Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

पानी भर्न मन्सुली चामल दिने तमसुक !

खबरडबली संवाददाता

खोटाङ  । गाउँघरतिर ऋण लिंदा तमसुक गरेको त सुनिन्छ । तर खोटाङको मंगलटारका बासिन्दाले भने पिउने पानीका लागि सोना मन्सुली चामल दिने तमसुक गरेका छन् ।

खोटाङको मंगलटारका बासिन्दाले पानी उपभोग गर्न मुहान भएको खेतधनीलाई सोना मन्सुली चामल दिने तमसुक गरेका हुन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-६, मंगलटारका बासिन्दाले पिउने पानी उपभोग गरेको सट्टा तुवाचुङ नगरपालिका-५ दुर्छिम राबुका जसबहादुर राईलाई ३० किलोग्रामका ३० प्याकेट सोना मन्सुली चामल दिने तमसुक गरेका हुन् ।

जसमा दुवै वडाका वडाध्यक्षहरू रोहबरमा बसेका छन् । पानीको चरम अभाव हुने मंगलटारको दमैडाँडा, बरबोट, कार्की गाउँ र राउत गाउँका बासिन्दा जसबहादुरलाई वार्षिक रूपमा चामल दिएर पानी उपभोग गरिरहेका छन् । ६ वर्षदेखि यसरी नै पानी उपभोग गरिरहेका स्थानीय बासिन्दाले पछिल्लो पटक १० वर्षका लागि तमसुक बनाएका छन् ।

२०७४ पुसदेखि गाउँभन्दा करीब पाँच किलोमिटर टाढा रहेको मुहान भाडामा लिइएको स्थानीय बासिन्दा तीर्थबहादुर कार्कीले बताउँछन् । २०७४ सालमा पाँच वर्षका लागि गरिएको सम्झौता गत वर्ष सकिएको थियो । फेरि २०७९ पुस ११ मा १० वर्षका लागि सम्झौता गरिएको तीर्थबहादुरले बताए ।

यसरी ल्याइएको पानी दमैडाँडा, बरबोट, कार्कीगाउँ र राउतगाउँका ५० परिवार उपभोग गरिरहेका छन् । दमैगाउँ, बरबोट (मगरगाउँ) र कार्कीगाउँमा रहेका तीन वटा धाराबाट पानी वितरणको व्यवस्था मिलाइएको छ । स्थानीय बासिन्दाले तीनै धाराबाट पानी भर्ने गरेका छन् । कतिपयले धाराबाट व्यक्तिगत रूपमा पाइप जोडेर घरैमा पनि पानी लगेका छन् ।

पानी उपभोग गरे बापत हरेक वर्ष जसबहादुरको घरमै चामल पुर्याउने गरेको तीर्थबहादुरकाे भनाइ छ । गत वर्ष ४५ हजार रुपैयाँको चामल खरीद गरेर जसबहादुरलाई बुझाएको अर्का स्थानीय बासिन्दा मेखबहादुर थापा मगरले बताए । यसअघिसम्म पानीको मुहानधनीलाई कान्छी मन्सुली चामल दिंदै आएका थिए ।

अबदेखि सोना मन्सुली चामल दिने सहमति भएको छ । सोना मन्सुली चामल दिनुपरेपछि खर्च बढ्ने उनी बताउँछन् । कोभिड-१९ को महामारीका वेला चलेको बन्दाबन्दीमा चामल ढुवानी हुन सकेको थिएन ।

त्यतिवेला चामल खरीद गर्न नपाएर अप्ठ्यारो भएको उनी सुनाउँछन् । “चामल त किन्न पाइन्छ तर पानी किन्न सकिंदैन,” मेखबहादुर भन्छन्, “पानीका लागि जति भने पनि तिर्न तयार हुनुपर्ने अवस्था छ ।” जसबहादुरको खेतमा रहेका दुई वटा मुहानबाट पाइप मार्फत लगिएको पानीलाई दमैगाउँको सिरानमा निर्माणाधीन हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको पानी ट्यांकमा संकलन गरिन्छ ।

त्यहाँबाट वितरण गर्ने व्यवस्था मिलाइएको छ । ट्यांकीमा जम्मा भएको पानीलाई हरेक दिन बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म वितरण गरिन्छ । स्थानीय बासिन्दाले त्यो समयमा भरिसक्नुपर्छ । चामल दिनुपरे पनि टाढाबाट गाग्रो बोक्नुनपरेको स्थानीय बासिन्दा लालकुमार दर्जी सुनाउँछन् । 

पानीको रेखदेख गर्न वार्षिक १२ हजार रुपैयाँ दिने गरी एक जना हेरालु पनि राखिएको छ । खेतमा पानीको मुहान भएका जसबहादुर चन्द्रबहादुर दर्जीको घरमा आउजाउ गरिरहन्थे । उनको घरमा पानीको समस्या देखेपछि वर्षमा ६ महीना आफ्नो सिमसारे खेतको पानी पाइप राखेर लैजान भनेका थिए ।

चन्द्रबहादुर एक्लैले पाइप किनेर लग्न आर्थिक कठिनाइ भएपछि गाउँलेसँग मिलेर पाइप किन्न आग्रह गरेका थिए । त्यसपछि सबै गाउँले गएर जसबहादुरसँग पानीका लागि आग्रह गरे तर उनले मानेनन् । त्यसपछि गाउँलेले पानीको मूल भएको खेत बेच्न आग्रह गरे । त्यसमा पनि जसबहादुर सहमत भएनन् ।

अनि वार्षिक ३० किलोग्रामका ३० प्याकेट चामल दिने २०७४ मा सहमति बनेको हो । २०७४ चैतमा चामल बुझाएपछि अर्को महीना २०७५ वैशाखदेखि मात्र पानी उपयोग गर्न पाएका थिए । पानी ल्याउनका लागि वडा र नगरपालिकाले पाइप खरिद गर्न सहयोग गरेको छ । स्थायी व्यवस्था नभएकाले पानीको पाइप पनि जमीनमा गाडिएको छैन । 

गत जेठमा डढेलोले पाइप जलेको थियो । यसरी ल्याइएको पानी पिउनेसँगै नुवाइधुवाइ, गाईवस्तुलाई खुवाउन तथा सागपातमा हाल्न सहयोग पुगेको स्थानीय  तुलसी भुजेल बताउँछन् ।

यसअघि स्थानीय बासिन्दाले फडिनपानी कुवा, राजापानी कुवा, राबुखोलाबाट घण्टौं लगाएर गाग्रोमा बोकेर ल्याउने गरेका थिए । उता, चामलमा पानी दिएपछि जसबहादुरको सिमसारे खेत भने बाँझिएको छ। पानी गाउँमा गएपछि खेती गर्न नसकिने भएकाले चामल मागेको उनको तर्क छ ।

मंगलटारमा एशियाली विकास ब्यांक (एडीबी)को सहयोगमा २०५६ सालतिरै हलेसी तुवाचुङ नगरपालिका-७, महादेवस्थान मुहान भएको टिम्बुरबोटे खानेपानी आयोजना सञ्चालनमा ल्याइएको थियो । तर सडक विस्तार एवं २०७२ सालको भूकम्पका कारण टिम्बुरबोटे आयोजनामा पानीको मात्रा घटेको थियो । जसले गर्दा मंगलटारमा फेरि पानीको समस्या भएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ, ३ जना फरार

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...

राष्ट्रिय गौरवको आयोजना अलपत्र : फास्ट ट्र्याकको गति कछुवाभन्दा पनि ढिलो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...

बागमती प्रदेशसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...

किशोर श्रेष्ठ प्रकरणमा ‘नियोजित षड्यन्त्र’को आशंका : सत्यतथ्य छानबिनको माग गर्दै अनलाइन पत्रकार संघ

काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...

किशोर श्रेष्ठविरुद्ध षड्यन्त्र भएको आरोप, निष्पक्ष छानबिनको माग : प्रेस सेन्टर नेपाल

काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...

५१ अर्बको बजेटः किसानलाई फगत आश्वासन मात्र, संरचना र समस्या उस्तै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...

खिचापोखरीमा ६ करोडको अवैध भेप बरामद : गोदामसहित पसल सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...

ग्यालेक्सी फोरकेमाथि महानगरको एक्सन : १५ दिनभित्र सामान लैजान अन्तिम चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...

कालीमाटीले सार्वजनिक गर्‍यो आजको तरकारी र फलफूलको थोक मूल्य

गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending