Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

भदाैदेखि गाँजा फडानीमा सकृय प्रहरी, काेशीमा मात्रै १८ लाख बढी गाँजाको बोट नष्ट

खबरडबली संवाददाता

काठमाडाैं ।  कोशी प्रदेशमा गाँजा फँडानीलाई प्रहरीले व्यापक बनाएको छ । प्रहरीले फँडानी गर्दै लागूऔषध गाँजाका बोट नष्ट गरिरहेको हो । 

प्रदेशका धनकुटा, उदयपुर, भोजपुर, खोटाङलगायतका जिल्लामा गाँजाको खेती अत्यधिक हुने प्रहरीकाे भनाइ छ । प्रहरीका अनुसार जेठ–असारदेखि व्यावसायिक रूपमै खेती लगाउन सुरु गरिने गाँजा मंसिर–पुससम्ममा तयार हुन्छ । अलि बढी गर्मी हुने तल्लो भेगमा गाँजा छिट्टै तयार हुने र माथिल्लो भेगमा केही समय लाग्ने गरेकाे पाइन्छ ।
प्रदेशका बेँसी (तल्लो भेग)बाट गाँजा फाँड्न सुरु गरेको प्रहरी अहिले माथिल्लो भेगतर्फ केन्द्रित रहेकाे छ ।

भदौदेखि गाँजा फँडानी विशेष अभियान चलाएकाे प्रहरीले हाल सम्म १८ लाख ब९ी गाँजाका बाेट नष्ट गरेकेा प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ । प्रदेश प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले जिल्ला–जिल्लामा थप मद्दतका लागि प्रदेश प्रहरी कार्यालयबाट समेत विशेष टोली खटाएर गाँजा फँडानीलाई तीव्र एवं व्यापक बनाएका छन् ।  गाँजा फँडानीका लागि प्रदेशभरि २ हजार ३५ प्रहरी परिचालन गरिएकोमा प्रदेश कार्यालयबाट मात्रै ४ सय प्रहरी थप मद्दतका लागि पठाइएको जनाइएकाे छ ।

व्यावसायिक रूपमै लगाइएको गाँजा फँडानी गर्दै बोट नष्ट गर्ने क्रम अहिलेसम्म चलिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कँडेलले बताए । उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म गाँजाका १८ लाखभन्दा बढी बोट नष्ट गरिसकिएको छ ।  विभिन्न जिल्लाको ३ हजार ५ सय ५४ रोपनी क्षेत्रफलमा लगाइएको गाँजाको १८ लाख ३० हजार ८ सय ४५ बोट प्रहरीको सक्रियतामा नष्ट गरिसकिएको उनले बताए । फँडानी अभियान जारी रहेकाले नष्ट गरिने बोटको संख्या अझै बढ्ने उनको भनाइ छ । 

प्रहरीले विगतको तुलनामा यसवर्ष उल्लेख्य गाँजा फँडानी गरेको छ । विगतमा प्रहरीले यति धेरै गाँजा नष्ट गरेको थिएन । गत आर्थिक वर्ष २०७९/०८० मा १ हजार ७ सय ६४ रोपनी क्षेत्रफलमा लगाइएको ६ लाख ७५ हजार ३ सय १४ बोट गाँजा प्रहरीले नष्ट गरेको थियो । प्रहरीले गत वर्षको तुलनामा यसवर्षको हालसम्म ११ लाख ५५ हजार ५ सय ३१ बोट बढी गाँजा नष्ट गरेको हो । 

चालु वर्षको हालसम्म सबैभन्दा धेरै धनकुटामा गाँजा नष्ट गरिएको छ । धनकुटामा एसपी कृष्ण कोइरालाको नेतृत्वमा प्रहरीले धमाधम गाँजा फँडानी गरिरहेको छ । कोइरालाका अनुसार धनकुटामा मात्रै ८ सय ४७ प्रहरी परिचालन गरेर हालसम्म १ हजार ९ सय ९० रोपनी क्षेत्रफलमा लगाइएको ८ लाख ८५ हजार ८ सय बोट गाँजा नष्ट गरिएको छ। 

फँडानी गरिएको गाँजाको हरियो बोट आगो लगाएर नष्ट गर्ने गरिएको जानकारी एसपी कोइरालाले दिए । कोइरालाका अनुसार हरियो बोट नष्ट गर्ने क्रमसँगै तयारी गाँजाको खोजीतर्फ पनि प्रहरी केन्द्रित भएको छ। 

धनकुटापछि सबैभन्दा बढी गाँजा फँडानी हुनेमा उदयपुर छ । त्यहाँ ५ सय ५८ प्रहरी परिचालन गरेर ३ सय ३९ रोपनी क्षेत्रफलमा लगाइएको ६ लाख ८३ हजार १ सय ९० बोट गाँजा नष्ट गरिएको छ । उदयपुर प्रहरी प्रमुख एसपी रमेश थापाले गाँजा लक्षित कारबाही तीव्र पारेकाे बताएका छन् । 

भोजपुरमा ९ सय २४ रोपनी क्षेत्रफलको २ लाख ३८ हजार ८ सय ९०, खोटाङमा २ सय ८५ रोपनीको १५ हजार ९ सय ३७, सुनसरीमा २ रोपनीको ४ हजार ६ सय २५ र सोलुखुम्बुमा २ रोपनी क्षेत्रफलको २ हजार बोट गाँजा नष्ट गरिएको प्रदेश प्रहरी प्रवक्ता एसपी कँडेलले बताए । उनका अनुसार तेह्रथुममा १ सय १५, झापामा ९५, संखुवासभामा ८३, ताप्लेजुङमा ६०, ओखलढुंगामा ४० र इलाममा १० बोट गाँजा नष्ट गरिएको छ। 

डीआईजी बास्तोलाले गाँजा फँडानीका लागि विशेष योजना बनाएर प्रहरी सक्रियता बढाइएको जानकारी दिए । लागूऔषध सेवनबाट हुने व्यक्तिगत, सामाजिक र आर्थिक क्षति एवं समस्याका बारेमा सर्वसाधारणलाई बुझाउँदै तथा कानुनी परामर्श दिँदै गाँजा खेतीलाई निरुत्साहित गर्ने गरिएको उनको भनाइ छ । साथै, लागूऔषध दुर्व्यसनको लक्षण, प्रभाव र त्यसबाट जोगिने उपायसहित सामुदायिक विद्यालय र समुदाय लक्षित जनचेतनामूलक कार्यक्रम पनि प्रहरीले सञ्चालन गरिरहेको छ । 

डीआईजी बास्तोलाका अनुसार गाँजा नष्ट गरी वैकल्पिक खेतीका बारेमा आवश्यक परामर्श दिएर दुर्व्यसन सम्बन्धी वृत्तचित्र बनाउँदै प्रदर्शन गर्ने काम प्रहरीले गरिरहेको छ। गाँजा खेती हुने सम्भावित क्षेत्रलाई निगरानीमा राखेर लागूऔषधसँग सम्बन्धित कानुनी कारबाही तथा यसको सेवनबाट हुने शारीरिक र मानसिक असरका बारेमा समुदाय लक्षित कार्यक्रमलाई तीव्र पारिएको उनको भनाइ छ। 

प्रहरी भन्छः खेती लगाउनेको पहिचान गर्नै समस्या 

कानुनले गाँजाको उत्पादन, सेवन, किनबेच, भण्डारण र ओसारपसारमा पूर्णरूपले प्रतिबन्ध लगाएको छ। तर, गाँजा उत्पादनका लागि कोशीका पहाडी जिल्लामा अनकूल हावापानी छ । गाँजाका लागि उर्वर मानिने पूर्वी पहाडी जिल्लामा खेती अत्यधिक गरिन्छ । कतिपय ठाउँमा प्राकृतिक रूपमा आफैं उम्रिन्छ। यद्यपि, गाँजालाई वैधानिक बनाउनुपर्ने बहस पनि चलिरहेको छ । 

प्रहरीले गाँजा नष्ट गर्ने गरे पनि खेती गर्नेहरूलाई भने कारबाहीको दायरामा ल्याइएको छैन। खेती लगाउनेको पहिचान गर्न समस्या भएकाले कारबाही गर्न नसकिएको प्रहरीको स्पष्टोक्ति छ । स्थानीयले सूचना नै नदिने र प्रहरीले देखेर गाँजा नष्ट गर्नुपर्ने अवस्था रहेकेा प्छरहरीकाे भनाइ छ । अवैध गाँजा कसले लगाएको हो भनेर यकिन नै नहुने र खेतीमा संलग्नको पहिचान गर्न मुस्किल परिरहेको प्रदेश प्रहरीले जनाएकाे छ ।

पालिकाले पनि मानव बस्ती नजिकै गाँजा खेती भइरहँदा त्यसलाई निरुत्साहित गर्न सकेका छैनन् । सर्वसाधारणले गाँजाको खेती गर्ने र स्थानीय सरकारले नै त्यसलाई संरक्षण गरेजस्तो देखिन थालेकाे छ । स्थानीय सरकारले वैकल्पिक खेतीका लागि किसानलाई प्रोत्साहन गरेको भने पाइएकाे छैन । गाँजा नियन्त्रण गर्न प्रहरी मात्रै आक्रामक बनेर नहुने र समुदायरस्तरकै सहयोग चाहिने प्रहरीकाे भनाइ छ । मानवबस्ती नजिकैको गाँजा फँडानीमा स्थानीय बासिन्दा र सरकारले सहयोग सम्म नगर्ने प्रहरीले बताएकाे छ ।

प्रहरीका अनुसार स्थानीयको सहयोग बिना यसको खेती गर्नेको पहिचान सम्भव छैन । बारीभरि गाँजा भएपनि जग्गाधनीले आफूले नलगाएको र आफैं उम्रिएको बताउने गरेको प्रहरीको भनाइ छ । गाँजाको खेती गर्नेलाई कारबाहीको दायरामा ल्याउन स्थानीय सरकारले पनि सहयोग नगरेको गुनासो प्रहरीको छ । पालिकाहरु पनि गाँजा खेती नष्ट गर्न प्रहरीलाई सहयोग गर्न नसकिने बताउँछन् । 

धनकुटाको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले गाँजालाई वैधता प्रदान गर्नुपर्ने र फँडानीका लागि प्रहरीलाई सहयोग गर्न नसकिने बताए । औषधिजन्य प्रयोजनका लागि गाँजालाई वैधानिक बनाउनुपर्ने उनकाे भनाइ छ । कानुनले यसलाई लागूऔषध मानेर प्रतिबन्ध लगाएको भए पनि यसलाई वैधानिकता प्रदान गर्न सके कृषकको जीवनस्तर उक्सिने उनले बताए । गाँजालाई वैधानीकता दिने हाे भने मुलुककै समृद्धि र आर्थिक रूपान्तरणमा सहयोग पुग्ने उनकाे भनाइ छ । गाँजा फँडानीको विषयमा प्रहरीसँग बेला–बेला विवाद समेत हुने गरेकाे राई बताउँछन्। 

प्रहरीले बर्सेनि फाँड्दा गाँजामा कृषकले गरेको लगानी नष्ट भइरहेको उनको भनाइ छ । संघीय सरकारले गाँजा नष्ट गरेर कृषकलाई दुःख दिइरहेको र यो कृषकको हितविपरीत भएकाे अध्यक्ष राईकाे भनाइ छ । गाँजालाई प्रोत्साहन गर्नुपर्छ भनेर हामीले आवाज उठाइरहेका गाउँपालिका अध्यक्ष राईले बताए । स्थानीय सरकारकाे सुझाव संघीय सरकारले सुन्ने नगरेकाे र प्रहरी आएर फँडानी गरिरहेकाे उनले बताए । यतिबेला गाँजामा लगानी गरेका कृषक धुरुधुरु रोइरहेका उनले बताए । गाँजा नफाँड्न आग्रह गर्दा प्रहरीसँगको सम्बन्ध नै बिग्रिने गरेको उनले बताए । 

गाँजाको अध्ययनमा पालिकाको बजेट 

गाँजाको उत्पादन, प्रयोग र कारोबारलाई गैरकानुनी मानिरहँदा कतिपय पालिकाहरुले भने यसको खेतीलाई प्रोत्साहन गर्ने नीति लिएका छन् । संघीय सरकारले पनि बजेट भाषणमा औषधिका रूपमा गाँजाको प्रयोग गर्न अध्ययन गर्ने घोषणा गरेको थियो। केही स्थानीय सरकारले गाँजा लक्षित गरेर बजेट नै छुट्याएका छन् । 

सहिदभूमि गाउँपालिकाले संघीय सरकारसँगको साझेदारीमा गाँजा खेतीको सम्भाव्यता अध्ययन र अनुसन्धान गर्ने प्रयोजनका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष राईका अनुसार औषधिजन्य प्रयोजनका लागि गाँजा खेती भन्ने शीर्षकमा बजेट राखिएको बताए । गाँजालाई कानुनले अवैध भनेको र लागूऔषध नियन्त्रण ऐनले यसलाई ‘नार्कोटिक ड्रग्स’को सूचीमा राखेको भए पनि अवैधानिकता हटाएर गाँजालाई वैधता प्रदान गर्नुपर्ने उनकाे धारणा छ । यसबाट धेरै औषधि बनाउन सकिने उनले बताए । 

सम्बन्धित कानुनको विषयमा संघीय सरकारसँग द्वन्द्व

आर्थिक रूपान्तरण र समृद्धिमा सहयोग पुग्ने हुँदा अवैधानिकताबाट हटाएर गाँजा खेतीलाई प्राथमिकतासाथ अगाडि बढाउन संघीय सरकारले पहल र प्रयत्न गर्नुपर्नेमा उनको जोड छ । उनका अनुसार गाँजासँग सम्बन्धित कानुनको विषयमा संघीय सरकारसँग द्वन्द्वसमेत हुने गरेको छ । कृषकको हितमा हुने भएकाले गाँजालाई वैधता दिनुपर्छ भनेर हामीले आवाज उठाउने अध्ययनका लागि संघीय सरकारले पनि बजेटमार्फत नै घोषणा गर्ने अनि   लागूऔषधबाट नहटाउनु र कृषकलाई खेती गर्न प्रतिबन्ध लगाउनुले सम्बन्धित कानुनको विषयमा संघीय सरकारसँग द्वन्द्व भएकाे उनकाे भनाइ छ । 

प्रहरीले गाँजा फँडानी गरिदिँदा लगानी डुबेर कृषक मर्कामा परेको उनी बताउँछन् । अर्थमन्त्रीले बजेट भाषणमा गाँजालाई औषधिका लागि प्रयोग गर्न अध्ययन गर्ने घोषणा गरेपछि उत्साहित भएर कृषकले खेती लगाए पनि सरकारकै निकायले नष्ट गरेर दुःख दिइरहँदा किसानकाे लाखौं लगानी खेर गएकाे उनले बताए । ठूलो लगानी खेर जाने भएकाले प्रहरी गाँजा फाँड्न आउँदा स्थानीयले सहयोग नगरेको राईकाे भनाइ छ । उनका अनुसार गाँजालाई प्रोत्साहन गर्न धनकुटाका अन्य पालिकाले पनि बजेट छुट्याएका छन् । 

६८१ किलो बरामद, ५७ जना पक्राउ 

किनबेचका लागि ओसारपसार भइरहेको अवस्थामा प्रदेशका विभिन्न स्थानबाट प्रहरीले चालु वर्षको हालसम्म ६ सय ८१ किलो ४ सय ८७ ग्राम तयारी गाँजा बरामद गरेको छ। यसको ओसारपसार र कारोबारमा संलग्न ५७ जना पक्राउ परेका छन्। सबैभन्दा धेरै मोरङबाट ३ सय ३० किलो १ सय ५० ग्राम गाँजा बरामद भएको छ। १४ जना पक्राउ परेका छन्। 

सुनसरीबाट २ सय १७ किलो २ सय ४६ ग्राम, धनकुटाबाट ७३ किलो, उदयपुरबाट ४४ किलो २ सय २० ग्राम, झापाबाट १६ किलो २ सय २७ ग्राम र खोटाङबाट ६ सय ४४ ग्राम गाँजा बरामद भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार गाँजासहित सुनसरीबाट २२, झापा १२, उदयपुर ८ र खोटाङबाट १ जना पक्राउ परेका छन्। गाँजाको ओसारपसारमा संलग्न २ जना धनकुटाबाट फरार छन्। गत आर्थिक वर्ष २०७९/०८० मा प्रहरीले प्रदेशका विभिन्न स्थानबाट ५ हजार ८ सय १५ किलो ७ सय ग्राम गाँजा बरामद गरेको थियो। १ सय ३८ जना पक्राउ परेका थिए। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहाल पहाडी जिल्लामा बढी मात्रामा उत्पादन हुने गाँजा कारोबारमा संलग्नले सुरक्षाकर्मीलाई छलेर भारततर्फ कटाउने गरेको बताउँछन्। प्रहरीले बढी मात्रामा नेपाल–भारत सीमा क्षेत्रबाट गाँजा बरामद गरिरहेको छ । गाँजा नियन्त्रणका लागि सशस्त्र प्रहरीसँग समेत समन्वय गर्दै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको जानकारी दाहालले दिए। नेपालमा उत्पादित गाँजाको प्रमुख बजार सीमावर्ती भारतीय सहर हो । कतिपयले प्रहरीलाई छलेर विभिन्न बाटोको प्रयोग गर्दै गाँजाको तस्करी गर्ने गरेको डीएसपी दाहालले बताए । 

प्रहरी अधिकारीहरुका अनुसार नेपालमा भन्दा भारतमा गाँजाको मूल्य दोब्बर बढी छ। नेपालमा प्रतिकिलो १० हजार रुपैयाँ हाराहारीमा पाइने गाँजा भारत पुर्‍याएपछि २० देखि ३० हजार रुपैयाँसम्म पर्ने प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार बढी मूल्य पाइने भएकै कारण अवैध बाटो हुँदै गाँजा भारत पुर्‍याउने गरिएको हो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending