Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

माओवादी केन्द्र कोहलपुरले संकलन गरेको खाद्यान्न जाजरकोट पठाउँदै

खबरडबली संवाददाता
बाँके । जाजरकोट भुकम्पबाट पीडित परिवारका लागी नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिले संकलन गरेको खाद्यान्न जाजरकोट पठाउन सुरु गरिएको छ ।  शनिवार माओवादी केन्द्र कोहलपुरले संकलन गरेकाे १ सय ५० बोरा चामल जाजरकोट पठाइएकाे हाे ।

माओवादी नेता कार्यकर्ता र शुभचिन्तकद्धारा संकलित खाद्यान्न प्रधानमन्त्री पुष्प कमल दाहाल  प्रचण्डका प्रशासनिक विज्ञ सल्लाहकार रामदीप आचार्य र राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्मा मार्फत सरोकारवालालाई हस्तान्तरणका लागी जाजरकोट पठाइएको माओवादी केन्द्र कोहलपुरका उपाध्यक्ष बल बहादुर खड्का (अविरल)ले जानकारी दिए ।

शनिबार बिहान नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिको आकस्‍मिक बैठक बसी राहत संकलन सुरु गरेको थियो । माओवादी केन्द्र कोहलपुरका अध्यक्ष अवराज खड्काले संकलित खाद्यान्न मध्ये केही प्रधानमन्त्री कार्यालय मार्फत पठाइएको र बाकी सोमवार जाजरकोट लगेर सम्वन्धीत निकायलाई हस्तान्तरण गरिने जानकारी दिए । शुभेच्छुकहरूले आइतबार पनि संकलन कार्य जारी राखेको अध्यक्ष खड्काले जानकारी दिए ।

सल्लाहकार आचार्यले राहत संकलन गरेर हस्तान्तरणका लागी सम्बन्धीत निकाय मार्फत हस्तान्तरण गरेकोमा नेकपा माओवादी केन्द्र कोहलपुरलाई धन्यवाद दिए । उनले आफू केही खाद्यान्न , त्रिपाल लगातारका सामाग्री सहित जाजरकोट जान लागेको बताउँदै त्यहाँको अवस्था हेरेर पीडितहरूको आवश्यकता अनुसार सरकारले सहयोग पुर्याउने बताए । तत्काल खाद्यान्न, त्रिपाल र कम्बलको आवश्यकता रहेको उनको भनाई थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending