पूर्वी पहाड तहसनहस हुँदा मध्य तराइमा किसानका आँखा आकाशतिरै
आषाढ़ १० गते, २०८० आइतवार 25th June, 2023 Sun१३:११:१९ मा प्रकाशित
खबरडबली संवाददाता
काठमाडौं । यतिबेला पूर्वी पहाडी जिल्लाहरुमा वर्षा र आएको बढी पहिरोका कारण तहस नहस बनाएको छ । बढी पहिरोमा परी ओखलढुंगा, संखुवासभा, तेह्रथुम, पाँचथर लगायतका जिल्लाहरुमा दर्जानौको ज्यान गई सकेको छ भने सयौं विस्थापित भएका छन् ।
वर्षा पछि आएको बाढी पहिरोका कारण पहाडी जिल्ला तहस नहस भई रहेको अवस्थामा तराईका जिल्लामा भने अडेरी परीरहेको छ । असारको पहिरो साता भइ सक्दा पनि पानी नपर्दा किसानहरुले धानको बिउ राख्न पाएका छैनन् । किसानहरु पानी कहिले पर्छ भनेर आकाश हेरेर बसी रहेका छन् । अलिकति कालो बादल लागेर आकास मडारीयो भने खुसी लागे पनि पानी नपर्दा अब आउँदो वर्षभरी के खाने भनेर किसान चिन्तामा रहेका छन् ।
पैवी पहाडलाई वर्षा र बढीपपिहरोले क्ष्त क्षित पारेपनि महोत्तरीका किसान आकाश हेरेर बस्न बाध्य भएका छन् । जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–८ बजराहीका किसान समयमै वर्ष नहुँदा अहिले धान खेती गर्न पाएका छैनन् । आगामी वर्ष कसरी हातमुख जार्ने भन्ने चिन्ताले उनीहरुलाई सताउन थालेको छ ।
स्थानीय रामआश्रे मण्डलका आँखा यतिबेला आकाशतिरै तेर्सिएका छन् । कतै कालो बादलका धर्सा देखे भने आज पानी पर्ला कि भन्ने आशामा हौसिन्छन् । नहाँले दुई बिघा जमिनमा धानखेती गरेका छन् । त्यसको उब्जनीले १७ जनाको परिवारलाई वर्ष दिन खान पुग्दछ । तर, यसपालि असारको पहिलो सातासम्म पानी नपर्दा समयमै रोपाइँ नहुने हो कि भन्ने चिन्ताले सताउन थालेको उनी बताउँछन् ।
अर्का किसान रामबाबु चौधरीलाई पनि लामो समयदेखिको खडेरीको कारण धान रोपाइँ गर्न भएको समस्याले चिन्तित तुल्याएको छ । पनि कसरी लगाउने भन्ने चिन्तामा आफ्ना पाँच विगाहा खेतमा यसपाली धान डुबेका छन् । गाउँमा धान खेती गर्नेमा अग्रणी किसान उनी अहिले दिनरात यसपाली कसरी धानखेती गर्ने भन्ने चिन्तामा छन् । उनीहरुमात्रै होइन, बजराही गाउँका सबैजसो किसानहरुको चिन्ता समान रहेको छ ।
उनीहरुको बेचैनीका कारण खडेरी हो । खडेरीको कारण उनीहरु यसपाली धान खेती गर्न नपाउने भएको भन्दै पीडामा रहेका हुन् । यसअघिका वर्षहरुमा समयमै पानी परेर मौसमको अवस्था सामान्य हुँदा किसानलाई धान खेती गर्न कुनै समस्या भएको थिएन भने यसपाली लामो समयदेखि जिल्लामा पानी नपर्दा उनीहरु ठूलो सङ्कटमा छन् ।
बढ्दो वन विनाश, नदी खोलाको जथाभावी उत्खनन तथा दोहन र चुरे क्षेत्रको विनाशले तराई मधेसमा वर्षा कम हुने र भएका पानीका स्रोतहरु पनि सुक्दै गएका छन् । लामो समयदेखि पानी नपर्दा खडेरी लागेर यहाँका किसानहरुले अहिलेसम्म बीउ पनि छर्न सकेका छैनन् भने बीउ र ब्याड नहुँदा के रोप्ने र कसरी धान फलाउने चिन्ताले ग्रसित भएका छन् । पानी नपरेकै कारण अधिकांश किसानको खेत पनि अहिलेसम्म बाँझै रहेको छ भने केहीले ट्याक्टर लगाएर जोतेका खेतहरु पनि सुकेर पुनःचट्टान बनिरहेकाले यसपाली बजराहीका किसानमा धानखेती गर्न नसकिने हो कि भन्ने आशङ्का रहेकोछ ।
असारको पहिलो साता बितिरहँदा जिल्लामा आधा रोपाइँ सकिन्थ्यो । यस वर्ष अहिलेसम्म अधिकांश किसानहरुले बीउ पनि राख्न नसकेको कृषि ज्ञानकेन्द्र महोत्तरीका प्रमुख डा. रामचन्द्र यादवले बताए । बजराहीमा मात्र नभएर धान खेतीका लागि उर्बर मानिने गौशाला नगरपालिका तथा एकडारा, सम्सी, सोनमा र बलवा नगरपालिकाका किसानको पनि समस्या उस्तै रहेको उनको भनाइ छ ।
लामो समयदेखि पानी पर्ने आशामा रहेका गौशाला नगरपालिका–११ का किसान दिनेश महतोले खडेरीका कारण आफूले ब्याड तयारी गरेर पनि अहिलेसम्म बीऊ छर्न नपाएको बताए । स्थानीय हजारी साहले आफूले यसपाली धानखेती गर्ने सबै खेत पहिलेदेखि नै खनजोत गरी तयार गर्न नसकेको तर एकाध खेत तयार गरेको भए पनि ती खेतमा लगाउने बीउ अहिलेसम्म राख्न नपाएको गुनासो गरे ।
असारको पहिलो साता हुँदा पनि नराखेको बीऊ कहिले तयार परेर रोप्ने भन्दै उनी प्रश्न गर्छन् । यस्तै अवस्था रहे आगामी वर्ष भोकभोकै मरिने पो हो कि भन्ने चिन्ताले सताएको उनले बताए ।
त्यसैगरी जिल्लाको सीमानाकामा अवस्थित सोनमा गाउँपालिका–४ का किसान बिकाऊ यादवले अघिल्ला वर्षहरुमा प्रशस्त पानी परेका कारण खेतबारीमा विभिन्न प्रजातिका धानका बीउ तयार गरेर लगाउँदै आएकामा यसपाली अहिले पाँच/छ महिनादेखि एक थोपा पानी नपर्दा खेतीपाती हुन नसकेको बताए ।
महोत्तरी जिल्लामा जम्मा ७१ हजार ५१७ हेक्टर खेतीयोग्य जग्गा रहेकामा ४४ हेक्टर जग्गामा धान खेती हुने गर्दछ । सामान्यतः किसानहरुले आफ्नो खेत खनजोत गरी तयार गरिसकेर जेठ महिनाको पहिलो र दोस्रो सातामा नै बीऊ छर्किने गर्दथे भने असारको १५ गतेभित्र रोपाइँ हुने गर्दथ्यो । यतिबेला किसानहरु कहिले पानी पर्ला भनेर आकासतिर हेर्दै प्राथना गरेका छन् ।
ज्ञान केन्द्रका प्रमुख डा यादवले जिल्लामा आकाशे पानीको भरमा धान खेती हुँदै आएकाले पर्याप्तमात्रामा पानी नपरे जिल्लामा रोपाई नहुने तर्क राखे । केही स्थानमा स्यालो ट्युबवेल, डिप बोरिङ र कुलो, नहर रहेपनि चार÷पाँच प्रतिशत मात्रै खेत सिञ्चित हुने गरेको उनको भनाइ छ ।
जिल्लाका किसानहरुले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारसँग जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न र यहाँका धानखेती गर्ने किसानलाई राहतको व्यवस्था गर्न माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...
प्रतिकृया लेख्नुहोस्: