रामेछाप । नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले गठबन्धन सरकार नै देशमा अस्थिरताको कारक बनेको बताएका छन् । एमालेकाे मध्यपहाडी पुष्पलाल लोकमार्ग जागरण अभियानको सन्दर्भ पारेर रामेछाप र सिन्धुलीको खुर्कोटमा आइतबार आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढुङ्गेलले गठबन्धनको कारण देश संकटमा फस्दै गएको बताएका हुन् ।
उनले भने ‘देशमा अस्थिरतको कारण गठबन्धन सरकार बन्यो, देश अस्थिरताको भुमरीमा होमियो, गठबन्धनकै कारण देश अस्थिरता तर्फ गयो ।’ ढुङ्गेलले कोशी प्रदेशको पछिल्लो घटनाक्रमलाई इङ्गित गर्दै अस्थिरताका बाहक नै सरकारमा रहेको धारणा राखे ।
एमाले बहुमत सहित नेतृत्व नगरेसम्म देशमा विकास र स्थिरता नहुने उनको दाबी छ । ‘अस्थिरताका बाहकहरू सरकारमा रहेसम्म देशमा स्थिरता हुँदैन, देशलाई स्थिरता दिन एमाले सरकारमा आउनु पर्छ ।’
उनले एमाले मात्रै विचारको नेतृत्वकर्ता भएको र एमालेलाई अरु दलले पछ्याउँने गरेको आरोप लगाए । ‘एमालेले के गर्छ भनेर अन्य दल हेरेर बसेका छन, एमालेले जे गर्छ त्यसैलाई पछ्याउँदै हिँड्छन्’, ढुङ्गेलले भने ।
एमालेले सुरु गर्न लागेको मध्यपहाडी पुष्पलाल लोकमार्ग जागरण अभियानमा व्यापक जनपरिचालन गर्न आवश्यक रहेको भन्दै ढुङ्गेलले अभियानमा एमालेको कामलाई प्रचार गर्नुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...
जेष्ठ १३ गते, २०८३ - १९:४२
कैलाली । घोडाघोडी नगरपालिका–१० मा निर्माण हुने नमुना सभाहलको १ करोड रुपैयाँ बजेट स्थान विवादका कारण फ्रिज हुने जोखिममा परेको छ । वडाध्यक्ष विजयराज ...
जेष्ठ १३ गते, २०८३ - १९:३८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको...
जेष्ठ १३ गते, २०८३ - ०८:२२
एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...
जेष्ठ १३ गते, २०८३ - ०८:२०
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...
जेष्ठ १३ गते, २०८३ - ०८:१८
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...
जेष्ठ १३ गते, २०८३ - ०८:१६
काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...
जेष्ठ १३ गते, २०८३ - ०८:११
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...



प्रतिकृया लेख्नुहोस्: