Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

उपभोक्तालाई कम तेल दिने काठमाडौंका ४ वटा पेट्रोल पम्पमा सिल

खबरडबली संवाददाता

काठमाडौं । उपभोक्तालाई कम तेल दिएर ठग्ने ४ वटा पेट्रोल पम्पमा सरकारी अनुगमन टोलीले सिल गरेको छ । उपभोक्तालाई कम तेल दिएर ठग्ने काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प, हल्चोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्प, कलंकीस्थित श्यामा पेट्रोल पम्प र तीनकुनेस्थित बाबा भ्याली पेट्रोल पम्पमा अनुगमन टोलीले सिल गरेको हो ।

उपभोक्तालाई निर्धारित परिमाणभन्दा कम इन्धन बिक्री गरेको भेटिएपछि अनुगमन टोलीले बिहीबार हरिसिद्धि पेट्रोल पम्पमा सिल गरेको छ । अनुगमन टोलीले बुधबार सशस्त्र प्रहरीको पेट्रोल पम्प र श्यामा पेट्रोल पम्पमा सिल गरेको थियो । त्यस्तै टोलीले मंगलबार साँझ बाबा भ्याली पेट्रोल पम्पमा पनि सिल गरेको थियो ।

प्रधानमन्त्रीको सचिवालय तथा प्रधानमन्त्री कार्यालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय सतर्कता केन्द्र, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग प्रतिनिधि सम्मिलित टोलीले अहिले पेट्रोल पम्पहरुको अनुगमन गरिरहेको छ ।

प्रधानमन्त्री दाहालको प्रत्यक्ष निर्देशनमा गठन गरिएको र्‍यापिड रेस्पोन्स टिमले पम्पहरुको अनुगमन गरेको हो । पम्पबाट कम परिमाणमा इन्धन उपलब्ध गराइएको विषयमा अत्यधिक गुनासो प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending