Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

अध्यादेशमार्फत् विधेयक ल्याएर सरकार सञ्चालन गर्छु भन्नु अशाेभनीय : नैनसिंह महर

खबरडबली संवाददाता

काठमाडौं  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारकै केही मन्त्रीबाट अध्यादेशमार्फत् विधेयक ल्याएर शासन गर्ने भन्ने कुरा आइरहेकाले त्यो आपत्तिजनक भएको बताएका छन्।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस स्ववियुले आयोजना गरेको प्रथम स्ववियु खेल सप्ताह समापन समारोहका प्रमुख अतिथिसमेत रहेका नेता महरले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जनताको म्यान्डेटबाट चुनिएर संसद‍्मा गएका नेता र मन्त्रीबाट अध्यादेशबाट विधेयक ल्याएर शासन गर्ने अभिव्यक्ति आउनु जनताका लागि कुनै हालतमा स्वीकार्य नहुने बताए।

'सरकार अध्यादेशको भरमा चल्नु राम्रो होइन, यो मुलुकका लागि खतरा हो। वर्तमान सरकारकै केही मन्त्रीले जनताको म्यान्डेटलाई कुल्चिएर अध्यादेशमार्फत विधेयक ल्याएर सरकार चलाउने कुरा गरिरहनु भएको छ। यो स्वीकार्य हुँदैन,' उनले भने। शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक केही मन्त्रीले उक्त अभिव्यक्ति दिएका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व सम्हालेको एक वर्ष पुग्दा पनि सरकारले अझैँ गति लिन नसकेको महरको टिप्पणी छ। 'सरकारले युवाको पक्षमा काम गर्नुपर्थ्यो। त्यो हुन सकेको छैन। युवाहरूमा चरम निराशा बढ्दो छ। दिनहुँ एयरपोर्टमा बिदेसिने युवाको लर्को थपिँदो छ। सरकारले युवाहरूको समस्या समाधानमा गम्भीर बन्नुपर्छ', उनले भने।

नेपाली कांग्रेस गठबन्धनको सबै भन्दा ठूलो दल भएकाले बाटो बिराइरहेको सरकारलाई सुध्रिन दबाब दिनुपर्ने बेला आइसकेको उनले औंल्याए। अहिलेको राजनीतिमा जनताले कृष्णप्रसाद भट्टराई जस्तो सन्त नेता खोजिरहेको उनको भनाइ छ। पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा उनको योगदानको स्मरण गर्दै नेता महरले किशुनजीबाट आदर्शपूर्ण राजनीति सिक्नुपर्ने बताए।

'उहाँले प्रधानमन्त्रीका रूपमा बाहिरिँदा एक कमण्डलु। एक छाता र बैसाखी बोकेर बाहिरिएको इतिहास हामीसामू छ। राजनीति जनताका लागि गर्ने हो। अहिलेका राजनीतिज्ञले किशुनजीको यो आदर्शबाट पाठ सिक्नुपर्छ,' उनले भने। नेपाली राजनीतिमा किशुनजी नामले परिचित भट्टराई वि.सं. १९८१ सालमा जन्मिएका थिए भने उनको २०६७ निधन भएको थियो।

युवा अवस्थामै भट्टराई २०१५ सालमा नेपालको पहिलो संसद्को पहिलो सभामुख चुनिएका थिए। उनी २०४६ को जनआन्दोलनपछि बहुदलीय व्यवस्थाको पुन:स्थानासँगै अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएर निर्धारित एकवर्षमै संविधान बनाउन सफल भएका थिए।

वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा सक्रिय रूपमा संलग्न भट्टराईले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर र उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरको जिम्मेवारी सम्हालेका थिए।  

२०५६ को आम निर्वाचनमा नेपाली कांग्रेसले भावी प्रधानमन्त्री भनेर भट्टराईलाई निर्वाचनको मुख्य आकर्षण बनाएपछि उनी पर्सा एकबाट विजयी भई छोटो समय प्रधानमन्त्री भएका थिए।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

सभाहल निर्माणमा विवाद : १ करोड बजेट फ्रिज हुने खतरा

कैलाली । घोडाघोडी नगरपालिका–१० मा निर्माण हुने नमुना सभाहलको १ करोड रुपैयाँ बजेट स्थान विवादका कारण फ्रिज हुने जोखिममा परेको छ । वडाध्यक्ष विजयराज ...

कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्नेे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको...

युद्धविराममै लेबनानमा इजरायलको भीषण हमला : ३१ को मृत्यु, मध्यपूर्व फेरि युद्धको डिलमा

एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रभातफेरी , विधान महाधिवेशन पनि हुँदै

काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending