काठमाडौं । नेपालीको महान पर्व दशैँ मनाउन तीन दिनमा १ लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दशैँ मनाउन यात्रु जन्मघर जान थालेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा १ लाख ५० हजार ३०९ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए । उनका अनुसार असोज २७ बिहान ६ बजेसम्म ४७ हजार ६४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार २७९ र आज बिहान ६ बजेसम्म ५१ हजार ३८७ यात्रु काठमाडाैंबाट बाहिरिएका छन् ।
ट्राफिकले अघिल्लो दिन बिहान ६ बजेदेखि भोलिपल्ट ६ बजेसम्मको रेकर्ड राख्दै आएको छ। ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौँ उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । चाडपर्वको यातायात सहजताका लागि ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र एक हजार ८ सय जनशक्ति परिचालन गरेको प्रवक्ता भट्टले बताए ।
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमासमेत घर जाने यात्रुको भीड लागेको छ। नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेको बताए । ‘लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्यधिक भीड लागेको छ, हामीले अहिले नयाँ बसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयको भन्दा अगाडि सारेका छौँ,’ उनले भने।
दशैँका लागि हालसम्म ७० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिए । सरकारले दशैँकोे यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारीसाधनमा रुट परमिटसमेत खुला गरिसकेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको बताए। यात्रुलाई सहज रुपमा गन्तव्यस्थल जानका लागि महासङ्घले केही बससमेत थप गरेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: