पोखरा । कवि केयरसिंह गुरुङको नवीनतम कविता कृति ‘ठक्करहरूको यात्रा शास्त्र’ को बुधवार पोखरामा विमोचन भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले कृति विमोचन गरेका हुन् ।
उनले कवि केयरसिंहलाई ‘पहरामा फुलेको फूल’ को संज्ञा दिए । लमजुङको घाम्राङमा गाउँमा शिक्षणसँगै साहित्य सिर्जनामा लागिरहेका गुरुङले गुरुङ भाषासँगै नेपाली भाषाको साहित्यमा समेत महत्त्वपूर्ण योगदान दिएको भन्दै बिखर्चीले केयरसिंहको यो कृतिमा जीवनका उतारचढावहरूलाई दार्शनिक शैलीमा प्रस्तुत गरिएको बताए । नेपाली कविताका क्षेत्रमा कृतिले विशेष महŒव राख्ने उनको भनाइ छ ।
कृतिको समीक्षा गर्दै गुरुङ साहित्यिक मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले कृतिमा कहिले हँसाउने, कहिले रुवाउने खालका ८१ कविता समेटिएको बताए । बिम्ब र प्रतीकको सुन्दर संयोजन गरिएको कृतिमा नेपाली माटो र संस्कृतिको पहिचान झल्काउने कविताहरू समेटिएको उनले विश्लेषण गरे ।
कवि केयरसिंह गुरुङले जीवन यात्राका क्रममा लागेका ठक्करहरूलाई लिपिबद्ध गरेर कविता लेखेको बताए । उनले कृतिमा आफ्नो व्यक्तिगत ठक्करहरू मात्र नभई समाज र देशका ठक्करहरूलाई समेत समेट्ने प्रयास गरेको भनाइ राखे । लमजुङको क्व्होलासोथार गाउँपालिका–८, घाम्राङका स्थायी बासिन्दा गुरुङ सोही ठाउँमा सूर्योदय माविमा अध्यापनरत छन् । यसअघि नेपाली लोककथा सङ्ग्रह (२०५३), हाम्रा नेपाली लोककथा सङ्ग्रह (२०५६), तमु कविता सङ्ग्रह (२०६२) तमु व्याकरण र अभिव्यक्ति (२०६९), तमु–नेपाली–अङ्ग्रेजी शब्दकोश (२०७४) लगायतका कृति प्रकाशन गरेका उनको यो आठौँ कृति हो । उनले ३ ओटा गुरुङ चलचित्रमा कथा र गीत लेखेका छन् । उनी गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य पनि हुन् ।
ठाडो भाका लोक कला प्रतिष्ठान, नेपालद्वारा आयोजित कार्यक्रम सोही संस्थाका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’ को अध्यक्षतामा भएको थियो । संस्थाका संस्थापक महासचिव रुपिन्द्र प्रभावीद्वारा सञ्चालित कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, हिमाली गुरुङ परिवारका अध्यक्ष पर्त घले, तमु धीँ युकेका पूर्व अध्यक्ष डम्बर घले, लमजुङ–पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिजुलीबहादुर गुरुङ, साहित्यकार अमरलेम गुरुङ, गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य गमबहादुर गुरुङलगायतले शुभकामना दिएका थिए । सो अवसरमा ठाडो भाका गायक धम्पु र गायिका सीता दुराले ठाडो भाका गायन प्रस्तुत गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: