Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

धानबालीमा गवारो रोगको प्रकोप, किसान चिन्तित

खबरडबली संवाददाता

गलेश्वर । म्याग्दीका किसानले लगाएको धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ । गबारो कीराको प्रकोपले बढ्दै गरेको धानका बिरुवाका पात पहेंलो हुनुका साथै धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । 

समयमा नै वर्षा नभएकाले ढिलोगरी कष्टका साथ रोपाइँ गरेका यहाँका किसान हुर्कँदै गरेका धानका बिरुवामा पातबेरुवा र गवारोको प्रकोप देखिएपछि उत्पादन घट्ने भन्दै चिन्तित बनेका हुन् । अन्य वर्षभन्दा यस वर्ष मनसुन ढिलोगरी सक्रिय भई असार अन्तिम सातादेखि अत्यधिक पानी परिरहेको छ । 

किसान धानको गोडमेलमा व्यस्त छन् । खेतमा धानका पात पहेँला भएका र गुभो मर्न थालेको देखेपछि किसानले वडाका कृषि प्राविधिक तथा कृषि ज्ञानकेन्द्रमा जानकारी दिने गरेका मालिका गाउँपालिका–७ का किसान टेकवीर बुढाले बताए । सुरुमा जिल्लाको पश्चिमी भेगमा देखापरेको यो रोग बिस्तारै दक्षिणी भेगसम्म सरेको छ । म्याग्दीका अधिकांश ठाउँमा यो रोग देखा परे पनि कति क्षति भएको यकिन हुन सकेको छैन । धानमा यो रोग देखापरेपछि यसको निदान किसानले आफैँ गर्दै आएका छन् । 

कृषि प्राविधिकले पनि रोगकीरा निदानका लागि औषधि छर्किन्न सल्लाह दिएका छन् । यहाँका किसानले बढीमात्रामा स्थानीय जातको गौरिया, गुडुरा, जेठोबुढोलगायतका जातका धानखेती गर्ने भएकाले यो बालीमा बढीमात्रामा गवारो र पात बेरुवा रोग लाग्ने गरेको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले जानकारी दिए ।

गवारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी बर्सेनि ठूलो क्षति पुर्‍याउने गरेको किसानको गुनासो छ । कीराको प्रकोप तीव्ररूपमा फैलने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेको किसानको भनाइ छ ।

धानमा पहेँलो गवारो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङको ट्टट्ट गरी छ किसिमका गवारो किराले धानमा आक्रमण गर्ने कृषि विज्ञ बताउँछन् । धानको बिरुवारबेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गवारोले आक्रमण गर्न सक्छ । धान खेतमा रासायनिक मलको कमी, पानीको कमी र सूक्ष्म तत्त्वको कमीले कीराको सङ्क्रमण सहजै फैलनसक्ने कृषि ज्ञानकेन्द्रका प्रमुख किरण सिग्देलले जानकारी दिए ।

“गवारो कीराको सङ्क्रमण देखिँदा किसानले समयमा ध्यान दिए रोकथाम गर्न सक्छन्, यसका लागि रासायनिक विषादीको प्रयोग तथा सुक्ष्म तत्त्वको प्रयोग गर्नुपर्छ”, अधिकृत सिग्देलले भने, “धान खेतमा कीराको प्रकोपले बर्सेनि धान उत्पादनमा कमी हुने गर्छ, त्यसैले किसानले समयमै ध्यान दिन जरुरी छ ।” 

म्याग्दीमा तीन हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा धान र दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा कोदोखेती हुन्छ । यहाँ गौरी, जेठो बुडो, जर्नेली, पहेले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे«, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका उन्नत जातका धानखेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती हुन्छ । कोदोको भने स्थानीय जातको खेती हुने गर्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending