Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

रोज राणाले लिए मन्त्री पदको शपथ

खबरडबली संवाददाता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेश सभाका सदस्य सरोज थापा (रोज राणा)ले वाणिज्य तथा यातायात व्यवस्थामन्त्री शपथ लिएका छन् ।

आइतबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले थापालाई मन्त्री पदका शपथ खुवाएका हुन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिस र उपस्थितिमा थापाले शपथ लिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । थापा प्यूठान जिल्लाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनले प्यूठानमा ३१ वर्षपछि प्रतिस्पर्धीलाई पराजित गरेर कांग्रेसलाई जिताउन सफल भएका छन् ।

मन्त्री पदको शपथ लिएका प्रदेश सभा सदस्य थापा नेपाली चलचित्र क्षेत्रका चर्चित व्यक्ति पनि हुन् । थापा चलचित्र निर्देशक, अभिनेता र निर्माता पनि हुन् । उनले टक्का दुई मुटुको, खलनायक, दादागिरी, दोस्ती, डन, म छु नी तिम्रो, मेरो पैसा खोई ? चलचित्र निमार्ण गरेका हुन् ।

शपथ लिएसँगै मन्त्री थापा पदभार ग्रहण गर्न लुम्बिनी प्रदेशको राजधानी देउखुरी प्रस्थान गरेका छन् ।

को हुन् सरोज थापा ?
४१ वर्ष अगाडि प्यूठान जिल्लाको प्यूठान नगरपालिका वडा नं. ८, गेजबाङमा जन्मिएका हुन्, सरोज थापा (रोज राणा) । बुबा स्व.खड्गबहादुर थापा र आमा मनकुमारी थापाको कोखबाट विक्रम संवत् २०३९ साल असोज २० गते जन्मिएका उनी कान्छो छोरा हुन् ।

उनका दाई स्व.सञ्जय थापा, दिदीहरु सरिता पोखरेल, सोफिया राणा, सुष्मा थापा र सीमा पाण्डे रहेका छन् । उपमा केसीसँग विवाह गरेका उनका दुई छोराहरु रेदान्स रोज थापा र रेभान्स रोज थापा रहेका छन् ।

विक्रम संवत् २०५४ सालमा उनले नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेका थिए । त्यसपछि राजनीतिक यात्रा शुरु गरेका उनी नेपाल विद्यार्थी संघ (नेविसंघ)को जिल्ला उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय सदस्य र नेपाली कांग्रेस प्यूठानको क्षेत्र नं. २ को क्षेत्रीय सभापति दुई कार्यकाल नेतृत्व गरिसकेका छन् ।

विक्रम संवत् २०७९ सालको मंसिर ४ गते भएको निर्वाचनमा उनी प्यूठान जिल्लाको प्रदेश सभा क्षेत्र नं. २ बाट लुम्बिनी प्रदेश सभा सदस्यमा २२ हजार ५ सय १९ मत ल्याएर अत्याधिक मतअन्तरले निर्वाचित भएका हुन् । उनले पूर्वमन्त्री समेत रहेका नेकपा (एमाले)का प्रदेशसभा सदस्यका उम्मेदवार हरि रिजाललाई १७१२ मतको अन्तरले पराजित गरेका हुन् । ३१ वर्षपछि प्यूठान जिल्लामा निर्वाचन जितेर कांग्रेसको साख फर्कान उनी सफल भएका छन् । उनी युवाहरुका बीच लोकप्रिय मानिन्छन् ।

राजनीतिका साथसाथै उनले चलचित्र निर्माण पनि गरेका छन् । ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘दोस्ती’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’, ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइ ?’ उनले निर्माण गरेका चलचित्र हुन् । उनले ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइको’को निर्देशन समेत गरेका छन् । ‘म छु नि तिम्रो’, ‘टक्कर दुई मुटुको’ लगायतका चलचित्रमा उनी नायक बनेर अभिनय गरेका छन् ।

उनी नेपाल चलचित्र निर्माता संघमा केन्द्रीय सदस्य, महासचिव हुँदै उपाध्यक्ष बनेका थिए । यी तीन वटै पदमा सर्वसम्मत भएका थिए । उनले युरोपका अधिकांश देशका साथै कोरिया, दुबई, कतार, भारत लगायतका देशको भ्रमण गरेका छन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending