काठमाडौं । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बगेसो)ले सर्वोच्च अदालतले अन्यायमा पर्दै आएका ब्रिटिस गोर्खा सैनिकहरुको पक्षमा गरेको फैसलालाई सरकारले कार्यान्वयन नगरे तिहारपछि भण्डाफोर अभियान चान्ले चेतावनी दिएको छ ।
सोमबार राजधानीको संवाद डबलीमा बिगेसो सिंगापुर विभागले पत्रकार सम्मेलन गरि २९ वर्षदेखि न्यायका निम्ति लड्दै आएको र अदालतले न्याय दिएकोप्रति आस्ता र सम्मान बढेको समेत बिगेसोले जानकारी दिएको छ ।
गत वर्ष माघ २४ गते फैसला भई नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी भएको र हाल फैसला कार्यान्वयनको प्रकृतिमा फैसला कार्यान्वयन निदेर्शनालय मार्फत प्रकृया अघिबढेकोले त्यो छिट्टै कार्यान्यन हुने संगठनका सल्लाहकार परि थापाले बताए ।
नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता समेत रहेका थापाले २९ वर्षदेखि लड्दै आएका गोर्खाहरुको पक्षमा सर्बोच्च अदालतले सार्बजनिक सुनुवाईको विषय भएको भन्दै फैसला गरेको धन्यबाद दिदै भने, “यो विषय अब ती पीडित सैनकको मात्रै नभएर देशको स्वाभिमानको विषय बनेर आएको छ, यसलाई कार्यान्वयन गर्न अझै थप संघर्ष गर्न जरुरी देखिएको छ ।” उनले सत्तामा नपुगुन्जेल गर्दिन केही नभन्ने शासकहरु ठाउँमा पुगेपछि आफ्नै हितमा मत्रै सोच्ने गरेको बताउँदै भने, “नेपाली शासशकहरु हुतिहारा, लबस्तरो र लाछि भएकोले अदालतको आदेश पनि कार्यान्वयन हुनेमा अझै शंका छ ।”
संगठनका अध्यक्ष पदम सुन्दर लिम्बुले बिगेसोको अनवरत लडाइँको कारण कम्तिमा नेपालको न्यायलयले आफ्ना आवजहरु सुनेको र कार्यान्वयनका लागि कानुनी बाटो खोलिदएको बताए । आन्यायपूर्ण गोर्खा भर्ति समस्या रहेको बताउँदै लिम्बुले भने, “गोर्खालीहरुलाई विश्मा बहादुर भन्ने उनिहरुको आवश्यकता महशुस गर्ने तर समान तलब, सेवा, सुविधा र पेन्सन नदिने अनि राज्यले भाडाका सेना बनाउने यो खारेज हुनुपर्छ । यसरी गोखालीहरुलाई अन्यायमा पर्ने मुख्य हेडक्वाटर बिर्गेड अफ गोखा(एचक्यूबीजी) भएको र त्यसले विनकामा बीचमा कमिसन लिएर मनपरि गरेको छ त्यसलाई खारेज गर्नुपर्छ ।”
संगठनका कानुनी सल्लाहकार फडिन्द्र कार्कीले ९ नोभेम्बर १९४७ को गोर्खा भर्ति सम्बन्धि त्रिपक्षीय सन्धि खारेजीको माग राखेर बिगेसोले अदालतमा मुद्धा जितेको र त्यसलाई कार्यान्वयनका लागि बलियो कानुनी आधार खुलेको धारणा राखे । कार्यान्वयन गर्छ त सरकारले भन्ने जवाफमा कार्कीले भने,“वास्तमा नेपालमा नयाँ व्यवस्था आएपछि १९५० देखिका असमान सन्धि–सम्झौताहरु खारेजसँगै ब्रिटिस भर्ति केन्द्रमा पनि पुनर्विचार हुनुपर्ने हो तर देशमा शासकहरु उस्तै छन् यसकार शंका छ कार्यान्वयनको । “सरकारले नसुने पुन आन्दोलनको अधिकार छदै छ नी” कार्कीले थपे ।
बिगेसो सिंगापुर विभागका प्रमुख पलबहादुर घर्तिले ब्रिटिस भर्तिको प्रभावका कारण सबैभन्दा बढी सिंगापुर गोर्खाहरु पीडित रहेकोले त्यहाँ पनि आन्दोलन अघि बढेको जानकारी दिए । बिगेसो सचिव ज्ञानबहादुर गुरुङले गरेका कार्यक्र सञ्चालन् थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: