महोत्तरी । महोत्तरी जिल्लालाई सुक्खाक्षेत्र घोषणाको माग गरिएको छ । शुक्रबार सम्पन्न जिल्लाको विपद् जोखिम न्यूनीकरण व्यवस्थापन समितिको सर्वपक्षीय बैठकले सुक्खाक्षेत्र घोषणा गरी तत्काल राहत कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारसँग माग गरेको हो ।
जिल्लामा कार्यरत राजनीतिक दलहरु, विभिन्न कार्यालयका सूचना विज्ञ, कृषिसम्बद्ध विज्ञ, जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका सबै (१५ वटै) स्थानीय तहका प्रमुख (नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्ष) र विपद् व्यवस्थापन समितिका सदस्यहरुको सर्वपक्षीय बैठकले जिल्लालाई सुक्खाक्षेत्र घोषणा गरिन सरकारसमक्ष माग गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।
“सबै क्षेत्रबाट खेतीबारे तथ्यगत अवस्थाको रिपोर्टिङ भयो, मुख्य बाली धान लगाउन नसकिएको, लामो खडेरीले अन्य बाली पनि सुकेका र पानीका स्रोतका मुहान सुक्दै गएर खानेपानीको समेत हाहाकार परेको छ”, अध्यक्ष पहाडीले भने, “यो अवस्थाको सम्बोधनका लागि तत्काल सुक्खाक्षेत्र घोषणा गरेर राहत कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारसँग माग गरिएको हो ।”
बैठकमा कृषि ज्ञान केन्द्र महोत्तरीका कार्यालय प्रमुख डा रामचन्द्र यादवले पानीकै अभावमा धान रोपाइँ निकै पछि परेको, केही ठाउँमा रोपिएको धान पनि खडेरीले रोपोमै सुकाएको जानकारी दिए । जिल्लाभित्र यसपालि साउन तेस्रो साता बित्दै गर्दासम्म १५ वटै स्थानीय तहको रोपाइँको अवस्था सालाखाला हिसाब गरिँदा २० दशमलव ४० प्रतिशतमात्र भएको कृषि ज्ञान केन्द्र महोत्तरीको तथ्याङ्क छ ।
जिल्लामा कूल खेतीयोग्य करिब ७१ हजार हेक्टर जग्गामध्ये धानखेतीका लागि करिब ५० हजार हेक्टर उपयुक्त मानिन्छ । जिल्लामा १० प्रतिशत जग्गामा मात्र स्थायी सिँचाइ ९कुलोरनहर० पुगेको हुँदा अधिकांश जग्गा आकासे पानीकै भरका छन् । यसपालि कुलोरनहरका पानीका स्रोत ९नदी, खोल्साखोल्सी० का मुहान वर्षा नहुँदा नरसाएपछि सिञ्चित भनिने जग्गा पनि खडेरीको मारमा परेका डा यादवको भनाइ छ ।
मुख्यबाली मानिएको धान लगाउन नसकिएको, लामो खडेरीले लगाइएका अन्य बाली पनि सुक्दै गएका र जताततै खानेपानीको समेत हाहाकार बढेपछि तत्काल विशेष राहत कार्यक्रमको आवश्यकता महसुस गरिएको जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्णले बताए ।
समितिको बैठकले सुक्खाक्षेत्र घोषणा गर्दै प्राथमिकताका आधारमा खानेपानीको प्रबन्ध, अब लगाइने वैकल्पिक बालीका लागि किसानलाई सल्लाहसँगै बीउबिजन, मलखाद र आवश्यक प्रविधिको व्यवस्थापन गर्न सुझाएको छ । यसबाहेक खडेरीले निम्त्याउने भोकमरीको निदानका लागि समयमै खाद्यान्न व्यवस्थापन गरिन आवश्यक रहेको कर्णको भनाइ छ ।
समितिले सुक्खाक्षेत्र घोषणा र त्यससँगै जोडेर राहत कार्यक्रम सञ्चालनका लागि केन्द्र सरकारसँग आवश्यक समन्वय गर्न मधेस प्रदेश सरकारसँग अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी तथा समितिका अध्यक्ष पहाडीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: