Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

निर्माण व्यावासायीको तीन अर्ब भुक्तानी, गत आर्थिक वर्षकै चार अर्ब अझै भुक्तानी गर्न बाँकी

खबरडबली संवाददाता

काठमाडौं । सरकारले गत आर्थिक वर्षमा काम सम्पन्न भएका आयोजनाको बाँकी रकम निर्माण व्यावसायीलाई भुक्तानी सुरु गरेको छ । सरकारले दसैँपछि अहिलेसम्म तीन अर्ब बराबर रकम भुक्तानी गरेको हो ।

निर्माण व्यावसायीले रकम भुक्तानी नभएसम्म काम नगर्ने अडानसहित काम रोकेर आन्दोलनमा त्रिएपछि सरकारले बाँकी रकम भुक्तानी गर्ने जनाएको थियो। सोही बमोजिम सरकारले रकमान्तर गरेर भुक्तानी प्रक्रियालाई निरन्तरता दिँदै आएको जनाएको छ। 

भुक्तानी नपाएको व्यवसायीको गुनासो 

बाँकी भुक्तानी रकम सरकारले दसैँअघि नै उपलब्ध गराउने जनाएपछि अझै पुरै रकम उपलब्ध नगराएको निर्माण व्यवसायीले गुनासो गरेका छन्। 

नेपाल निर्माण व्यवसायी महासंघका अनुसार अझै चार अर्ब रकम सरकारले भुक्तानी गर्न बाँकी रहेको छ। निर्माण व्यावसायीले आयोजनाको काम ठप्प पारेर आन्दोलन गर्न थालेपछि सरकारले सम्झौता गरेर भुक्तानी दिने सहमति गरेको थियो। सरकारले गत आर्थिक वर्षको चार अर्ब रकम अझै भुक्तानी गर्न बाँकी रहेको नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । 

करिब तीन अर्ब रकम भुक्तानी भए पनि बिल बनेकोमध्ये चार अर्ब रकम अझै भुक्तानी हुन बाँकी रहेको उनको भनाइ छ।  गत आर्थिक वर्षको बाँकी रकम सरकारले पुरै भुक्तानी नगरेको र करिब तीन अर्ब भुक्तानी भएको छ । बिल बनेको चार अर्ब अझै बाँकी रहेको उनले बताए । 

विभिन्न कारणले बिल बन्न बाँकी रहेको ४० अर्ब रकमको भुक्तानी पनि अझै बाँकी रहेको उनको भनाइ छ । सरकारले गत आर्थिक वर्षकै काम गरेको बाँकी रकम भुक्तानी गर्न नसकेकाले चालु आर्थिक वर्षमा कसरी काम गर्ने भन्ने अन्यौल सिर्जना भएको उनको भनाइ छ। 

“सरकारले गत आर्थिक वर्षको बाँकी रकम नै भुक्तानी गर्न सकेको छैन। चालु आर्थिक वर्षमा कसरी काम लगाउने भन्ने समस्या छ”, अध्यक्ष सिंहले भने, “विभिन्न आयोजनामा सप्लायर गर्ने सप्लायर्सको रकम बाँकी नै रहेकाले सप्लायर्सले सामान सप्लाई गर्न सक्दैनन्, कर्मचारीलाई मासिक तलब दिन सकिँदैन। कसरी काम गर्ने ?” 

सरकारले सम्पन्न गर्न नसक्ने आयोजनालाई कटौती गर्नुपर्नेउनी बताउँछन् ।  “सरकारले चालु आर्थिक वर्षमा काम गर्न नसक्ने आयोजनालाई कटौती गर्दै लानुपर्छ। जहाँ–जहाँ बजेट विनियोजन गर्न सकिँदैन। ती आयोजनालाई कटौती गर्दै लानुपर्छ” उनले भने ।  कुन–कुन आयोजना अगाडि बढाउन सकिन्छ अनुमान गरेर मात्र आयोजना सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । 

चालु आर्थिक वर्षको भुक्तानी दायित्व नै बढी भयो

गत आर्थिक वर्षको भुक्तानी रकम बाँकी हुँदा यस वर्षको आयोजना नै राम्रोसँग सञ्चालन गर्न सकिने अवस्था नभएको सडक विभागले जनाएको छ। सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालका अनुसार गत आर्थिक वर्षको भुक्तानी केही भए पनि चालु आर्थिक वर्षको भुक्तानीको दायित्व नै बढी भएको बताए। 

उनले भने, “गत आर्थिक वर्षको बाँकी रहेको केही रकम भुक्तानी भएको छ, केही अझै बाँकी छ। चालु आर्थिक वर्षको तीन महिनामा नै रकम भुक्तानीको लागि समस्या छ।” विभाग अन्र्तगतका आयोजनामध्ये एक करोड रकम भुक्तानी गरिएको उनको भनाइ छ। 

अर्थ मन्त्रालयबाट रकमान्तर गरेर बाँकी भुक्तानी दिने  भनिए पनि केही जटिलता आएका कारण पुरै भुक्तानी हुन नसकेको उहाँको भनाइ छ। उहाँका अनुसार गत आर्थिक वर्षको बाँकी रकम भुक्तानी गर्दा चालु आर्थिक वर्षको लागि आयोजनामा विनियोजित बजेटसमेत सकिएको छ।

उनले भने, “गत आर्थिक वर्षको बाँकी रकम अहिले भुक्तानी गर्नुपर्ने भएकाले चालु आर्थिक वर्षका लागि विनियोजित रकमसमेत सकिएको छ। कसरी काम लगाउने भन्ने समस्या भएको छ।” 

उहाँका अनुसार विनियोजन बजेटअन्तर्गत नै रहेर गत आर्थिक वर्षको बाँकी भुक्तानी रकम वितरण गरिएकाले अहिले समस्या भएको छ। कतिपय आयोजनामा बजेट नै नभएकाले कसरी अघि बढाउने भन्ने समस्या भएको छ। 

के छ सरकारको भनाइ ?

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी प्रक्रियागत रुपमा भइरहेको सरकारी अधिकारीको भनाइ छ । अर्थ मन्त्रालयका सूचना अधिकारी भूपालराज शाक्यका अनुसार सरकारले निर्माण व्यावसायीलाई तिर्नुपर्ने बाँकी रकम भुक्तानी गर्दै गएको छ । उनले भने, “अर्थमन्त्रलयले रकमान्तर गर्न मन्त्रालयबाट आएका प्रस्ताव सबै सदर गरेको छ। सम्बन्धी मन्त्रालयले भुक्तानी पनि गर्दै गएका छन्।” प्रक्रिया पूरा गरेर सबै रकम भुक्तानी गर्ने काम भइरहेको उनको भनाइ छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

नेकपा सिन्धुलीमा प्रचण्डदेखी पानीराजसम्म सिफारिस

सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...

भिजिट भिसा सेटिङ प्रकरणमा जाेडीएका उपसचिव तिवारीकाे पर्वतमा सरुवा

अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा

कांग्रेस–एमालेबीच सहकार्यको तयारी : राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रबिन्दु बनाउँदै

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...

नेकपा प्युठानले प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार सिफारिस गर्‍यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...

संसद् फिर्ता आउँदैन, कांग्रेस–एमालेले निर्वाचनतर्फ ध्यान दिए हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...

रवि लामिछाने–बालेनबीचको सहमति शनिबार हुने, सैद्धान्तिक छलफल बाँकी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक : नागरिकता नियमावली संशोधनदेखि इराकबाट फर्किएकालाई श्रमस्वीकृति

काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...

बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि बढ्दो हिंसाप्रति भारतको गम्भीर चिन्ता

काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...

राजनीति र दाम्पत्यको टकरावपछि फेरि एउटै मञ्चमा रेशम–रञ्जिता

धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending