Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

च्याउ खेतीमा रमाउँदै मिलन, १३ जनालाई रोजगारी

खबरडबली संवाददाता

जानकी । बाँकेको बैजनाथ गाउँपालिका–१ गाभार भ्यालीमा ३१ वर्षीय मिलन बस्नेतले च्याउ खेती गर्दै आएका छन् । उनले एक बिघा जग्गामा छ वर्षदेखि गोब्रे प्रजातिको च्याउ खेती गर्दै आएका हुन् । 

रु छ करोड लगानीमा निर्माण गरिएको च्याउ फार्ममा दुई भारतीय नागरिकसहित १३ जनाले रोजगारी पाएका बस्नेतले बताए । साथीहरुसँग मिलेर १० कठ्ठा जमिन भाडामा लिएको र बाँकी १० कठ्ठा आफ्नै जमिनमा खेती सुरु गरेको उनको भनाइ थियो । 

भारतमा ब्याचलर इञ्जिनियरिङको पढाइ पूरा गरेका मिलनले परदेशमा दुख गरेर कमाएको पैसालेभन्दा आफ्नै माटोमा मेहनत गरेर फलाएको नतिजाले लोभ्याएको बताए । “उपयुक्त योजना बनाएर कार्यान्वयन गर्न सके आफ्नै देशमा सुन फलाउन सकिने रहेछ”, उनले भने, “अहिले फार्ममा १३ जनाले रोजगारी पाएका छन् । यो सबै योजना र मेहनतको प्रतिफल हो ।”

जग्गा भाडामा लिएर व्यावसायिकरुपमा गरिएको गोब्रे च्याउ खेती थालेका मिलन र उनका साथीहरुलाई स्वदेशमै काम गर्न हौसला दिएको छ । बाह्रैमास च्याउ खेती गर्दै आएका मिलनले यस वर्ष मात्रै एक लाख केजी च्याउ फलाएका छन् । उक्त च्याउ सुदूरपश्चिमको धनगढी, बाँकेको नेपालगञ्ज र कोहलपुर, सुर्खेत, दैलेख, दाङ र काठमाडौँको कालीमाटीलगायत ठाउँमा पठाउने गरेको उनले जानकारी दिए । 

मिलनका अनुसार च्याउ फलाउनका लागि चार वटा एसी जडान गरिएको कोठा निर्माण गरिएको छ । एउटा कोठामा १० टनको एसी जडान गरिएको उनको भनाइ थियो । च्याउको बीउ छरेर उमार्नलाई १६ डिग्री तापक्रम चाहिने मिलनले बताए । “च्याउ उमार्नलाई १६ डिग्रीको तापक्रम चाहिन्छ । च्याउ आफैँमा असाध्यै नै संवेदनशील प्रजातिको भएकाले यसलाई उमार्न तापक्रममा निकै ध्यान दिनुपर्ने हुन्छ”, उनले भने । 

काठमाडाँैको कालीमाटीमा च्याउ पठाउँदा प्रतिकिलो रु ६० का दरले जहाजमार्फत पठाउने गरेको मिलनले जानकारी दिए । “हामीले यहाँबाट काठमाडौँको कालीमाटीमा पनि च्याउ पठाउने गरेका छौँ”, उनले भने, “त्यहाँ प्रतिकेजी रु ६० का दरले जहाजमार्फत पठाउने गरेका छौँ ।” धेरै मेहेनत गर्नु नपर्ने र बजारभाउ पनि राम्रै हुने भएकाले च्याउ खेती गर्दा सन्तुष्टि मिलेको उनको भनाइ छ । 

बीउ छरेको लगभग एक महिनामा च्याउ टिप्नलाई तयार हुने मिलनले बताए । च्याउ खेतीमा राम्रो सम्भावना भए पनि भन्सार छली गरेर आयात गरिएका भारतीय च्याउका कारण स्वदेशी च्याउले राम्रो बजार भाउ पाउन नसकेको उनले गुनासो गरे ।

“हामीले आफ्नो सबै लगानी लगाएर, दुःख र मेहनतका साथ च्याउ फलाएका हुन्छौँ । बेच्ने बेलामा भारतबाट भन्सार छलेर ल्याइएका च्याउ नेपाली बजारमा सस्तो मूल्यमा आइपुग्छ । यसले गर्दा हाम्रो च्याउले बजार भाउ पाउन सकिरहेको छनै”, मिलनले भने, “भन्सार छली गरेर ल्याइने भारतीय च्याउमा प्रशासनको ध्यान जानसक्यो र आयातित च्याउ भित्रिन पाएन भने हामीलाई च्याउ खेतीमा अगाडि बढ्न सजिलो हुन्छ ।”

उनका अनुसार प्रतिदिन नेपालगञ्ज बजारमा दुई सयदेखि पाँच सय केजी भारतीय च्याउ आउने गर्दछ । प्रतिकेजी साढे तीन सयदेखि चार सय रुपैयाँमा नेपालमा उत्पादन गरिएको च्याउ बिक्री हुने भन्दै भारतबाट आयात गरिएको च्याउ प्रतिकेजी डेढ सयमा बिक्री हुने गरेको मिलनको भनाइ छ । 

सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङले भन्सार छली गरी ल्याइने च्याउलगायत अन्य तरकारीका विषयमा सिमा नाकामा अनुगमनलाई कडा गरिएको बताए । “हामीले च्याउमात्र नभई भन्सार छली गरेर ल्याइने अन्य सामान नेपाल भित्रन नपाओस् भनेर अनुगमनलाई कडाइकासाथ पालन गरेका छौँ”, उनले भने, “सीमानाकामा जाँच कडाइ गर्दागर्दै पनि अन्यत्र बाटा प्रयोग गरी सामान भित्र्याइन्छन् । यसतर्फ प्रशासनले सम्बन्धित निकायसँग समन्वय गरी अनुगमनलाई अगाडि बढाइरहेको छ ।” 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देश...

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ ।  प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज (बुधबार) उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको...

ओलीले किन ‘सुरक्षा थ्रेट’ महसुस गरिरहेका छन् ?

काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...

यी हुन् कांग्रेसले अहिलेसम्म टुंग्याएका उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्।  निर्वाचनका लागि मंगलबार...

एमालेले रूपन्देहीमा उम्मेदवार बदल्यो, पाल्पा-२ मा ठाकुर गैरेले पाए टिकट

काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...

टिकट वितरणपछि चन्द्र भण्डारीले् गरे गगन थापाको प्रशंसा

रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...

देउवाको निर्वाचन क्षेत्रमा नैनसिंह महरले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा  महर टिकट दिएको हो।  म...

राप्रपाले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो।  उम्...

गगनलाई अस्वीकार गर्दै देउवा समूहले दायर गरेको रिटमा आज पेसी

काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...

झापाबाट ओलीको सन्देश- हामी नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ

 काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending