Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

नारायणी किनारमा महोत्सवमार्फत् दुर्व्यसनीविरुद्ध सचेतना फैल्याउँदै कलाकार

खबरडबली संवाददाता

चितवन । नारायणी किनारमा यतिबेला महोत्सवको रौनक छ । दिनहुँ कलाकारले स्टेज तताइरहेका छन् । यसपटकको माहोल अलि फरक छ । कलाकारहरुले कलासँगै दुर्व्यसनीविरुद्ध सचेतना पनि फैल्याइरहेका छन् । मङ्सिर ६ गतेबाट सुरु गरिएको ‘चितवन नारायणी महोत्सव’ मा दिनहुँ राष्ट्रिय र स्थानीय कलाकारले कला प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले आफ्नो कलासँगै दर्शकलाई दुव्र्यसनमा नफस्न र परिवारमा कोही त्यसतर्फ लागेको भए समयमा नै उपचार गर्न सुझाइरहेका छन् । महोत्सवमा शिव परियार, पशुपति शर्मा, आस्था राउत, शान्तिश्री परियार, ज्योति मगर, रमेश प्रसाइँलगायत कलाकारले लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना जगाउने काम गरिरहेको छन् ।

 मङ्सिर १६ गतेसम्म सञ्चालन हुने महोत्सव सकिँदै गर्दा ६० जनाभन्दा बढी कलाकारले विभिन्न माध्यमबाट लागुऔषधविरुद्धको सन्देश प्रवाह गरिरहेको छन् । महोत्सवको मुख्य आयोजक दुब्र्यनीको उपचार गर्दै आएको रिकभरिङ युनाइटेट प्रालि र आयोजक औद्योगिक शान्ति नेपाल हो । 

महोत्सवको मुख्य उद्देश्य लागुऔषध दुर्व्यसनी न्यूनीकरण गर्दै महोत्सवबाट बचेको पैसाले विपन्न परिवारका दुव्र्यसनको नि:शुल्क उपचार गर्नु रहेको बताइएको छ । मुख्य आयोजक संस्था रिकभरिङ युनाइटेटका संस्थापक अध्यक्ष मनोज घिमिरे लागुऔषध दुव्र्यसन उपचारमा आउन चाहेर पनि पैसाको अभावमा नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामीले यस कार्यक्रममार्फत् लागुऔषधको लतमा नलाग्न जनचेतना जगाइरहेका छौंँ ।” महोत्सवबाट बचेको रकमले कम्तीमा ३५ जना विपन्न परिवारका दुर्व्यसनीको नि:शुल्क उपचार गर्ने उद्देश्य रहेको उनको भनाइ छ । 

उनले भने, “महोत्सवमा रहेको स्टलमा दुव्र्यसनमा फसेका र तिनका परिवारका सदस्यसमेत आएका छन् । उनीहरुले कसरी यसबाट छुटकारा पाउने भन्नेमा बारेमा जानकारी लिएका छन् ।” विज्ञ र पुन:स्थापितले स्टलबाट परामर्श दिइरहनुभएको छ । आयोजक संस्था औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महत आफूले देशभर दुई सयभन्दा बढी महोत्सव गरेको भए पनि यस प्रकारको पहिलो महोत्सव गर्न पाएको बताए । उनले भने, “मैले यो महोत्सवको महत्वलाई बुझेर यही समयमा मकवानपुरमा अर्को मेलाको मिति पछाडि सारेर यहाँ आएको हुँ ।”

महोत्सवमा आउने अतिथि वक्तादेखि कलाकारसम्म सबैले सचेतना फैल्याउने काम गरिरहेको भन्दै उहाँले कुलतविरुद्ध महोत्सव महत्वपूर्ण रहेको बताए । महोत्सव मूलआयोजक समितिका संयोजक पिङ्कलराज पन्त दैनिक पाँच हजारभन्दा बढी दर्शक आइरहेको भन्दै यो महोत्सवमार्फत् चितवनसहित देशैभरी प्रत्यक्ष र सञ्चारमाध्यममार्फत् जनचेतना जगाउने काम भएको बताए । 

पन्तले भने, “कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत् पनि प्रत्यक्ष प्रसारण गरिरहनुभएको छ । यसबाट देश विदेशमासमेत लागुऔषधविरुद्ध सचेतना फैल्याउने काम भएको छ ।” महोत्सवमा एक सय ९६ वटा स्टल छन् । महोत्सवमा रु ६० लाख हाराहारी खर्च हुने आयोजकको अनुमान  छ । प्रायोजक नराखी महोत्सव गरिएको भन्दै उहाँले स्टल भाडा र टिकटबाट उठेको रकमले महोत्सव सञ्चालन गरिएको बताए । उनले थपे, “सबैको साथ र सहयोगका कारण यो जनचेतनामूलक महोत्सव सोचेभन्दा राम्रो सफलता मिलिरहेको छ ।” रिकभरिङ युनाइटेडका अध्यक्ष रवीनकुमार श्रेष्ठ जिल्लामा १२ हजार हाराहारी सक्रिय लागुऔषध प्रयोगकर्ता रहेको बताउनुहुन्छ । उनीहरुको उपचारका लागि जिल्लामा २१ वटा पुन:स्थापना केन्द्र निजी क्षेत्रबाट सञ्चालित छन् ।

 भरतपुर महानगरपालिकाभित्र मात्रै यो सङ्ख्या १५ छ । उपचारपछि निको भएर सामान्य जीवनमा फर्कने जनप्रतिनिधि, ठूला व्यापारी, चिकित्सक, इञ्जिनियर, बैंक प्रबन्धक, शिक्षक जस्ता प्रतिष्ठित व्यक्तिसमेत रहेको उहाँले जानकारी दिनुभयो । आफूलाई अरु भन्दा फरक देखाउन सुरुवाती चरणमा लहैलहैमा यो लतमा फस्ने गरेको उहाँको भनाइ छ । आर्थिक सम्पन्न भएर परिवारबाट टढा रहेका, जीवन कुनै लक्ष्य प्राप्त गर्न नसकेका, निराशावादी सोच, असल अभिभावकको कमी जस्ता कारणले कुलतमा फस्ने गरेको श्रेष्ठ बताउछन् ।

भरतपुर भ्रमण वर्ष २०२४ को पूर्वसन्ध्यामा आयोजित महोत्सवले यहाँको पर्यटन व्यवसायमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending