एजेन्सी । इंग्लिस क्लब चेल्सीका मिडफिल्डर मेसन माउन्ट अर्को प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जाने पक्का भएको छ ।
युनाइटेडले माउन्टलाई चेल्सीबाट ५५ मिलियन पाउन्डमा ५ वर्षको सम्झौतामा कलबमा भित्राएको छ । चेल्सीले गत सिजनमा ६ सय मिलियन पाउन्ड खर्च गरेको थियो र फाइनान्सियल फेयर प्लेको तनाव घटाउन चेल्सीले धमाधम खेलाडी कटौती गरिरहेका छन् ।
चेल्सीले युनाइटेडको सुरुवाती तीन प्रस्ताव अस्वीकार गरेपनि चौथो प्रस्तावमा दुई क्लब र खेलाडी सहमती बनेको हो । तर, अर्को वर्ष स्वतन्त्र हुने भएका कारण चेल्सीले राम्रो शुल्कमै माउन्टलाई बेचेको हो ।
माउन्ट यो समरमा चेल्सी छाड्ने आठौं खेलाडी बनेका छन् । काई हाभर्ट्ज आर्सनल र माटियो कोभासिस म्यानचेस्टर सिटीमा पुगेका छन् । एडुआर्ड मेन्डी र कालिडो कोउलिबाली साउदीको अल–अहली तथा एन’गोलो कान्टे साउदीकै अल इतिहादमा पुगेका छन् । रुबेन लोफ्टस चिक र टिमोथी बाकायोको एसी मिलान पुगिसकेका छन् ।
६ वर्षको उमेरमा चेल्सीमा आवद्ध भएका माउन्टले सन् २०१९ मा सिनियर टोलीमा डेब्यु गरेका थिए । उनले चेल्सीका लागि १९५ खेलमा ३३ गोल गरेका उनीे गत सिजन चोटका कारण माउन्ट लामो समय मैदान बाहिर रहेका थिए ।
माउन्टले चेल्सीसँग २०२१ मा च्याम्पियन्स लिगसँगै फिफा क्लब विश्वकप र यूईएफए सुपर कप पनि जितेका थिए। इङ्ल्यान्डबाट ३६ क्याप जितेका उनले ५ गोल गरेका थिए । गत बर्ष २०२२ को कतार विश्वकपमा उनी इंग्ल्यान्डको टोलीमा थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: