Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

गठबन्धन सरकार नै अस्थिरताको कारक होः अध्यक्ष ढुङ्गेल

खबरडबली संवाददाता

रामेछाप । नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले गठबन्धन सरकार नै देशमा अस्थिरताको कारक बनेको बताएका छन् । एमालेकाे  मध्यपहाडी पुष्पलाल लोकमार्ग जागरण अभियानको सन्दर्भ पारेर रामेछाप र सिन्धुलीको खुर्कोटमा आइतबार आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढुङ्गेलले गठबन्धनको कारण देश संकटमा फस्दै गएको बताएका हुन् ।

उनले भने ‘देशमा अस्थिरतको कारण गठबन्धन सरकार बन्यो, देश अस्थिरताको भुमरीमा होमियो, गठबन्धनकै कारण देश अस्थिरता तर्फ गयो ।’ ढुङ्गेलले कोशी प्रदेशको पछिल्लो घटनाक्रमलाई इङ्गित गर्दै अस्थिरताका बाहक नै सरकारमा रहेको धारणा राखे ।

एमाले बहुमत सहित नेतृत्व नगरेसम्म देशमा विकास र स्थिरता नहुने उनको दाबी छ । ‘अस्थिरताका बाहकहरू सरकारमा रहेसम्म देशमा स्थिरता हुँदैन, देशलाई स्थिरता दिन एमाले सरकारमा आउनु पर्छ ।’

उनले एमाले मात्रै विचारको नेतृत्वकर्ता भएको र एमालेलाई अरु दलले पछ्याउँने गरेको आरोप लगाए ।  ‘एमालेले के गर्छ भनेर अन्य दल हेरेर बसेका छन, एमालेले जे गर्छ त्यसैलाई पछ्याउँदै हिँड्छन्’, ढुङ्गेलले भने । 

एमालेले सुरु गर्न लागेको मध्यपहाडी पुष्पलाल लोकमार्ग जागरण अभियानमा व्यापक जनपरिचालन गर्न आवश्यक रहेको भन्दै ढुङ्गेलले अभियानमा एमालेको कामलाई प्रचार गर्नुपर्ने बताए । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending