Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

महसुल नतिर्ने उद्योगमा धमाधम बिजुली काटिँदै

मन्त्रालयको पत्राचार र अदालतका आदेशलाई आधार मान्दै लाइन काट्ने कार्यलाई तीव्रता

खबरडबली संवाददाता

काठमाडौं । डेडिकेटेड र ट्रङ्क लाइनबापतको महसुल भुक्तान नगरेका उद्योगको विद्युत् काट्ने कामलाई नेपाल विद्युत् प्राधिकरणले तीव्रता दिएको छ ।

मन्त्रीपरिष्दले पारित गरेको प्रतिवेदन कार्यान्वयनमा विद्युत् नियमन आयोगले आवश्यक निर्णय गर्न ढिलाइ गरेपछि नेपाल विद्युत् प्राधिकरणले मन्त्रीपरिषद, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको पत्राचार तथा अदालतका आदेशलाई आधार मान्दै लाइन काट्ने कार्यलाई तीव्रता दिएको हो ।

शुक्रबार एक अर्ब रुपियाँभन्दा माथि महसुल बक्यौता रहेका चार सिमेन्ट उद्योगको लाइन काटेको थियो भने आइतबार ५० करोड रुपियाँभन्दा धेरै महसुल बाँकी रहेका पाँच उद्योगको विद्युत् आपूर्ति काटिएको प्राधिकरण ग्राहक सेवा तथा वितरण निर्देशनालयका प्रमुख उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

गत शुक्रबार जगदम्बा सिमेन्ट्स, रिलायन्स सिमेन्ट, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत् आपूर्ति विच्छेद गरिएको थियो । प्राधिकरणका अनुसार जगदम्बाले एक अर्ब १४ करोड, रिलायन्सले एक अर्ब ९४ करोड, घोराहीले एक अर्ब ३६ करोड र अर्घाखाँचीले एक अर्ब ३० करोड रुपियाँ तिर्न बाँकी छ ।

आइतबार लाइन काटिएका उद्योगमा वीरगन्जमा रहेको त्रिवेणी स्पिनिङ मिल्स, परासीमा रहेको लक्ष्मी स्टिल्स र सर्वोत्तम सिमेन्ट र सोनापुर मिनरल आयल प्रालि रहेका छन् । यीमध्ये सर्वोत्तम सिमेन्टको ८३ करोड र लक्ष्मी स्टिल्सको ६२ करोड रुपियाँ बक्यौता छ ।

मन्त्रीपरिषद् तथा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलगायत निकायले स्वीकृत गरेको प्रतिवेदन र सो अनुसार भए गरेका निर्देशनका आधारमा महसुल नउठेपछि प्राधिकरणले गत भदौदेखि यसबारे उद्योगहरूलाई सूचित गर्दै आएको  उपकार्यकारी निर्देशक सिलवालले  बबताएइ ।  उनले  भने “तर, महसुल भुक्तान गर्न उद्योगहरू नआएपछि बाध्य भएर लाइन काट्नु परेको हो ।” 

नेपाल विद्युत् प्राधिकरणले २०७२ साल साउनदेखि डेडिकेटेड तथा ट्रङ्क लाइनबापतको महसुल भुक्तानी नभएको पाएपछि २०७५ सालदेखि वक्यौदा उठाउन ताकिता सुरु गरेको थियो । प्राधिकरणले निकालेको पछिल्लो आँकडा अनुसार यस्ता उद्योगको सङ्ख्या ६१ छ । प्राधिकरणले बक्यौता भुक्तानीका लागि ताकिता गर्न थालेपछि अधिकांश उद्योगी व्यवसायी विभिन्न अदालतमा पुगेका थिए । 

छ उद्योगबाहेक अधिकांशको रिट खारेजसमेत भएका छन् । अदालतले रिट नै खारेज गरे पनि उद्योगीले महसुल तिर्न नआएको प्राधिकरणको भनाइ छ तर सिभम् सिमेन्ट, मारुती सिमेन्ट, युनाइटेड सिमेन्टसहित छ वटा उद्योगको मुद्दामा भने विद्युत् लाइन नकाट्न अन्तरिम आदेश दिएको थियो । 

प्राधिकरणले यी छबाहेक सबैको लाइन काट्ने तयारी गरेको छ । अहिले ठुलाबाट सुरु गरेको र  महसुल नतिरेमा क्रमिक रूपमा सबैको लाइन काटिने उनको भनानाइ छ  । उनले भने “सुरुमा १५ अर्ब एक करोड रहेको रकम अहिले २२ अर्ब २० करोड पुगेको छ । यति ठुलो रकम नउठाएर लामो समय बस्न सक्ने कुरा भएन ।” 

त्यसो त नेपाल विद्युत् प्राधिकरणले यो मामिलामा २०७६ फागुनमै लाइन काट्न थालेको थियो तर लगत्तैको कोरोना महामारी र मन्त्रीपरिष्दले नै अध्ययन कार्यदल बनाएपछि सो कार्य रोकिएको थियो ।

प्राधिकरणले महसुल नतिर्ने उद्योगको लाइन काट्न चरणबद्ध प्रक्रिया चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महसुल उठाउने कार्यलाई तीव्रता दिनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि प्राधिकरण यो बाटोमा अग्रसर भएको हो ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending