Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

‘महँगीले चाडपर्व मान्न धौ धौ भयो’

खबरडबली संवाददाता

बेनी  । रघुगङ्गा गाउँपालिका–३ का सम्मर दर्जीलाई दसैँको खर्च जुटाउन सकस परेको छ । प्रवासमा रहेका छोराले पठाएको दसैँ खर्चले बजारमा घरपरिवारका लागि एक–एक जोर नयाँ कपडासमेत किन्न नपुगेपछि उहाँ निरास बनेर गाउँ फर्कीए  । “घरखर्चदेखि लत्ताकपडासम्म किन्न पुग्छ कि भनेर बजार झरेको थिएँ, आधा सामान पनि किनमेल गर्न पुगेन, दसैँको अरु तयारी त गर्नु छँदैछ, महँगीले हामीलाई चाडपर्व मनाउनै समस्या छ”, दर्जीले भने ।

मालिका गाउँपालिका–२ रुमबाट बेनीमा चाडपर्वलाई लक्षित गरी सामान किन्न आउनुभएका रमेश पुनले बजारमा सामानको मूल्य आकाशिएको पाएको बताए । विगतका वर्षको तुलनामा यस वर्ष सामानको भाउ आकाशिएको र घरपरिवारका लागि आवश्यक पर्ने किनमेल गर्न मुस्किल परेको अनुभव सुनाए । “दरबाङ बजारमा भन्दा बेनीमा केही सस्तोमा सामान पाइन्छ कि भनेर आएको थिएँ, कहाँ सस्तोमा पाउनु, उल्टै गाडीभाडा र समय खेर गयो, चाडपर्व मनाउन पनि धौधौ हुने स्थिति आयो”, उनले भने ।

बजारमा अहिले दैनिक उपभोग्य सामग्रीसहित लत्ताकपडा, सजावट र घरायसी सामानको मूल्य आकाशिएको छ । विगतका वर्षको तुलनामा यस वर्ष बजारमा ५० प्रतिशतदेखि ७० प्रतिशतसम्म नै महँगी बढेर सामान आएको व्यवसायीहरू बताउँछन् । आफूहरूले खरिद गर्दा नै मूल्य बढेका कारण विगतको तुलनामा बजारमा सामग्रीको मूल्य केही बढेको उनीहरूको भनाइ छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले खाद्यान्नमा ६० प्रतिशतसम्म मूल्य बढेर आएको र त्यसको प्रत्यक्ष मार सर्वसाधारण र व्यवसायीलाई समेत परेको बताए । चामल, जिरालगायत खाद्य सामग्रीको मूल्य गत वर्षभन्दा दोब्बर भएको छ । तेल, चिनीलगायतका सामग्रीको मूल्यसमेत बढेर आएको छ । “जिल्लामै कृत्रिम मूल्य बढेको छैन, हामीले व्यवसायीलाई निरन्तर सचेत गराइरहेका छौँ, माथिबाट आउँदा नै मूल्य अस्वाभाविकरूपमा बढेको हो, मूल्य बढेपछि स्वाभाविकरूपमा चाडपर्व खर्चिलो हुने देखिएको छ”, अध्यक्ष कटुवालले भने ।

बजारमा मूल्य बढेसँगै व्यापार व्यवसायमा पनि गिरावट आएको छ । अन्य समयको तुलनामा चाडपर्वको समयमा व्यापार बढे पनि विगतका वर्षको तुलनामा व्यवसाय खस्किएको म्याग्दी उद्योग वाणिज्य सङ्घले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष दसैँको समयमा ३० प्रतिशत व्यापार कम भएको उनको भनाइ थियो  ।

व्यापार व्यवसाय घट्नुमा बजारमा अस्वाभाविक मूल्यवृद्धिसँगै गाउँमा बसोबाससमेत कम हुँदै जानु अर्को कारण बनेको जानकार बताउँछन् । म्याग्दीको जनसङ्ख्या घट्दो क्रममा हुँदै जानु, गाउँ–गाउँमा बसाइँसराइका कारण रित्तिदै जानुले पनि उपभोक्ता घट्दै गएको हुनसक्ने व्यवसायीको अनुमान छ । देशव्यापीरूपमा आर्थिक सङ्कटको प्रभावले पनि धनी र हुनेखाने परिवारले समेत चाडपर्वमा खुलेर खर्च गर्न सक्ने अवस्था बनेको छैन ।

यस वर्ष बजारमा भेडाच्याङ्ग्राको मूल्यसमेत अस्वाभाविकरूपमा बढेको छ । हिमाली क्षेत्रमा पालन गरेर दसैँलाई लक्षित गरेर बजारमा ल्याइएका भेडाच्याङ्ग्राको मूल्य ५० हजारसम्म पुगेको छ । भेडाच्याङ्ग्रामा प्रतिगोटामै गत वर्षभन्दा रु १० हजार बढी मूल्य बढेको छ । दसैँकै समयमा बजारमा अत्यधिक खपत हुने स्याउको मूल्यसमेत बढेको छ । अघिल्लो वर्ष प्रतिकिलो रु दुई सयमा खरिद बिक्री हुने स्याउ अहिले बजारमा प्रतिकिलो रु दुई सय ५० पुगेको छ । 

बजारमा बढेको मूल्यवृद्धिको नियन्त्रणमा सरकारले ध्यान नदिँदा सामान्य नागरिकले दसैँलगायतका चाडपर्वलाई सकसपूर्ण तवरले मनाउनुपर्ने अवस्थामा पुगेका छन् । भड्किलो तवरले चाडपर्व मनाउने संस्कारले समस्यामा परेका सर्वसाधारण नागरिक बजारमा बढेको मूल्यवृद्धिले चाडपर्वलाई खर्चिलो तवरले मनाउनुपर्ने बाध्यतामा पर्ने गरेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending