Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

नागढुंगामा प्रहरी र स्थानीयबीच झडप, वडाध्यक्षसहित ८ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौ । नागढुंगामा अवरूद्ध सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ।

शुक्रबार ट्रकको ठक्करबाट स्कुटरमा सवार स्थानीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि शनिबार बिहानदेखि स्थानीयले सडक अवरूद्ध गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका केही घाइते भएका छन्।

प्रहरीले चन्द्रागिरी नगरपालिका-२ का वडाध्यक्ष भाइकृष्ण तामाङसहित ८ जनालाई नियन्त्रणमा लिएको छ

शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३-०१-००६ ख १३०८ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरी २ नागढुंगा बस्ने ४० वर्षीय  श्रीधर भूर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए।

उनीहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्मिताको शुक्रबार अपराह्न साढे ४ बजे उपचारकै क्रममा मृत्यु भएको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वीरगञ्ज भन्सारको कारोबार घट्यो

वीरगञ्ज । प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय मार्फत् हुने आयात र निर्यात दुवैमा गिरावट आएको छ । गत आर्थिक वर्षमा विदेशी मुलुकबाट कम मात्रामा स...

किसानको गुनासो : वर्षातले धानवाली बगायो, दूध बिक्री भएन

तुलसीपुर । दाङ राप्ती गाउँपालिका–६ पत्थरगढवास्थित  मनिराम चौधरीले वर्षात्ले  धानबाली बगाएकामा चिन्ता व्यक्त गरे । स्थानीय खोलामा तटबन्ध नहुँदा यसरी वर...

बागमतीमा ४ मन्त्रीले लिए शपथ, १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त

हेटौंडा । बागमती प्रदेशमा कांग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन् ।शनिवार एक समारोहका बिच मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका ४ मन्त्रीले शप...

मन्त्रालयको कार्यकक्षमा गञ्जीमै भेटिए मन्त्री मनाङे

पोखरा । गण्डकी प्रदेश सरकारमा छैटौंपटक मन्त्री बनेका राजीव गुरूङ (दीपक मनाङे) गञ्जीमा मन्त्रालयको कार्यकक्षमा भेटिएका छन् । भौतिक पूर्वाधार मन्त्रालयम...

शुक्लाफाँटाका दुई बालकमा दादुरा–रुबेला, १९ शङ्कास्पद बिरामी फेला

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन् । आठ वर्षीय र २२ महिनाका बालकमा दादुरा–रुबेला देखिएको हो । अन्...

रसुवागढी नाकाबाट ६५ अर्बको सामान आयात

रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट रु ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ । आयात गरिएका सामग्रीमा इन्धन एवं विद्...

सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । वर्तमान सरकारले एक वर्षभित्रमा परिर्वत...

भोटखोलामा एक महिनादेखि यातायात सेवा अवरुद्ध

सङ्खुवासभा । उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको भोटखोला सडक एक महिनादेखि बन्द छ । सो गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएपछि य...

भोजपुरको होम्ताङमा घरघरमा नाङ्लो बुनिन्छ

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । अहिले होम्ताङव...

ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ?

ओबामाले पनि गरे ह्यारिसलाई समर्थन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy