Ntc summer Offer
Khabar Dabali ८ कार्तिक २०८१ बिहीबार | 24th October, 2024 Thu
Investment bank

तीन हप्तादेखि सिमकोटको रिप र उनापानी गाउँ अन्धकारमा

खबरडबली संवाददाता

सिमकोट । गत साउन १३ र १४ गते परेको अविरल वर्षाका कारण आएको बाढी र पहिराले विद्युतमा क्षति पुर्याउँदा हुम्लाको मध्यभेगमा रहेका दुई गाउँबासी अन्धकारमा बस्दै आएका छन् । विद्युत् आपूर्ति बन्द हुँदा सर्केगार्ड गाउँपालिका–२को  रिप र वडा नं ३को  उनापानी गाउँका बासिन्दाले अहिले उज्यालोका लागि सल्लाको दियालोको भर पर्नुपरेको छ ।

पहिराले क्षति पुर्याएको नहर तथा पावर हाउस हालसम्म मर्मत नहुँदा स्थानीयवासी दियालो बाल्न बाध्य भएका हुन् । विद्युत् हाउस नबन्दा तीन हप्तादेखि वडा नं ३ उनापानी गाउँलेले सल्लाको दियालो बाल्नुपरेकोे स्थानीयवासी महेश थापाले बताए । यसअघि तीन सय घरधुरीका लागि विद्युत् आपूर्ति गर्दै आएको लघुजलविद्युत् आयोजनाको नहर र पावर हाउसलाई गत साउन १२ गते आएको पहिरोले क्षति पुर्‍याएपछि त्यसयता गाउँमा अन्धकार छाएको उनको गुनासो थियो । 

विद्युत् आपूर्ति भइरहेका कारण सोलारको विकल्पसमेत नगरिएकाले हाल जङ्गलबाट सल्लाको झरो टिपेर दियालोको रुपमा बाल्नुपरिरहेको हो । पावर हाउसलाई यति धेरै समयसम्म मर्मत गर्न कसैको ध्यान जान नसकेको र अब कहिले मर्मत हुन्छ भन्ने यकिनसमेत नभएको स्थानीयवासी थापाको भनाइ थियो । 

दुई सय ५० घरधुरी रहेको वडा नं २ को रिप गाउँको समस्या पनि उस्तै छ । त्यहाँका बासिन्दा पनि सल्लाको झरो बालेर उज्यालोमा बस्न बाध्य छन् ।

उक्त गाउँका लागि विद्युत् आपूर्ति गर्दै आएको रिपगाड लघुजलविद्युत् आयोजनाको नहर र पावर हाउसलाई पनि असार १२ र १३ गते आएको बाढी तथा पहिरोले क्षति पुर्‍याएपछि विद्युत् सेवा बन्द भएको स्थानीयवासी कालीबहादुर महताराले बताए ।

उज्यालोमा बस्न बानी परेका बासिन्दालाई अहिले पुन: पुरानै जमानामा फर्काएको उल्लेख गर्दै उनले  विद्युत् सेवा बन्द हुँदा साह्रै कठिन भएको गुनासो गरे । स्थानीयवासीले पहिरोले क्षति पुर्याएको २५ किलोवाटको लघुजलविद्युत् आयोजना मर्मतका लागि वडा र गाउँपालिकामा माग गर्दा कुनै सुनुवाइ हुन नसकेको दुखेसो गरे । 

वडा नं ३ का वडाध्यक्ष अकिल कार्कीले धेरै ठूलो क्षति भएका कारण तत्काल मर्मत गर्न कठिन भएको र क्षतिको विवरणसहित पावर हाउस तथा नहर मर्मतका लागि मुचुल्का सरोकारवाला निकायमा पेस गर्ने कार्य भए पनि हालसम्म मर्मत गर्ने निकाय नभेटिएको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतल निवास पुगे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विपक्षी दलका नेताहर राष्ट्रपति निवास शीतल ...

फिल्म ‘देववाणी’ को टिजर सार्वजनिक

काठमाडौँ । आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘देववाणी’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक  टिजरले फिल्मको कथावस्तुबारे प्रकाश ...

जनकपुरमा बढ्यो माटोका भाँडाको माग, पुर्ख्यौली पेशा विस्थापित हुने डर

जनकपुरधाम । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरु यतिबेला दीपावली तथा छठ पर्वको तयारीमा लागेका छन् । यि दुवै पर्वमा माटाका भाँडाकुँडाको माग अत्याधिक ...

सहकारी ठगमाथि कारबाही र बचत फिर्ता सँगसँगै हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगमाथिको कारबाही र बचत फिर्ताको काम सँगसँगै हुने बताएको छन् ।बुधबार सिंहदरबारबाट  सरकारको सय दिनको उपल...

रवीका समर्थकले हुल–हुज्जत गरेर न्यायिक प्रक्रियालाई प्रभावित पारे- कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले हुल–हुज्जत र स...

यस्ता छन् प्रधानमन्त्रीको १०० दिने उपलब्धि (सम्बोधनको पुर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको सय दिन पुगेको अवसरमा विशेष सम्बोधन गरेका छन् । सिंहदरबारबाट प्रधानमन्त्री ...

सरकार ढल्ने दिवा सपना नदेख्नु- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदे...

चार लाख नगदसहित २० जुवाडे पक्राउ

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ बाट करिब ४ लाख रुपियाँसहित २० जना जुवाडेहरू पक्राउ परेका छन् । राप्ती सोनारी गाउँपालिका–६ स्थित सञ्जय र...

सहकारी ठगी गर्नेहरुमाथि कानुनी कारवाही सुरु भयो- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट गरेका छन् ।  सिंहदरबाबाट सम्बोधनमार्फत स...

नेप्सेमा २० अंकको गिरावट, ६ अर्बको कारोबार

काठमाडौँ । बुधबार नेप्से परिसूचक २० अंकले घटेको छ । आज नेप्से २०.४१ अंकले बढेर २४५.३९ विन्दुमा बन्द भएको छ । आज कुल ३२४ कम्पनीका एक करोड ५७ लाख ४२ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy