मोरङ । मोरङ जिल्लामा डेङ्गु रोगको असर दिनप्रति दिन वृद्धि हुँदै गएको छ । विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर आठ सय ६५ जना डेङ्गुबाट सङ्क्रमित भैसकेका छन् । पथरीशनिश्चरे नगरपालिकामा छ सय ५० जना यो रोगका बिरामी फेला परेका छन् ।
यसैगरी लेटाङ, मिक्लाजुङ, केरावारी, कानेपोखरी, सुनवर्षी र बेलावरी पालिकामा पनि यो रोगका सङ्क्रमित देखापरेका छन् । मोरङको १७ पालिकाकामध्ये सात पालिकामा यो रोगको बिरामी देखिएको हो । जिल्लामा अहिलेसम्म यो रोगबाट कसैको मृत्यु नभएको स्वास्थ्य कार्यालयका प्रमुख डा।सुरेश मेहताले जानकारी दिए ।
उनले यो रोग नियन्त्रणका लागि स्थानीय पालिकासँग समन्वय गरी कार्य गरिरहेको जानकारी दिए । प्रमुख डा।मेहताले डेङ्गु फैलाउने लामखुट्टेको लार्भा खोजी र नष्ट अभियान सुरु गर्नाका साथै विद्यालयस्तरमा जनचेतना अभियान सञ्चालन गरिएको बताए ।
कार्यालयले डेङ्गु सङ्क्रमण देखिएका स्थानमा आवश्यक जनशक्ति परिचालन र उपचारलाई तीव्रता दिनाका साथै रोग परीक्षणका लागि आवश्यक पर्ने रक्त किटहरु पालिकाको मागअनुसार पठाइसकिएको जनाएको छ ।
विराटनगरस्थित कोशी अस्पतालमा अहिले तीन डेङ्गुका बिरामीको उपचार भइरहेको छ । अस्पतालमा असार १ गतेदेखि आजसम्म १५ जना डेङ्गुका बिरामी उपचारका लागि आएकामध्ये १२ जना उपचारपछि घर फर्किसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।चन्द्रलाल झाले बताए ।
यो रोगको मुख्य लक्षण ज्वरो आउने, टाउको दुख्ने र पेट दुख्ने भएकाले अविलम्ब चिकित्सकसँग सम्पर्क गर्नुपर्ने उनको सुझाव थियो । यो रोगबाट बच्न राति झुल लगाएर सुत्ने, भान्सा कोठामा पानी जम्न नदिने, घर वरिपरि पानी जम्ने ठाउँ सफा राख्ने, पुरै बाहुला भएको लुगा लगाउनेजस्ता सुरक्षा अपनाउनुपर्ने छ ।
डेङ्गो सार्ने लामखुट्टे बिहानदेखि बेलुकासम्म बढी सक्रिय हुने भएकाले लामखुट्टेलाई लार्भा उत्पादन गर्न सहज हुने मुख्यत पानी जम्ने स्थान सफा राख्नुपर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: