Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

साउन २९ देखि सत्याग्रहमा बस्ने गोविन्द केसीको घोषणा, १४ दिनको अल्टिमेटम

खबरडबली संवाददाता

काठमाडौँ । राज्यले सम्झौता कार्यान्वयन नगरेको भन्दै डा। गोविन्द केसी पुन सत्याग्रहमा बस्ने भएका छन्। स्वास्थ्य र मेडिकल शिक्षा सुधारको माग राख्दै पटक पटक सत्याग्रहमा बस्दै आएका डा केसीले यसअघि सरकारले चिकित्सा शिक्षा सुधारका लागि गरेका सहमतिहरू कार्यान्वयन गर्न १४ दिनको समय सीमा दिएका छन् । 

सोमबार पत्रकार सम्मेलन गर्दै डा। केसीले भने ‘चिकित्सा शिक्षा ऐनका प्रावधान उल्ट्याउने प्रयास भइरहेको छ । राज्यका निकायहरू दलीय कार्यकर्ता भर्तिकेन्द्र बनेका छन्’, केसीले भने, ‘चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन अल्टिमेटम दिन चाहन्छौ ।’ 

उनले शुल्क बढाउने सीटीईभीटीको निर्णय खारेजी, सबै प्रदेशमा मेडिकल कलेज पुर्‍याउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउनुपर्ने लगायतका मागसहित सरकारलाई अल्टिमेटम दिएका हुन् ।

358338456_849807416568174_6097608127645363791_n

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएईस्थित नेपाली दूतावासद्वारा सुरक्षा सम्बन्धी सचेतना, अफवाह नफैलाउन अपिल

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँको सुरक्षा परिस्थिति ध्यानमा राख्दै नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैला...

अमेरिकी लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल काठमाडौंमा

काठमाडौँ । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल नेपाल आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनले नेपाल भ्रमण गरेका नेपाली सेनाका प्रवक्ता ...

रास्वपाको सचिवालय बैठक भर्चुअल हुने, समानुपातिक सांसद सूची टुंग्याउने

काठमाडौँ । समानुपातिक सांसदहरूको सूची टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भर्चुअल रूपमा बस्ने भएको छ। बैठक भर्चुअल हुन...

डीएसपी यादवमाथि छानबिन, रुकुम पूर्व प्रहरी जिम्मेवारीबाट हटाइयो

काठमाडौँ । रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवमाथि छानबिन थालिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयको जिम्मेवारीबाट हटाएर लुम्बिनी प्रदेश प्रहरी का...

रास्वपाले आज समानुपातिक सांसदको सूची बुझाउने, नयाँ सरकार गठन १० दिन लाग्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको नामावली आज निर्वाचन आयोग मा बुझाउने तयारी गरेको ...

सुनको मूल्य तोलामा चार हजार ८ सयले घट्यो

काठमाडौँ । शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा रु चार  हजार ८००  र चाँदीको मोल रु २२५ ले घटेको हो ।  ...

तानसेनमा पिकअपको ठक्करबाट युवकको मृत्यु

तानसेन। पिकअप जिपको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ । पाल्पास्थित सिद्धार्थ राजमार्ग हुँदै शनिबार साँझ आर्यभाङ्ज्याङ्बाट बर्तुङ्तर्फ गइरहेको ल...

भेडेटार-राजारानी-रविराँके सडक ४८ घण्टादेखि अवरुद्ध

धनकुटा। निर्माणधीन भेडेटार-राजारानी-रविराके सडक खण्डअन्तरगत साँगुरीगढी गाउँपालिका भेडेटार–६, स्थित थुम्की क्षेत्रको करिब ४८ घण्टादेखि सडक अवरुद्व भएको...

ठूलो परिमाणको गाँजासहित भारतीय कार नियन्त्रणमा

बर्दीबास। महोत्तरीको रामगोपालपुर क्षेत्रमा प्रहरीले करिब १०९ किलो गाँजासहित भारतीय नम्वर प्लेटको कार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका...

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सुनसरी। हरिनगर गाउँपालिका–१ मा गएराति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालय...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: