Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटक बढे

खबरडबली संवाददाता
कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटकको सङ्ख्या बढ्दो रुपमा रहेको छ । यस वर्षको अक्टोबर महिनासम्म आठ सय ८७ विदेशी पर्यटक भित्रिएका छन् । 
 
गत वर्षको डिसेम्बर महिनासम्म पाँच सय ४२ पर्यटक भित्रिएका थिए । गत वर्षभन्दा यस वर्षको अक्टोबरसम्म मात्रै तीन सय पाँच बढी पर्यटक भित्रिएका छन् । कोरोनाको सङ्क्रमण पश्चात आवतजावतमा सहज वातावरण भएपछि विदेशी पर्यटक आउने क्रम बढदो रुपमा रहेको छ ।
 
भारतबाट स्थल मार्ग हुँदै पर्यटक भित्रिएका हुन् । सीमा नाकाबाट भित्रिने पर्यटकमा फ्रान्स, इजरायल, रुस, संयुक्त अधिराज्य अमेरिका, जापानलगायत युरोपियन देशका रहेका छन् । अध्यागमन कार्यालय गड्डाचौकीका अध्यागमन अधिकृत पदमराज भट्टका अनुसार सबैभन्दा बढी पर्यटक अक्टोबर महिनामा एक सय ६१ जना आएका छन् । जनवरीमा ३१, फरवरीमा ६३, मार्चमा एक सय ३७, अप्रिलमा एक सय १३, मेमा ८५, जुनमा ४५, जुलाईमा २०, अगस्तमा ३७ र सेप्टेम्बरमा एक सय ५५ जना पर्यटक भित्रिएका छन् ।
 
सन् २०२० मा छ सय २०, सन् २०२१ मा ५८ पर्यटक सीमा नाका भएर आएका थिए । सीमा नाका भएर बाहिरिने पर्यटकको सङ्ख्या भने शून्य रहेको छ । भारत सरकारले निश्चित नाकाबाट मात्रै पर्यटक बाहिरिने अनुमती दिएपछि यो नाकाबाट बाहिरिने पर्यटक शून्य भएका हुन ।
 
कोरोना महामारीको सङ्क्रमण पश्चात९सन् २०२१ को डिसेम्बर देखि० सीमा नाका भएर भारततर्फ जाने पर्यटकलाई भारत सरकारले रोकेको अधिकृत भट्ट बताउन्छन् । “सीमा नाका भएर भित्रिने पर्यटकमध्ये केही एक दिन महेन्द्रनगर बजार क्षेत्रका होटलमा बसेर अन्यत्र जाने गरेका छन्”, भट्टले भन्नुभयो, “केही सिधैँ गन्तव्यमा जाने गरेका छन् ।”
 
उनका अनुसार अधिकांश पर्यटक पोखरा, काठमाडौँ, लुम्बिनी, अछामको रामारोशन, खप्तड, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज घुम्नका लागि आउने गरेका छन् । महिनामा एक/दुई जना मात्रै पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्नका लागि इच्छा जाहेर गर्ने गरेका छन् । “कुन गन्तव्यमा जाने भन्नेबारे विदेशी पर्यटकले आउन अघि नै योजना बनाइसकेका हुन्छन्”, उनले भने, “सोहीअनुसार उहाँहरु गन्तव्यमा जानका लागि रुटको प्रयोग गर्ने र होटलमा बस्ने गरेका छन् ।” 
 
भारत हुँदै यहाँ आइपुग्ने अधिकांस पर्यटकले भारतीय रुपैयाँ बोकेर आउने गरेकाले भिसा दिँदा लाग्ने शु:ल्क डलरमा लिइने भएकाले सटही काउन्टर नहुँदा डलर खोज्ने झन्झट हुने गरेको छ । नेपाली नागरिकसँग वैवाहिक सम्बन्धमा बाँधिएका विदेशीको भिसा म्याद समाप्त भएको खण्डमा थप्न चाहे ९० डलर भिसा शुल्क लिएर थप्न सक्ने अधिकार अध्यागमन अधिकृतलाई रहेको छ ।
 
यसैगरी पर्यटकले तोकेको समय अवधि पूरा गरी एक महिना अझै नेपालमै घुम्ने इच्छा जाहेर गरेमा तोकिएको भिसा शुल्क लिएर म्याद थप्न सक्ने व्यवस्था रहेको भट्ट बताउनुहुन्छ । उहाँका अनुसार विवाह भिसाको म्याद थप्ने विदेशीको सङख्या केही वर्षदेखि बढ्दो रुपमा रहेको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending