सल्यान । सल्यानको कालिमाटी गाउँपालिकामा खुला भलिवल प्रतियोगिता सुरु भएको छ । धान्य पूर्णीमामा लाग्ने चर्चित पौरानिक कालिमाटी मेलाको अवसरमा गाउँपालिकाले भलिवल प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिताको सोमबार गाउँपालिका अध्यक्ष दान बहादुर केसीले उद्घाटन गरेका हुन् । ३ दिन सम्म चल्ने प्रतियोगितामा विभिन्न १५ वटा समूह प्रतिस्पर्धामा छन् । प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका केसीले कार्यक्रममा बोल्दै प्रतिष्पर्धी खेलाडि उत्पादनका लागि गाउँपालिकाले लगानि गर्दै आएको भन्दै खेल मैदान निर्माण, मेला व्यवस्थापन तथा पर्यटकीय क्षेत्रको संरक्षण, सम्बद्र्धन र विकासमा निरन्तर काम भइरहेको बताए ।
कछुवा दहको सन्दर्भमा आफ्नै पालामा खेल मैदान निर्माण गर्ने प्रतिवद्धता जनाउदै अध्यक्ष केसीले बालुवा दमदुवाली घुइयाबारी चप्परगौडी सडक निर्माणका लागि आफुहरु लागि परेको भन्दै निकुञ्ज क्षेत्रको समस्या समाधानका लागि प्रदेश तथा केन्द्र सरकारसंग पटक पटक अनुरोध गरेको उल्लेख गरे । गाउँपालिकाले काम गर्ने ठाउँमा छेकबार लगाइएको बताए । विगतमा कालिमाटी मेला ठाउँ अभावमा बाटोमै लाग्ने गरेको भन्दै उनले अहिले फाराकिलो फिल्ड संगै सौचालय, खानेपानीको संरचना निर्माण संगै मेलालाई व्यवस्थित गरिएको बताए ।
कार्यक्रमका विशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष सनशिलता वली डिसीले खेल क्षेत्रको विकास संगै गाउँपालिकाले समग्र पालिकाको विकासको लागि विविध क्षेत्रमा इमान्दार पूर्वक काम गरिरहेको बताइन् । तर विकास विरोधी तथा परिवर्तन नरुचाउनेहरुले अनावश्यक रुपमा जनप्रतिनिधी र कर्मचारीको मनोबल गिराउने उद्देश्यले मुद्दा मामिला र उजुरी गर्नेगरेको उनको भनाई छ । आफु लगाएत १० जनालाई झुठो मुद्दा लागेको ११ महिना पछि सम्मानित अदालतले आफुहरुलाई न्याय दिलाएको भन्दै गाउँपालिका उपाध्यक्ष डिसीले आफुहरु कुनै पनि पक्षपात नगरेर गाउँपालिकाको विकासमा प्रतिवद्ध रहेको जनाइन् ।
कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट कालिमाटी ३ का वडा अध्यक्ष शिव बहादुर खत्री, नेपाली काग्रेसका प्रतिनिधी टोप बहादुर केसी, नेकपा एमालेका प्रतिनिधी केशर सिंह बुढा, माओवादी केन्द्रका प्रतिनिधी शालिकराम भट्टराई, राप्रपाका प्रतिनिधी प्रदिप थापा, एकिकृत समाजवादीका प्रतिनिधी ज्ञान्द्र बहादुर खत्री लगाएतले बोल्दै गाउापालिकामा खेल मैदानको खाँचो रहेको भन्दै गंगामाला मन्दिर व्यवस्थापन संगै स्तरिय र प्रभावकारी विकासका लागि गाउँपालिकालाई विभिन्न सुझावहरु दिएका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा दिप बहादुर वलीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन रितु केसी तिमिल्सीनाले गरेकि थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १०:२९
मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु
मंसिर २७ गते, २०८२ - ०९:५५
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...
मंसिर २७ गते, २०८२ - ०९:३०
मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...
मंसिर २७ गते, २०८२ - ०९:१०
एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...
मंसिर २७ गते, २०८२ - ०८:५५
भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...
मंसिर २७ गते, २०८२ - ०८:५०
काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...
मंसिर २७ गते, २०८२ - ०८:३५
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...
मंसिर २६ गते, २०८२ - १३:२६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...
मंसिर २६ गते, २०८२ - १३:२४
काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...
मंसिर २६ गते, २०८२ - १३:२०
सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...




प्रतिकृया लेख्नुहोस्: