Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

भूकम्पपछि त्रिपालमा बस्दै आएका ४ जनाको मृत्यु

फइल तस्विर
खबरडबली संवाददाता

जाजरकोट ।  जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका चार जना दीर्घरोगीको ज्यान गएको छ । गएको कात्तिक १७ गतेको भूकम्पपछि दुई हप्तामा तीन जना वृद्ध र एक महिलाको ज्यान गएको हो ।

घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्कीको मङ्गलवार र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको अस्ति बुधवार ज्यान गएको स्थानीयवासीले बताएका छन् । कार्की र सिंह दमका बिरामी थिए । 

यसअघि कात्तिक २४ गते शुक्रवार नलगाड नगरपालिका–४ का ८४ वर्षका गोपालबहादुर रावल र ४८ वर्षकी पम्फा रावलको ज्यान गएको थियो । गोपालबहादुर दम र पम्फा निमोनियाबाट पीडित थिए ।

भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा धेरै परिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । 

बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या पनि देखिन थालेको छ । ओढ्ने कपडा सबै घरमा पुरिएर काम नलाग्ने भएको र नयाँ किन्न र जोहो गर्न नसकेको बारेकोटका निमबहादुर नेपालीले गुनासो गरे ।

भूकम्प पीडितलाई तत्कालै पालरटेन्टको व्यवस्थापन भए पनि अब न्यानो कपडा, खाद्यान्न र अस्थायी भए पनि बसोबासको व्यवस्थापन महत्त्वपूर्ण भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार चिसो बढ्न थालेसँगै पीडितमा स्वास्थ्य समस्या देखिने जोखिम भएकाले आवश्यक तयारीको काम थालिएको छ । 

उनका अनुसार यो महिनाभित्र अस्थायी आवास बनाएर पीडितको व्यवस्थापन गर्न प्रक्रिया अगाडि बढेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy