Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

महसुल नतिर्ने उद्योगमा धमाधम बिजुली काटिँदै

मन्त्रालयको पत्राचार र अदालतका आदेशलाई आधार मान्दै लाइन काट्ने कार्यलाई तीव्रता

खबरडबली संवाददाता

काठमाडौं । डेडिकेटेड र ट्रङ्क लाइनबापतको महसुल भुक्तान नगरेका उद्योगको विद्युत् काट्ने कामलाई नेपाल विद्युत् प्राधिकरणले तीव्रता दिएको छ ।

मन्त्रीपरिष्दले पारित गरेको प्रतिवेदन कार्यान्वयनमा विद्युत् नियमन आयोगले आवश्यक निर्णय गर्न ढिलाइ गरेपछि नेपाल विद्युत् प्राधिकरणले मन्त्रीपरिषद, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको पत्राचार तथा अदालतका आदेशलाई आधार मान्दै लाइन काट्ने कार्यलाई तीव्रता दिएको हो ।

शुक्रबार एक अर्ब रुपियाँभन्दा माथि महसुल बक्यौता रहेका चार सिमेन्ट उद्योगको लाइन काटेको थियो भने आइतबार ५० करोड रुपियाँभन्दा धेरै महसुल बाँकी रहेका पाँच उद्योगको विद्युत् आपूर्ति काटिएको प्राधिकरण ग्राहक सेवा तथा वितरण निर्देशनालयका प्रमुख उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

गत शुक्रबार जगदम्बा सिमेन्ट्स, रिलायन्स सिमेन्ट, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत् आपूर्ति विच्छेद गरिएको थियो । प्राधिकरणका अनुसार जगदम्बाले एक अर्ब १४ करोड, रिलायन्सले एक अर्ब ९४ करोड, घोराहीले एक अर्ब ३६ करोड र अर्घाखाँचीले एक अर्ब ३० करोड रुपियाँ तिर्न बाँकी छ ।

आइतबार लाइन काटिएका उद्योगमा वीरगन्जमा रहेको त्रिवेणी स्पिनिङ मिल्स, परासीमा रहेको लक्ष्मी स्टिल्स र सर्वोत्तम सिमेन्ट र सोनापुर मिनरल आयल प्रालि रहेका छन् । यीमध्ये सर्वोत्तम सिमेन्टको ८३ करोड र लक्ष्मी स्टिल्सको ६२ करोड रुपियाँ बक्यौता छ ।

मन्त्रीपरिषद् तथा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलगायत निकायले स्वीकृत गरेको प्रतिवेदन र सो अनुसार भए गरेका निर्देशनका आधारमा महसुल नउठेपछि प्राधिकरणले गत भदौदेखि यसबारे उद्योगहरूलाई सूचित गर्दै आएको  उपकार्यकारी निर्देशक सिलवालले  बबताएइ ।  उनले  भने “तर, महसुल भुक्तान गर्न उद्योगहरू नआएपछि बाध्य भएर लाइन काट्नु परेको हो ।” 

नेपाल विद्युत् प्राधिकरणले २०७२ साल साउनदेखि डेडिकेटेड तथा ट्रङ्क लाइनबापतको महसुल भुक्तानी नभएको पाएपछि २०७५ सालदेखि वक्यौदा उठाउन ताकिता सुरु गरेको थियो । प्राधिकरणले निकालेको पछिल्लो आँकडा अनुसार यस्ता उद्योगको सङ्ख्या ६१ छ । प्राधिकरणले बक्यौता भुक्तानीका लागि ताकिता गर्न थालेपछि अधिकांश उद्योगी व्यवसायी विभिन्न अदालतमा पुगेका थिए । 

छ उद्योगबाहेक अधिकांशको रिट खारेजसमेत भएका छन् । अदालतले रिट नै खारेज गरे पनि उद्योगीले महसुल तिर्न नआएको प्राधिकरणको भनाइ छ तर सिभम् सिमेन्ट, मारुती सिमेन्ट, युनाइटेड सिमेन्टसहित छ वटा उद्योगको मुद्दामा भने विद्युत् लाइन नकाट्न अन्तरिम आदेश दिएको थियो । 

प्राधिकरणले यी छबाहेक सबैको लाइन काट्ने तयारी गरेको छ । अहिले ठुलाबाट सुरु गरेको र  महसुल नतिरेमा क्रमिक रूपमा सबैको लाइन काटिने उनको भनानाइ छ  । उनले भने “सुरुमा १५ अर्ब एक करोड रहेको रकम अहिले २२ अर्ब २० करोड पुगेको छ । यति ठुलो रकम नउठाएर लामो समय बस्न सक्ने कुरा भएन ।” 

त्यसो त नेपाल विद्युत् प्राधिकरणले यो मामिलामा २०७६ फागुनमै लाइन काट्न थालेको थियो तर लगत्तैको कोरोना महामारी र मन्त्रीपरिष्दले नै अध्ययन कार्यदल बनाएपछि सो कार्य रोकिएको थियो ।

प्राधिकरणले महसुल नतिर्ने उद्योगको लाइन काट्न चरणबद्ध प्रक्रिया चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महसुल उठाउने कार्यलाई तीव्रता दिनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि प्राधिकरण यो बाटोमा अग्रसर भएको हो ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

डीडीसीमा सीआईबीको अकस्मात् छापा : आर्थिक घोटालाको आशंकामा कर्मचारीका मोबाइल जफत

काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...

सभाहल निर्माणमा विवाद : १ करोड बजेट फ्रिज हुने खतरा

कैलाली । घोडाघोडी नगरपालिका–१० मा निर्माण हुने नमुना सभाहलको १ करोड रुपैयाँ बजेट स्थान विवादका कारण फ्रिज हुने जोखिममा परेको छ । वडाध्यक्ष विजयराज ...

कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्नेे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको...

युद्धविराममै लेबनानमा इजरायलको भीषण हमला : ३१ को मृत्यु, मध्यपूर्व फेरि युद्धको डिलमा

एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रभातफेरी , विधान महाधिवेशन पनि हुँदै

काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending