काठमाडौं । कहिलेकाही सानो कुराको निहुँमा मानिसले ठूलै लफडा गर्छ र रिसको झोकमा गम्भीर अपराध गर्नपुग्छ । छिमेकी मुलुक भारतको मध्यप्रदेशस्थित इन्दोर सहरमा हालै एउटा यस्तै अनौठो घटना भएको छ ।
एकजना ३५ वर्षीय युवकले कुकुर भुकेर आफ्नो बाटो नै छेकेर तर्साएको भन्दै कुकुर धनी वृद्धाको हत्या गरेका छन् । सो घटना गत शनिवार राति भएको हो । आफू पसल बन्द गरेर घरतर्फ जाँदै गरेको बेलामा ती महिलाले घरमा पालेको कुकुरले आफुलाई भुकेर तर्साएको भन्दै युवकले झगडा सुरु गरेका थिए ।
रातको साढे १० बजेतिर उनी सामुदायिक हल नजिकै पुगेपछि उनलाई देखेर कुकुर निरन्तर भुक्न थाल्यो जसका कारण उनी बाटो काट्न पनि सकेनन् ।
त्यसपछि उनी चिच्याउन थाले । उनी चिच्याएको देखेर उक्त कुकुर धनी ६५ वर्षीया महिला घर बाहिर निस्किइन् । त्यसपछि ती युवक र वृद्धाबीच कुकुर भुकेको विषयमा झगडा सुरु भयो ।
झगडा चर्किंदै गएको बेला युवकले महिलाको पेटमा जोडसँग लात्ताले हानेर महिलालाई भुईंमा ढाले । सडकमै ढलेकी ती महिलालाई तत्कालै अस्पताल पुर्याइयो र अस्पतालमै उनको मृत्यु भयो ।
अभियुक्त युवकलाई पक्राउ गरिएको र उनीमाथि हत्या अभियोगमा उजुरी दर्ता भएको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: