Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

२५.०३ सेकेन्डमा ७५ वटा खुड्किला ओर्लएर हरिचन्द्र गिरीले गरे नयाँ विश्व किर्तिमान

खबरडबली संवाददाता

काठमाडौं। हिँडेने काम खुट्टाले गर्ने भए पनि नयाँ कीर्तिमान बनाउँदै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम लेखाउन मान्छेले अचम्म-अचम्मका काम गर्ने गरेका छन् । यस्तै एउटा अचम्मको काम गरेर एक नेपाली युवाले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम दर्ता गराएका छन् । 

२९ वर्षीय नेपाली युवा हरिचन्द्र गिरीले खुट्टा माथि र टाउको तल पारेर दुबै हातले सिँढी ओर्लिएर गिनिज बुकमा आफ्नो नाम लेखाएका हुन् । नेपाल आर्मीमा कम गर्ने गिरीले हातले हिँडेर सबैभन्दा कम समयमा ७५ वटा सिँढी ओर्लिएका थिए । 

गिनिज वर्ल्ड रेकर्डका अनुसार, गिरीले हातले हिँडेर सिँढीको ७५ वटा खुड्किला ओर्लन केवल २५.०३ सेकेन्ड समय खर्चिएका थिए । हातले हिँडेर उनले औसतमा प्रत्येक सेकेन्ड सिँढीको तीनवटा खुड्किलो पार गरेका थिए ।  यसअघि उक्त कीर्तिमान अमेरिकाका मार्क केन्नीको नाममा रहेको पनि गिनिज वल्र्ड रेकर्डले जनाएको छ । मार्क केन्नीले सन् २०१४ मा हातले हिँडेर सिँढीको ७५ वटा खुड्किलो झर्न ३०.८ सेकेन्ड समय खर्चिएका थिए । 

गिरीले गिनिज वर्ल्ड रेकर्डका प्रतिनिधिको रोहवरमा काठमाडौं उपत्यकाको जाम्चेन विजया स्तुपामा उक्त कीर्तिमान बनाएको समाचारमा जनाइएको छ । आगामी दिनमा पनि गिरीको कीर्तिमान भंग गर्न निकै कठिन रहेको समाचारमा जनाइएको छ ।  हातले हिँडेर सिँढी ओर्लनु निकै कठिन कार्य भएको गिनिज वल्र्ड रेकर्डले पनि जनाएको छ । तर, गिरीले भने सहजै आफ्नो लक्ष्य पूरा गरेका थिए । गिरीले आफ्नो उमेर आठ वर्षको हुँदादेखि नै हातले हिँड्ने अभ्यास गर्दै आएको बताइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै सम्झना चौधरी

 दाङ  । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...

चितवन–२ का मतदाता भन्छन्ः रविलाई भोट दिएकोमा पछुतो छ

काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...

संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरु असफल बनाएका छौंः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक...

भक्तपुर दरबार : ऐतिहासिक र सांस्कृतिक धरोहर

भक्तपुर । भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्दा मैले नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाको गहिरो अनुभव गरें । यो क्षेत्र साँच्चै नेपालकै गौरवशाली धरोहर...

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको छ ।  कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदे...

नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

काठमाडौं । नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको छ ।  शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वप...

ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा

काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि पनि निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् । हालै फिल्म ‘भाइरल गोर्खे’ मा ...

भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसाद लड्डु बारेको विवाद के हो ?

काठमाडौँ । आन्ध्र प्रदेशको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पाइने लड्डुलाई लिएर विवाद बढ्दै गएको छ । प्रसादको लड्डूमा जनावरको बोसो मिसाइएको दाबी ...

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

वीरगञ्ज  । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भदौसम्म ३५ अर...

प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा आज संयुक्त राज्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy