा यि सवालहरु कति समीचीन वा यथार्थ छन्। थोरै विश्लेषण गर्ने प्रयास गरेको छु।

राजनीति जनताको नजिकै हुन्छ। कर्मचारितन्त्र राजनीतिको पछाडि। नतिजामा, जनताले राजनीति माथि प्रश्न गर्छन्। उत्तरआधुनिक व्यवस्थापनको सिद्धान्तले लाेकतन्त्र वितरण गर्ने प्रशासनलाई जनमुखी प्रशासन मान्छ । जनमुखी प्रशासनले राजनीति र कर्मचारीतन्त्रलाई समान उत्तरदायी र जिम्मेवार बनाउँछ। त्यसैले भनिन्छ कर्मचारीहरुले लोकतन्त्रको वितरण गर्छन् । तर वितरणमा कर्मचारीतन्त्र देखिन्छ ।राजनीति देखिँदैन।

त्यसैले राजनीतिक नेताहरु कर्मचारीतन्त्रलाई आफ्नै दलको जेबमा राख्ने प्रयत्न गरिरहन्छन। यहीबाट लोकतन्त्रकाे नतिजामा होइन, लोकतन्त्र भित्रै कर्मचारीतन्त्र रमाउन थाल्छ। यसैलाई कर्मचारीतन्त्र भित्रको राजनीतिक हस्तक्षेप मानिन्छ ।

राज्यका सबै अङ्गमा राजनीति हुन्छ। किनकि यो लोकतन्त्रको सुन्दर पक्ष हाे तर यसको थप सुन्दर पक्ष के हो भने शासनका अंगहरुमा राजनीतिको सीमा हुन्छ। यो सीमा भनेको नीति हो। नीति निर्माणपछि राजनीति, निर्देशक वा अनुगमनकर्ताकाे रुपमा रहन्छ। तर हाम्रो सार्वजनिक प्रशासनमा निर्देशक वा अनुगमनकर्ता भन्दा नीतिको कार्यान्वयनम राजनीतिक नेतृत्व रमाउदै गयो।। त्यसैले राजनीति नेतृत्वबाट कर्मचारीतन्त्र माथि बेलाबेला प्रश्न उठ्ने गर्छ। तटस्थ र प्रतिबद्ध निर्देशक नहुँदा कर्मचारीतन्त्रले नतिजामा अपनत्व देखाउन सकेन। ठाउँ पाउने बित्तिकै राजनीतिले प्रशासनलाई र प्रशासनले राजनीतिलाई सवाल उठाउने कारण यही हो।

संसारको विकसित सार्वजनिक प्रशासनमा राजनीतिले कर्मचारीतन्त्र विषयमा संसदमा सवाल गर्दैन। आफ्नो मन्त्रालयको प्रशासनिक नेतृत्वकाे योग्यताको निगरानी गर्छ। दुवैको कटाक्ष निगरानीले मात्र नतिजा दिन्छ भन्नेमा उनीहरु विश्वास गर्छन्। त्यहाँ जनताले कर्मचारीतन्त्रलाई राजनीतिक प्रतिनिधित्व ठान्छन्। तर त्यो कर्मचारीतन्त्रले कुनै राजनीतिक दल वा पक्षकाे बहस गर्दैन। कर्मचारीतन्त्रलाई राजनीतिक योग्यताको विश्वास हुन्छ। तर हाम्रोमा राजनीतिले कर्मचारीको योग्यता माथि प्रश्न गर्छन्। यो प्रश्न योग्यता माथि होइन। कर्मचारीतन्त्र प्रतिको विश्वासको संकट हाे।

माननीय सांसदज्युहरुले कर्मचारी नीतिको भित्री पक्ष बुझ्न खोज्दैनन्। कानुन, ऐन, नियम, कार्यविधि भित्र नतिजा कसरी अड्किएको छ भन्ने विषयमा उनीहरूको कम चासो हुन्छ । आफूले बनाएका कानुनका सीमा भन्दा बाहिर गएर नतिजा खोज्ने प्रवृत्तिले अहिलेको कर्मचारीतन्त्र डराएको छ । यो डरको कारणले उसले आफ्नो योग्यता पनि गुमाउँदै छ। यहीँनेर कर्मचारितन्त्र काम लागेन वा नतिजा दिएन भन्ने सवालहरु संसदमा उठ्ने गर्छन।

हाम्रोमा कर्मचारीतन्त्रदेखि राजनीति डराएको जस्तो देखिन्छ। कर्मचारी एेन ल्याउन नसक्नुकाे कारण यहि हाे। संसद कानुन बनाउने थलो हो। संविधानको अधिन भित्र रहेर जस्तोसुकै कानुन संसदले बनाउन सक्छ। सरकार वा संसदलाई आफुले चाहेको कर्मचारी सम्बन्धी ऐन ,नीति बनाउने स्वतन्त्रता छ ।तर याे योग्यता राजनीतिक नेतृत्वले राख्नै पर्छ।

अहिले कर्मचारीले चाहेको अभिभावकत्व यहि हाे । बजेट नीति कार्यक्रम श्रोत र सीमाहरूकाे जिम्मेबारी राजनीतिको हुनुपर्छ। र त्यही विषयमा राजनीतिक अनविज्ञता बढी छ। प्रशासनिक विज्ञतालाई गहिरो सम्म बुझ्न नसक्दा राजनीतिले प्रशासनलाई सधैभरी प्रश्न गरिरहन्छ। यसको असर तल्लो सेवा प्रभावमा परिराखेको छ।

कर्मचारीतन्त्रले साँच्चै काम नगरेकै हो त? यसको सहि उत्तर, हो ! अहिलेको कर्मचारीले तन्त्रले योग्यता अनुसार काम गरेको छैन। किनकि राजनीति जस्तै कर्मचारीतन्त्रले पनि आफ्नो परम्परा मात्र धानेको छ।

नवप्रवर्तन र नयाँपनमा अझै कर्मचारीतन्त्र रमाएको छैन। राजनीतिले काम गर्ने वातावरण दिन सकेकै छैन।थुप्रै कर्मचारी, थोरै काम, थोरै सुविधा ,धेरै महत्वकांक्षा, कानुन र कार्यविधि धेरै, नतिजा थोरै, खर्च धेरै उपलब्धि थोरै, नेतृत्व धेरै क्षमता थोरै बिचमा तालमेल देखिदैन। जबसम्म यो तालमेल मिल्दैन कर्मचारीले पूर्ण क्षमतामा काम गर्दैन । गर्न सक्दैन।

माननीयज्यूहरुले करारको विषय पनि उठाउनुभएको छ। सैद्धान्तिक र व्यवहारिक हिसाबले यो विषय पनि मननीय छ। सबै पदमा करारबाट कर्मचारी संचालन गर्न राजनीतिमा ठूलाे साहस चाहिन्छ। किनकि जनताले योग्य सेवा चाहन्छन्। योग्यता भनेको सेवा वितरणमा निष्पक्षता र तथस्टता पनि हाे। यसकालागि कर्मचारी भन्दा माथिको विज्ञता र योग्यता राजनीतिमा चाहिन्छ। तब मात्र जस्तोसुकै कर्मचारी प्रणालीले नतिजा दिन सक्छ। असल मालिक प्रतीको वफादारिता कर्मचारीतन्त्रको धारणा पनि हो। राम्रो काम गरे अप्ठ्यारो हुने र नतिजा दिन नसक्दा आलोचित हुने कर्म राजनीतिले कर्मचारीतन्त्रलाई दिएको होइन ।

नेपालजस्ता अविकसित देशहरुमा यस्ता कर्म बढी प्रचलनमा छन्। यही कारणले कानुन बनाउने थलोमा कर्मचारी माथिको योग्यताको प्रश्न बेला-बेला उठिरहन्छ। यो कर्मचारीतन्त्रको मात्र खराबी होइन राज्यका सबै अंगहरूको योग्यताको एकमुष्ट सवाल हाे । जसको समयानुकुल उत्तर माननीय सांसदज्युहरु सँगै छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेतृत्वको कमजोर प्रवृत्तिका कारण थारू मतदातामा वितृष्णा

नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !

धनुषाका गाउँमा चुनावी रौनक नहुँदा मतदातामा निराशा र आक्रोश

जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...

स्वच्छ चुनाव भयो भने नेकपा पहिलो पार्टी बन्छः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...

‘गाई काट्ने’ अभिव्यक्तिमा विवाद : खगेन्द्र सुनारलाई रास्वपाको चेतावनी, सार्वजनिक रूपमा क्षमायाचना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व अभिव्यक्तिका कारण विवादमा तानिएका आफ्ना उम्मेदवार खगेन्द्र सुनारलाई औपचारिक रूपमा सचेत गराएको...

चिर्पट प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान्ले गरे प्रहरीसमक्ष आत्मसमर्पण

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमान्ले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। घटनापछि ३० वर्षीय विनोद ता...

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या

सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...

तीन जनाको हत्या आराेपमा पक्राउ परेका सार्वजनिक

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...

पतिको यौन हिंसाले च्यातियो मलद्वारको स्पिङ्क्टर, दुई वर्षको यातनापछि शान्ताको शल्यक्रिया, जीवन–मरणको लडाइँ

काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...

सर्लाहीमा हात्तीपाइलेको खतराः १२ पालिकामा सक्रिय सङ्क्रमण, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...

गुट अन्त्यको सन्देश दिँदै गगन थापाले भनेः ‘कांग्रेस अब एकै स्वरमा अघि बढ्छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending