Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

यूएईले नेपाललाई दियो एक सय ५८ रनको लक्ष्य

खबरडबली संवाददाता

काठमाडौँ । कुशल भुर्तेलले आक्रामक बलिङ गर्दै ६ विकेट लिएपछि नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए लाई १५७ रनमा अल आउट गरेको छ ।

श्रीलंकामा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४४ ओभरमा १५७ रनमा अलआउट भएको हो ।

उनी एक्लैले ६ विकेट लिए । उनले १० ओभरमा केवल ४० रन खर्चिएका थिए । श्याम ढकालले दुई विकेट लिए । कुशल मल्लले एक विकेट लिए । पवन सर्राफले पनि एक विकेट हात पारे । 

पहिले ब्याटिङ गरेको यूएईका लागि ओपनर ब्याट्सम्यान लभप्रित सिंहले अर्धसतक बनाए । उनले टोलीका लागि ५२ रनको योगदान गरे । उनले ८२ बलको सामना गरी एक छक्का र ६ वटा चौका पनि हिर्काएका थिए । 

एथान डिसुजाले १८ रन बनाए । असवन्त भालथपाले टोलीको खातामा १६ रन थपे । ओपनर ब्याट्सम्यान आर्यन्स शर्माले १४ रन बनाए । जस जिनयानीले १३ रन जोडे । यूएईका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । यूएईको अन्तिम विकेटका रुपमा निलान्श केशवन नौ रनमा आउट भएका थिए । उनलाई श्याम ढकालले विकेटकिपर अर्जुन साउदद्वारा स्टम्पिङ गराएका थिए । 

नेपाल र यूएई दुबै टोली उपाधि होडबाट भने बाहिरिइसकेका छन् । समूह ‘बी’ बाट भारत र पाकिस्तान नकआउट चरणमा पुगिसकेका छन् 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने प्रधानम...

जलविद्युत परियोजना निर्माण नरोक्न अदालतको अन्तरिम आदेश

बागलुङ । उच्च अदालत पाटनले ह्वाइट गोल्ड मल्टी इनर्जी प्राइभेट लिमिटेडको निवेदनमा गत चैत २२ गते जलविद्युत परियोजनाको निर्माण कार्य नरोक्न अन्तरिम आदेश ...

दुई राउण्ड हवाई फायर गरी खैरो हेरोइन कारोबारी मियाँ पक्राउ

विराटनगर। मोरङमा ठुलो परिमाणको लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले हवाइफायर गरी पक्राउ गरेको छ । सोमबार राति रतुवामाइ नगरपालिका–१ स्थित हटिया क्षेत्रमा...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमै पढाउनुपर्ने

अछाम। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले मेल्लेख गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रूपमा सर...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमै पढाउनुपर्ने

अछाम। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले मेल्लेख गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई अनिवार्य रूपमा सर...

सप्तरीमा १० लाख ९६ हजारका भन्सार छलीका कपडा बरामद

सप्तरी। सशस्त्र प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ । नगरपालिकाको वडा नम्बर १३ स्थित कु...

एमाले नेता कर्ण मल्लविरुद्ध बलात्कारसहित दुई कसुरमा मुद्दा दर्ता

काठमाडौं । नेकपा एमाले का कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ। एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बल...

यूएईसहित खाडी मुलुकका लागि श्रम स्वीकृति पुन: सुचारु

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...

रास्वपाको महामन्त्रीमा भूपदेव शाह मनोनित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...

रास्वपाको सचिवालय विस्तार, सागर ढकाल र श्री ज्ञवाली थपिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending