Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

८० बर्ष पछि अचानक जनसंख्या घटे पछि चीन चिन्तित, बिज्ञले भने आम्दानी बढाउ

खबरडबली संवाददाता

बेइजिङ । चीनमा विगत केही दशकदेखि लगातार बढिरहेको जनसंख्या वृद्धिका कारण यो देशको जनसङ्ख्या अर्ब नाघेको थियो । यो बढ्दो जनसङ्ख्यालाई कम गर्न सन् १९८० मा चीनले दम्पतीलाई एउटा मात्र बच्चा जन्माउन दिने नीति लागू गरेको थियो। जसलाई  ‘एक सन्तान नीति’ नाम दिइएको थियो ।

चीनको यो नीति ३६ वर्ष अर्थात २०१६ सम्म जारी रह्यो तर यी नीतिको परिणामस्वरुप आज यो देशको जनसंख्या ‘नकारात्मक वृद्धि’को चरणबाट गुज्रिरहेको छ । हालै भएको चीनमा जनसङ्ख्या सर्वेक्षण रिपोर्टले चीनको जनसंख्या बृ्द्दी भन्दा मृत्युदर बढी देखाइएको थियो, जसले चीनलाइ चिन्तामा लगेको छ । सो  सर्वेक्षणका अनुसार सन् २०२२ मा चीनको जनसंख्या सन् २०२१ को तुलनामा ८ लाख ५० हजारले घटेको छ । 

सन् १९६१ मा चीनको भयंकर अनिकालपछि यो देशले पहिलो पटक यति ठूलो जनसंख्या घटेको तथ्यांक सार्बजनिक भएको हो । सन् २०२२ को अन्त्यसम्ममा चीनको कुल जनसङ्ख्या १.४ बिलियन हुने अनुमान गरिएको थियो, जुन गत वर्षको तुलनामा ८ लाख ५० कमी देखिन आयो ।

यस बाहेक चीनमा जन्मदर पनि प्रति हजार ६.७७ छ भने मृत्युदर प्रति हजार ७.३७ रहेको छ, जसका कारण जन्मदर शून्यदेखि ०.६ प्रति हजारमा पुगेको छ । जसले गर्दा चीन तनाबमा परेकाे छ । 

ग्लोबल टाइम्सका समाचार अनुसार चाइनिज एकेडेमी अफ सोशल साइन्सका पूर्व उपनिर्देशक काई फेङले एक सेमिनारमा यस प्रश्नको जवाफ दिँदै जन्मदरमा आएको गिरावटलाई लिएर निराशावादी हुनुपर्ने आवश्यकता नरहेको बताए । उनले बरु, यो कमीलाई पूर्ति गर्न चीनले जनसङ्ख्याको गुणस्तर सुधार गर्ने अवस्था र योजना बनाउने समय आएको सुझाव दिएका छन् ।

घट्दो जनसङ्ख्या र कोभिड–१९ ले चीनमा ठूलो प्रभाव पारेको उनको विश्वास छ । जनसङ्ख्या घट्दा देशलाई हुने नोक्सानीबाट जोगाउन सबैभन्दा पहिले श्रम शक्तिलाई न्यायोचित र प्रभावकारी रूपमा बाँडफाँड गर्नुपर्ने, न्यून पारिश्रमिक पाउने व्यक्तिको आम्दानी बढाउनु पर्ने र आधारभूत सार्वजनिक वस्तु जनता माझ बाँडफाँट गर्नुपर्ने उनले सुझाव दिएका छन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

०६४ को माओवादी र अहिलेको रास्वपाले प्राप्त गरेको मतबीचमा धेरै भिन्नता छैनः ज्योति मगर

‘जनताको प्रयोग’ र नयाँ राजनीतिक स्थापनाको आलोचना

प्रचण्डको विजयी संदेश: नयाँ र पुराना दलका संरक्षक म नै हो

रुकुमपूर्व, काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक र रुकुमपूर्वबाट प्रतिनिधि सभा सदस्यमा विजयी पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले नयाँ र पुरा...

देशभर जनलहर चलेको रास्वपा जुम्लामा छैटौं स्थानमा

जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर मतदाताको समर्थन पाउँदै अग्रता कायम राखेको छ, तर जुम्लामा भने पूर्वसांसद विनिता कठायतको स्थिति ल...

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका ई. मोहन आचार्य विजयी भएका छन् । १० हजार ६५६ मत प्राप्त गर्दै आचार्य विजयी  भएका ...

सुनसरी १ः ४३०९ मत गनिसक्दा हर्क साम्पाङकाे ८१६ मत

सुनसरी । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा दोब्बर मतले पछाडि परेका छन् । रास्वपाका उम्मेदवार गोमा त...

झापा-५ : ओलीलाई भारी मतले पछि पार्दै बालेन, कोर एरिया कुर्दा एमालेमा विस्थापनको डर

झापा । झापा–५ – प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत झापा–५ क्षेत्रको मतगणना जारी छ। पछिल्लो आधिकारिक मत परिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रा...

काठमाडौं ३ः कुलमानलाई ७ हजाार बढी मतले पछि पार्दैै रास्वपाका राजुनाथ पाण्डे निर्वाचित

 काठमाडौं । काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन् । उनले १८ हजार ७५७ मत ल्याएर निर्वाचित भएका हुुन् ।...

ओखलढुङ्गा–१ : अस्मिता थापाले अग्रता कायम

ओखलढुङ्गा । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत ओखलढुङ्गा–१ को मतगणना जारी छ। प्रारम्भिक परिणामअनुसार नेकपा (एमाले)की उम्मेदवार अस्मिता थापाले अग्रता...

धनकुटामा श्रम संस्कृति पार्टीका राईको अग्रता कायमै

धनकुटा । धनकुटामा श्रम संस्कृति पार्टीको अग्रता कायमै रहेको छ । मतान्तर घटे पनि धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवारको अग्रता कायमै रहेको हो । ...

कोशीका ६ क्षेत्रमा श्रम संस्कृती पार्टीले अग्रता लिँदा अध्यक्ष सामपाङ भने रास्वपा उम्मेदवार भन्दा पछाडि

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणना अनुसार कोशी प्रदेशका ६ निर्वाचन क्षेत्रमा श्रम संस्कृती पार्टीले उल्लेखनीय अग्रता बनाएको छ । पाँच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE