Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

रासायनिक मलको परनिर्भरता हट्यो

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीकी मिना चौधरीलाई खेतबारीमा रोपेको तरकारी बालीका लागि रासायनिक मल खोज्दै हिँड्नु परेको छैन । दुई वर्षअघि कृषक पाठशालामा सहभागी भएका चौधरीले स्थानीयस्तरमै पाइने जैविक पदार्थको प्रयोग गरी मल बनाउन सिकेको छन् । 

चार वर्षअघिदेखि नगरपालिकामा सञ्चालन गरेको ‘स्कील अप’ परियोजनामार्फत सञ्चालित कार्यक्रममा सहभागी भएर चौधरीले माटोमा रहेको जैविक विविधतालाई जोगाउन सहयोग पुर्‍याउने बोकासी मल बनाउन सिकेको हो । “पहिलो वर्ष घरमै तयार गरिएको बोकासी मल प्रयोग गर्दा रासायनिक मल हालेजस्तो तरकारीको उत्पादन भएन”, उनले भने, “माटोमा मल विस्तारै घुलमिल भएपछि दोस्रो वर्षदेखि तरकारी बालीको उत्पादन सोचेजस्तै गरी उत्पादन भएको छ ।”
 
चौधरीले हिउँदमा गोलभेँडा, काउली, बन्दा, खुर्सानी, आलु लगायतको खेती गर्नुहुन्छ । वर्षात्का बेला लहरे प्रजातिका तरकारी रोप्दै आएको छन् । बाह्रै महिना उहाँको खेतमा तरकारीखेती हुन्छ । “रासायनिक मलको प्रयोग गरी तरकारी खेती गर्दा रोग किराको प्रकोप अधिक हुँदा विषादी छर्किनुपर्ने बाध्यता थियो”, उनले भने, “घरमै बोकासी मल तयार गर्न थालेपछि रोग किराको प्रकोप हट्दै जान थालेको छ, कतै रोग किरा देखापरे जैविधि विधिबाट तयार गरेको मानव स्वास्थ्यलाई हानि नगर्ने झोल विषादीको प्रयोग गर्छौं ।”
 
यसरी तयार गरिएको मल र विषादीको प्रयोग गरी उत्पादन गरिएको तरकारीको बजार मूल्य बढी पाइने अर्का किसान महिला गीता चौधरीले बताए । “रासायनिक मल र बजारमा खरिद गर्न पाइने विषादीको प्रयोग गरी उत्पादन गरिएको काउलीको थोक बजार भाउ प्रतिकिलो रु २० सम्म पुगेको छ”, उनले भने, “जैविक विधिबाट तयार गरिएको काउली थोकमा रु ४० प्रतिकिलोका दरले बिक्री भइरहेको छ ।”

तरकारी बालीमा विषादीको प्रयोग वर्षौंदेखि यस क्षेत्रका किसानले गर्दै आएकाले केहीमा दीर्घकालीन क्यान्सरलगायत रोगको सङ्क्रमण देखिएको छ । विषादीको लामो समयसम्म प्रयोगले स्वास्थ्यमा नकारात्मक असर देखिन थालेपछि वैकल्पिक विधिका रुपमा किसानले बोकसी मलको प्रयोगलाई बढावा दिन थालेका हुन् । बोकासी मल धानको ढुटो, तोरीको पिना, हड्डीको धुलो, सुक्ष्म जिवाणु गुड भेली, पानी राखेर तयार गरिने वसन्ती चौधरीले बताउनुभयो ।
 
वसन्तीका अनुसार बोकासी मल गर्मीको सयममा २० दिन र हिँउदको समयमा ४५ दिनमा खेतबारीमा छर्नका लागि तयार हुने गर्दछ । “मल प्रयोग गर्नुअघि बोटबिरूवा वरिपरि चिस्यान बनाउ छौँ”, उनले भने, “त्यसपछि मल छर्ने काम हुन्छ, बिरुवाको जात र उमेरअनुसार मलको अनुपात मिलाएर छर्ने गरिन्छ ।” एकपटक तयार गरिएको मल दुई वर्षसम्म प्रयोग गर्न सकिने उनको भनाइ छ । 

बोकासी मलको प्रयोग गरी तरकारीखेती गर्ने किसानको सङ्ख्या ४० बढी रहेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी बताउन्छन् । “बोकासी मलको प्रयोगले माटोको उर्वरशक्ति बढाउने कामसँगै बिरूवालाई चाहिने पोषकतत्व उपलब्ध गराउने भएकाले किसानको आकर्षण यस मलप्रति देखिएको छ”, उनले भने, “यस मलको प्रयोग हुन थालेपछि तरकारीको उत्पादन दोब्बर बढी भएको छ, उत्पादन बढी भएपछि किसानको आम्दानी पनि बढेको छ, रासायनिक मल रोज्दै हिँडनुपर्ने पहिलाको जस्तो परनिर्भरतासमेत किसानलाई अहिले छैन ।”
 
अध्यक्ष नरेन्द्रप्रसादका अनुसार यस क्षेत्रका किसानले कम्तीमा पाँच कठ्ठादेखि बढीमा एक बिघा जग्गामा बाह्रै महिना मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीमा संलग्न किसानको वार्षिक आम्दानी रु पाँच लाखदेखि रु १५ लाखसम्म हुने गरेको छ ।
 
स्कील अप परियोजनाले विगत चार वर्षदेखि कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा किसानलाई उन्नत प्राङ्गारिक खेती प्रविधिमार्फत तरकारी उत्पादनमा सहयोग गर्दै आएको परियोजनाका संयोजक रामभक्त न्यौपानेले बताए । स्थानीयस्तरमै पाइने सामग्रीको प्रयोग गरी तयार गरिने बोकासी मल जापानी प्रविधि रहेको उल्लेख गर्नुहुँदै उनले यो प्रविधि किसानमाझ निकै लोकप्रिय हुँदै गएको बताए । 

“मानवीय स्वास्थ्यलाई असर नगर्ने र माटोको उर्वर क्षमता बढाउने भएकाले किसानले रासायनिक मलको विकल्पका रुपमा यस मललाई लिएका छन्”, संयोजक न्यौपानेले भने, “तरकारी खेतीमा प्रयोग हुने रासायनिक मल र विषादीको प्रयोगमा कमी आएसँगै यसमा लाग्ने किसानको खर्च जोगिएको छ, लागत घट्दा किसानको आम्दानी बढेको छ ।” प्रविधिको विस्तार गर्ने, आयआर्जन बढाउने र व्यावसायिक बनाउनका लागि कृषकलाई पाठशालामार्फत शिक्षा दिने कार्य गरिएको उनको भनाइ छ । 

“विशेषगरी जैविक विधिमा आधारित भई व्यावसायिक तरकारी खेती गर्नका लागि जैविक मल र विषादी बनाउने कार्य सिकाउनुका साथै प्रयोग गर्ने तरिकाबारे जानकारी दिएका छौँ”, संयोजक न्यौपानेले भने, “तरकारी बालीमा अन्धाधुन्धरुपमा प्रयोग हुने विषादीले मानव स्वास्थ्यमा पुर्‍याउने असरबारे सचेत पार्ने कार्यमा लागेका छौँ ।”
 
नगरपालिकाको कृषि विकास शाखका प्रमुख करन सिंह बुढाऐरले जैविक विधिबाट तरकारी खेती गर्ने किसानलाई प्राङ्गारिक मल खरिद तथा उत्पादनका लागि अनुदान दिन कार्यक्रम सञ्चालन भैरहेको बताए । “व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई ८० प्रतिशत अनुदानमा प्राङगारिक मल उपलव्ध गराउन लागेका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि रु छ लाख बजेट विनियोजित गरिएको छ ।”
 
कृषि ज्ञान केन्द्रका प्राविधिक जनकबहादुर सिंह जैविक मल र विषादीको प्रयोग गरी  उत्पादन गरिएका तरकारी खरिद गर्नका लागि बजार व्यवस्थापनमा सहजीकरण गरिने बताउन्छन्। “केन्द्रले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएकाले त्यसमा निवेदन दिएर किसानले अनुदानमा कृषि औजार, मेसिनरी, बीउबिजन, सिँचाइका साधन, ढुवानीका साधन खरिद गर्न सकिने हुन्छ”, उनले भने, “व्यावसायिक खेती गर्दै आएकालाई मात्रै अनुदानमासमेत छौँ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विपक्षी दलहरुको बैठकमा सहभागी भएका छन् । ठाकुरको पार्टीबाट शरदसिंह भण्डारी श्रममन्त्र...

विपक्षी दलहरुको बैठकमा प्रचण्डको विश्लेषण: रवि केहि दिनमा पक्राउ पर्न सक्छन्

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका सभापति तथा पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन् ...

सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान, तोलामै २ हजारले बढ्यो

काठमाडौं । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ हजारले बढेर अहिलेसम्मकै उच...

महिला टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिज र न्युजिल्याण्ड भिड्दै

काठमाडौँ । महिला टी–२० विश्वकपको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । यो खेल वेस्ट इन्डिज र न्युजिल्याण्डबीच शारजाह क्रिकेट स्टेडियममा आज राति ७स ४५ बजेदे...

सरकार जनताप्रति उत्तरदायी नभएको विपक्षी दलको निष्कर्ष, संयुक्त ज्ञापनपत्र बुझाउने

काठमाडौं । विपक्षी दलको बैठकले सरकार जनताप्रति उत्तरदायी नभएको निष्कर्ष निकालेको छ। संसद भवन ल्होत्से हलमा बसेको विपक्षी दलको बैठकले बाढी पहिरोपछिको व...

एक सातादेखि लुक्ला उडान ठप्प

रामेछाप। आज पाँचौँ दिन पनि मन्थली–लुक्ला उडान हुन सकेको छैन । गत सोमबारदेखि मन्थलीमा रोकिएका धेरै पर्यटक अझै मौसम खुल्ने र लुक्ला उडान हुने प्रतीक्षाम...

‘पुष्पा २: द रुल’ ले रिलिज अघि नै कमायो ९०० करोड !

काठमाडौँ । यस बर्षको बहुप्रतिक्षित अल्लु अर्जुनको फिल्म ‘पुष्पा २:  द रुल’ बारे नयाँ अपडेट आएको छ ।  निर्माण पक्षले हालै फिल्मको नयाँ पोस्टर पनि सा...

को हुन् इजरायली आक्रमणमा मारिएका हमास नेता सिनवार ?

काठमाडौँ । इजरायलले आक्रमणमा हमासका सर्वोच्च नेता याह्या सिनवारको मृत्यु भएको छ । याह्या सिनवार गाजामा हमासको राजनीतिक शाखाका नेता हुन् र इजरायलका ...

अदालतको अपहेलना मुद्दा: बार अध्यक्ष घिमिरेविरुद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं । नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी भएको छ । ...

बीपी राजमार्गमा राति आवागमन बन्द

सिन्धुलीमाढी। बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत सिन्धुली जिल्लामा पर्ने नेपालथोक–बर्षेखोला खण्डमा रातको समयमा सवारी सञ्चालन बन्द गरिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy