Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

हुने खानेलाई दशैं, हुँदा खानेलाई रिणको भारी

खबरडबली संवाददाता

काठमाडौं । हुँदा खानेलाई नआउने नेपाली चाडपर्व हुनेखानेहरूलाई मात्रै आउने गरेको देखिन्छ । हुनेखानेहरू धूमधामका साथ चाडपर्व मनाई रहेका देखीन्छन भने हुँदा खानेहरू वर्ष दिनलाई रिणकोभमरी बोकी चाडबाडलाई बिदाइ गरेको देखिन्छ । देशको अधिकांश स्थानमा चाडपर्व भने हुनेखानेहरूले मात्रै मनाउने गरेको सहजै देखिन्छ । चाडबाड मनाउन हुँदा खानेहरूलाई मुस्किल नै देखिन्छ झुपडीमा आगो नबल्दा महलमा हुनेहरू मोज मस्तीमै रमाएका हुन्छन् ।

नेपाली समाजमा पछिल्लो समय हरेक चाडबाडहरू देखाउनका लागी तडक भडकका साथ मनाउन लागिएको छ । आफूसँग हुँदै नभए पनि देखाउनका लागी चाडपर्व मनाउन थाले सँगै आफ्नो कमाइले वर्षमा ३ महिना पनि खान नपुग्नेहरूलाई चाडबाड मनाएको रिन तिर्न नै वर्ष दिन लाग्ने गर्दछ । दशैले गरिबहरूलाई सधैँ रिनकै भरी बोकाएर जान्छ वर्ष दिनलाई नै चिन्तामा पारेर, हुँदा खाने सधैँ झुपडीको झुपडी मै र  हुनेखानेहरू सधैँ महलको महल मै ।

सालको पात बेचेर दसैँ खर्च जुटाउँदै 

माग्नु पनि नपरोस् ढाँटी छली पनि गर्नु नपरोस् दुखले आफ्ना सन्तानलाई खुसी दिनु आमा बाबुको कर्तव्य हो । सिद्धिचरण नगरपालिका ९ ज्यामिरेकी पार्वती विश्वकर्माले पनि वर्ष दिन भरी नै दुख गरेर छोरा छोरीलाई हुर्काई रहेकी छन् । आफ्नो जमिनमा वर्षमा ३ महिना खान पुग्ने र अरू ९ महिना मजदुरी गर्नु पर्ने विश्वकर्मा परिवारलाई दसैँ कसरी मनाउने भन्ने चिन्ता सधैँ हुने गरे पनि विगत वर्ष देखी आफूले सोह्श्राद्ध तथा दसैँ सुरु भए लगतै सालको पात बेचेर छोराछोरीहरूको रहर पुरा गर्ने गरेको बताइन् । 

विगतमा असार साउनमा धान रोपाइँ तथा कोदो रोपाई देखी खासै काम नहुने हुँदा दसैँ खर्च जुटाउन धौधौ हुने विश्वकर्मा परिवार अहिले ओखलढुङ्गा सदरमुकाममा शनिवार र बुधवार लाग्ने हटियामा सालको पात बेचेर दसैँ खर्च जुटाई रहेका छन् । फुर्सदको समयमा जङ्गलमा गएर एक भारी सालको पात लिएर हटियामा ल्याई बेचेर आफूले दसैँ खर्च पुर्‍याउने गरेको  विश्वकर्माको भनाइ छ  । 

सोह्श्राद्ध तथा दसैँ सुरु भए पछि आफूले हरेक हप्ता सालको पात ल्याई हटियामा बेच्ने गरेको उनको भनाई छ । ३० देखी ५० रुपैंया मुठो सालको पात बेचेर आफूले एक भारी सालको पातबाट दुई हजार देखी तिन हजार सम्म आम्दानी गर्ने गरेको विश्वकर्माले भनाई छ । यहाँका दलित समुदायका महिलाहरु जङ्गल गएर सालको पात ल्याई हटियामा बेच्ने गरेको भए पनि पछिल्लो समय  जङ्गल फडानी भए पछि रुखहरू सुकेको र साना बिरुवामा पात राम्रो नपाइने हुँदा समस्या भएको बताउँछन् ।

सिजनमा पनि खुकुरी नबिक्दा दसैँ मनाउन समस्या 
ओखलढुङ्गामा लाग्ने शनिबारे तथा बुधबारे हटियामा खुकुरीको व्यापार घटे पछि पुर्ख्यौली आरन पेसाबाट गुजारा चलाउनेहरूलाई दसैँ मनाउन नि कठिन भएको छ ।  दसैँको सिजन सुरु भए पनि तयारी खुकुरी आए सँगै खुकुरीको व्यापार घटेका कारण निम्न आय श्रोत भएका विश्कर्माहरुलाई दसैँ मनाउन कठिन भएको हो ।

विश्वकर्मा समुदायले आफ्नो पुर्ख्यौली आरन पेसाबाट निर्माण गरेका खुकुरीहरू विगत वर्षको भन्दा यो वर्ष दसैँ लागे पनि बिक्री नभएको मोलुङ्ग गाउँपालिका वडा नं. २ टेकनपुरका ईश्वर बहादुर विश्वकर्माले बताए । मोलुङ्ग गाउँपालिकाको टेकनपुरमा २० घर भन्दा बढी विश्वकर्माहरूको बस्ती रहेका छन् । धेरैले आरन पेसा छाडी व्यापार व्यवसायमा लागे पनि आफूले यो पेसा निरन्तर गरिरहेको र पछिल्लो समय आरनले मात्रै परिवार चलाउन धौधौ परेको विश्वकर्माको भनाई छ ।

सिद्धिचरण नगरपालिका वडा नं ७ बिगुटारमा रहेका विश्वकर्मा समुदायका अधिकांशले पुर्ख्यौली पेसा छाडेर अहिले अन्य पेसा व्यवसाय गर्न लागेको कारण आरन पेसा गर्ने मान्छे खोज्नु पर्ने भएको स्थानीय मेख बहादुर विश्वकर्माको भनाई छ । आफूहरूले बाली घरे प्रथा छाडेर ब्यवसायिकरुपमा यो पेसा गरे पनि सिजनमा खुकुरीको व्यापार घटेपछि दसैँ मान्न धौ धौ भएको विश्वकर्मा बताउँछन् ।

रोपाई सके लगतै दसैँको पिर
यो कथा अन्य स्थानमा पनि रहेको छ  । विशेष गरी ग्रामीण भेगमा रहेका दलित समुदायमा चाडबाड कसरी मनाउने चिन्ता रहेको हुन्छ । असारको रोपाइँ सके लगतै दसैँका लागी र बालबच्चालाई के दिने कसो गर्ने भनेर पिरोल्ने गरेको वर्ष दिन नै ज्यामी काम गरेर पेट पाल्ने गरेकी गाउँपालिका वडा नं ६ की  ६२ वर्षीय भ माया सार्कीको भनाई छ । 

उनी आफ्नो श्रीमानले अर्कै श्रीमती लिएर हिँडे पछि गाउँ मै सुख दुःख गरेर आफ्ना ४ वटा छोराछोरी हुर्काएर बुढेसकालको सहारा भनेर बसे पनि बुढेसकालमा आफ्नो कोही नभएको उनी बताउँछिन् । छोराछोरी बुढेसकालमा सहारा बन्छन भन्ने भए पनि आँफु सँग छोराछोरी नबसे पछि उमेर सँगै पिडा बढेको सार्कीको भनाई छ । 

छोराले सुख दिन्छन् भन्ने लागे पनि छोराहरू श्रीमती लिएर आआफ्नै बाटो लागेको र उल्टै एउटा छोराले बाउको बिडो थामेर आफूलाई झन् दुख थपिदिएको उनको भनाई छ । बुहारी अर्कै सँग हिँडेको र छोराले कान्छी श्रीमती लिएर हिँडेपछि दुईनातीनी पनि सँगै हुँदा दसैँ कसरी मनाउने चिन्ता रहेको छ सार्कीलाई । नत छोराहरू आउँछन् नत कहिलेकाहीँ आमा खाऊ भनेर नै रुपैयाँ पैसा नै दिन्छन् अव दसैँ कसरी मनाउनु नातिनीहरूलाई के खुवाउनु यो चाडबाड हामी गरिबका लागी त आउदानी नआओस् उनी दुखेसो गर्छिन् । 

देशमा समय सँगै व्यवस्था परिवर्तन भए पनि नेपालीहरूको गरिबी कहिल्यै हटेको छैन । ०४६ को आन्दोलन पछि बहुदलीय व्यवस्थाको पुनः स्थापना, ०५२ देखीको माओवादी जनयुद्ध र ०६२/०६३ को १९ दिने दोस्रो जनआन्दोलनले ल्याएको परिवर्तनले पनि जनताको गरिबी जस्ताको तस्तै रहेको छ । झुपडीमा बस्नेहरूलाई कुन दसैँ कुन तिहार कहिल्यै चाडपर्व नआउने र बर्सेनि रिनको भारी बोकाएर जाने गरेको छन्  दसैँ तिहार लगायतका चाडपर्व ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending