Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

नेपालमा दैनिक एक जनामा एचआइभी संक्रमण

खबरडबली संवाददाता

काठमाडाैं । नेपालमा दैनिक एक जनामा एचआइभी संक्रमण हुने गरेको छ । ३६औं विश्व एडस दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीले प्रस्तुत गरेको तथ्याङक अनुसार श्रमका लागि भारत गई संक्रमित हुने, संक्रमितले असुरक्षित रुपमा यौनसम्पर्क राख्ने, जन्मिएको सन्ँतानमा संक्रमण सर्ने, लागु औषध सेवन लगायतबाट दैनिक रुपमा एक जनामा संक्रमण फैलिरहेको कार्यालयले जानकारी दिएको छ । 

कार्यालयले दिएको तथ्याङक अनुसार नेपालमा सन् २०२२ को अन्त्यमा ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण देखिएको अनुमान गरिएकोमा हरेक दिन १ जनामा एचआईभी संक्रमण हुन्छ भन्ने अनुमान रहेको छ ।

सन् २०२२ मा ४८८ नयाँ संक्रमित भएको छ जुन २००० को तुलनामा घटेको हो । नेपालमा २०२२ मा ३४४ जनाको एचआईभी संक्रमितको मृत्यु भएको थियो । नेपालमा सन् २०२० को तथ्याङक अनुसार ३० हजार ३ सय जना अनुमानित संक्रमित रहेको मध्ये  ४० प्रतिशत महिला छ ।

संक्रमित मध्ये पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष तथा तेस्रो लिङगी ९ प्रतिशत, यौनकर्मीका ग्राहकहरु ९ प्रतिशत, पुरुष यौनकर्मी ३ प्रतिशत, सुईद्वारा लागु औषध प्रयोग गर्ने व्यक्ति २ प्रतिशत र महिला यौनकर्मी २ प्रतिशत रहेको तथ्याङक छ ।  रुपन्देहीमा गत आर्थिक वर्षमा ४५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ महिला, २६ पुरुष र १ जना अन्य रहेको कार्यालयले जानकारी दिएको छ ।

सन् २०२२ को अन्त सम्म नेपालमा २३ हजार २ सय ९३ संक्रमितहरुले एन्टीरेट्रोभाइरल (एआरभी) उपचार लिईरहेका छन् र अनुमानित कुल एचआइभी संक्रमित मध्ये ७८ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आ.व. २०७९–०८० मा रुपन्देहीमा कुल १ हजार ७ सय ४८ जनामा एचआइभी संक्रमण देखिएको छ । संक्रमित सबैले उपचारका लागि एआरटी सेवा लिइरहेको एचआइभी रोकथाम कार्यक्रमका फोकल पर्सन रिसभ श्रेष्ठले बताए ।

यस्तै  कपिलबस्तुमा ५ सय ६१, बाँकेमा ५ सय ५६, दाङमा ३ सय ९४, पाल्पामा ३ सय ४१, नवलपरासी (पश्चिम) ३ सय १७, गुल्मी १ सय ९९, बर्दिया १ सय ७५, अर्घाखाँची १ सय ३२, प्युठान १ सय २९ र रोल्पामा ४६ संक्रमित छन ।लुम्बिनी प्रदेशमा गत बर्ष १ लाख ३० हजार गर्भवती महिलामा एचआइभी परीक्षण गर्दा १७ जना संक्रमित फेला परेको फोकल पर्सन श्रेष्ठले भने । 

राष्ट्रिय एचआइभी रणनीतिक योजना (सन् २०२१–२०२६) सन् २०३० सम्ममा एड्सको माहामारीलाई अन्त्य गर्न शुन्य एचआइभी संक्रमण, शुन्य एड्स मृत्यू, शुन्य एचआइभी सम्बन्धि भेदभावको लक्ष्य तथा प्राथमिकताको कार्यक्रम राखेको छ ।

सन् २०२६ सम्म एचआईभीको आमाबाट बच्चामा हुने सङ्क्रमणको उन्मुलन गर्ने लक्ष्य छ । रणनीति योजनाले २०२६ सम्म संक्रमित मध्ये ९५ प्रतिशतको पहिचान गर्ने, संक्रमण पुष्टि भएका ९५ प्रतिशतको उपचार गर्ने, एआरटी सेवा लिइरहेका मध्ये ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन हासिल गर्ने, नयाँ एचआइभी संक्रमणलाई ९० प्रतिशतले कम गरी आमाबाट बच्चामा एचआइभी संक्रमण निवारण गर्ने उद्देश्य रहेको छ । 

समाजमा अझै पनि एचआइभी संक्रमितप्रति अझै पनि लान्छना, विभेद र उनीहरुप्रति हुने दुव्र्यवहारका कारण अन्य बिरामीजस्तै खुलेर देखिन नसक्दा एचआइभीको रोकथाम तथा नियन्त्रणका लागि चुनौती रहेको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले भने ।

संक्रमित सही समयमा चेकजाँच र औषधी उपचारको लागि सम्पर्कमा नआउँदा चुनौति बढ्दै गएकोे हो ।‘समाजमा उनीहरुप्रति हुने विभेद र लान्छनाका कारण अझै पनि एचआइभी संक्रमितहरु अन्य रोगका बिरामी जस्तै खुलेर उपचारका लागि आउन सकेका छैनन् ।

एचआइभी रोकथाम तथा नियन्त्रणका लागि संक्रमितको पहिचान गर्न विभिन्न माध्यम अपनाउनु परेको छ’, ढकालले भने, ‘उपचारमा आउने संक्रमितहरु पनि समाजिक विभेद, लान्छना र दुव्र्यवहारबाट पीडित भएको बताउने धेरै छन् ।’ भाइरल लोड परिक्षण र उपचारमा कठिनाई समेत भएको प्रमुख ढकालले भने । नमुना लिएर केन्द्रमा रहेको प्रयोगशाला पठाउनु पर्छ, नजिकै भए सहजता हुने उनले भने ।

एचआइभीप्रति चेतनाको कमी, बैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा हुने आवतजावत, स्वदेशमैंं पनि रोजगारी तथा मजदुरीका लागि विभिन्न स्थानमा हुने स्थानान्तरण, यौनकर्मी, सुईबाट लिइने नशालु पदार्थको प्रयोग र असुरक्षित यौन सम्पर्कका कारण एचआइभीको संक्रमण हुने गर्छ । संक्रमित गर्भवतीबाट बच्चामा पनि हुने संक्रमणपनि अर्को मुख्य कारण हो । 

पछिल्लो समयमा एचआइभीको संक्रमण र मुत्यू दर छटेर गइरहेको तथ्यांकले देखाएको छ । कार्यालय प्रमुख ढकालले एचआइभी संक्रमित भैसकेकालाई उपचारको माध्यमबाट आयु लम्ब्याउने र नया संक्रमित हुन नदिन गर्भवती महिलाको जाँच गरेर सकेसम्म बच्चामा संक्रमण हुन नदिने र बच्चा आमाबाट संक्रमित भएर जन्मिमा पनि उपचार र औषधिको प्रयोग गराएर स्वस्थ राख्ने योजना रहेको बताए ।

आर्थिक वर्ष २०७९।०८० मा लुम्बिनी प्रदेशमा  २ लाख ३ हजार १ सय १६जनामा परिक्षण गरिएकोमा ६ सय २२ जनामा संक्रमण देखिएको थियो । 

नेपालमा औषधीको पहुँच बढाउनका लागि ८५ एआरभी केन्द्र तथा ४६एआरभी डिस्पेन्सिङ् नेन्द्रहरु गरी ४१ वटा जिल्लामा अवस्थित रहेको र १३ वटा भाइरल लोड परीक्षण केन्द्रहरु रहेका छन । लुम्बिनी १५ वटा एआरटी केन्द्रहरु रहेका छन् ।  


 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ, ३ जना फरार

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...

राष्ट्रिय गौरवको आयोजना अलपत्र : फास्ट ट्र्याकको गति कछुवाभन्दा पनि ढिलो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...

बागमती प्रदेशसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...

किशोर श्रेष्ठ प्रकरणमा ‘नियोजित षड्यन्त्र’को आशंका : सत्यतथ्य छानबिनको माग गर्दै अनलाइन पत्रकार संघ

काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...

किशोर श्रेष्ठविरुद्ध षड्यन्त्र भएको आरोप, निष्पक्ष छानबिनको माग : प्रेस सेन्टर नेपाल

काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...

५१ अर्बको बजेटः किसानलाई फगत आश्वासन मात्र, संरचना र समस्या उस्तै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...

खिचापोखरीमा ६ करोडको अवैध भेप बरामद : गोदामसहित पसल सञ्चालक पक्राउ

काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...

ग्यालेक्सी फोरकेमाथि महानगरको एक्सन : १५ दिनभित्र सामान लैजान अन्तिम चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...

कालीमाटीले सार्वजनिक गर्‍यो आजको तरकारी र फलफूलको थोक मूल्य

गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending