काठमाडाैं । भारतीय कांग्रेसले अयोध्यामा राम मन्दिरको उद्घाटनमा सहभागी हुन अस्वीकार गरे पछि उसबिरूद्द भारतीय हिन्दुहरूले निकै हमला गरिरहेका छन ।
कांग्रेस आइ अध्यक्ष मल्लिकार्जुन खर्गे, सोनिया गान्धी र अधीर रञ्जन चौधरीलगायत पार्टीका सबै नेता रामलिलाको प्राण प्रतिष्ठा कार्यक्रम कार्यक्रममा सहभागी हुने छैनन्। उसको आरोप छ– भारतीय जनता पार्टी (भाजपा)ले राजनीतिक फाइदा लिन यो कार्यक्रम आयोजना गरेको हो ।
गत बुधबार कांग्रेसले आफ्नो अडान स्पष्ट गरेलगत्तै भाजपा आक्रमणको मोडमा आएको छ भने र कांग्रेसलाई हिन्दू विरोधी भएको आरोप लगाउन सुरु गरेको छ । भारतमा चलिरहेको यो धार्मिक द्धन्द्धको घटनासँगै सोनिया गान्धीलाई नेपालको पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न नदिएको बिषय पुनः उठान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो सन् १९८८ को घटना हो, सोनिया गान्धीलाई नेपालको पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न नदिएपछि तत्कालीन प्रधानमन्त्री राजीव गान्धी र नेपालको सम्बन्ध चिसिन पुगेको थियो ।
त्यतिबेला राजीव गान्धी प्रधानमन्त्री थिए र उनको नेपालका पूर्वराजा वीरेन्द्र वीरविक्रम सिंहसँग राम्रो सम्बन्ध थियो । राजीव गान्धी नेपाल भ्रमणमा थिए र सोनिया गान्धी पनि उनीसँगै गएकी थिइन् । गान्धी परिवार पशुपतिनाथ मन्दिरको दर्शन गर्न चाहन्थे तर सोनिया गान्धी क्रिश्चियन भएकाले उनलाई प्रवेश गर्न दिइएन ।
यसपछि राजीव गान्धीले नेपालमा नाकाबन्दी लगाए, जसलाई सोनिया गान्धीलाई पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न नदिएको बदलाको रूपमा हेरिएको थियो भनेर भारतीय सञ्चारमाध्यमले अहिले लेख्न थालेका छन ।
नोभेम्बर १९८७ मा सार्क शिखर सम्मेलनमा भाग लिए पछि राजीव गान्धीले सन् १९८८ मा पुनः नेपाल भ्रमण गरे । यस क्रममा सोनिया गान्धी पनि उनीसँगै गएकी थिइन् र राजीव गान्धीले उनलाई आफ्नो परिवारसँग पशुपतिनाथ मन्दिरको दर्शन गर्न चाहेका थिए । यसका लागि उनी राजा वीरेन्द्र विक्रम शाहसँग कुरा गर्न गए । वास्तवमा पशुपतिनाथ मन्दिरमा हिन्दू बाहेक अन्य धर्मका मानिसलाई प्रवेश निषेध छ ।
राजा वीरेन्द्रले यस मामिलामा राजीव गान्धीलाई सहयोग गर्न सकेनन् र यस मामिलामा पुरोहितहरूलाई यस्तो आदेश दिन असमर्थता व्यक्त गरे। नेपालकी महारानी ऐश्वर्या शाहको पशुपतिनाथ मन्दिरको व्यवस्थापनमा धेरै प्रभाव थियो र उनले मन्दिरमा गैर हिन्दूको प्रवेश दिने बिषयमा आपत्ति थियो। यो घटनालाई राजीव गान्धीले अपमानको रुपमा लिएर मन्दिरमा गएर पूजा नगरी फर्किएको विश्वास गरिन्छ ।
यस घटनाको केही समयपछि सोनिया गान्धीलाई मन्दिर प्रवेश गर्न नदिएको बदलाको रूपमा हेरिदैँ नेपालमाथि नाकाबन्दी लगाइएको थियो । तर, नाकाबन्दी हुनुको यो मात्रै कारणा भने थिएन, अर्को एउटा कारण थियो– नेपालले चीनबाट एन्टी एयरक्राफ्ट गन र अन्य हतियार किनेको घटना ।
त्यतिबेला नेपाल एक मात्र हिन्दू राष्ट्र थियो र पशुपतिनाथ मन्दिर हिन्दूहरूको पवित्र तीर्थस्थल थियो। सोनिया गान्धीले त्यही समयमा भारतीय नागरिकता लिएकी र उनी पुरीको जगन्नाथ मन्दिर जान चाहन्थे तर पुरीको शंकराचार्यले पनि उनलाई अनुमति दिएनन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - २२:३६
‘जनताको प्रयोग’ र नयाँ राजनीतिक स्थापनाको आलोचना
फाल्गुन २२ गते, २०८२ - २२:३३
रुकुमपूर्व, काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक र रुकुमपूर्वबाट प्रतिनिधि सभा सदस्यमा विजयी पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले नयाँ र पुरा...
फाल्गुन २२ गते, २०८२ - २२:१९
जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर मतदाताको समर्थन पाउँदै अग्रता कायम राखेको छ, तर जुम्लामा भने पूर्वसांसद विनिता कठायतको स्थिति ल...
फाल्गुन २२ गते, २०८२ - २२:१०
रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका ई. मोहन आचार्य विजयी भएका छन् । १० हजार ६५६ मत प्राप्त गर्दै आचार्य विजयी भएका ...
फाल्गुन २२ गते, २०८२ - २२:०२
सुनसरी । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा दोब्बर मतले पछाडि परेका छन् । रास्वपाका उम्मेदवार गोमा त...
फाल्गुन २२ गते, २०८२ - २१:५९
झापा । झापा–५ – प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत झापा–५ क्षेत्रको मतगणना जारी छ। पछिल्लो आधिकारिक मत परिणाम अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रा...
फाल्गुन २२ गते, २०८२ - २१:५०
काठमाडौं । काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन् । उनले १८ हजार ७५७ मत ल्याएर निर्वाचित भएका हुुन् ।...
फाल्गुन २२ गते, २०८२ - २१:४६
ओखलढुङ्गा । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत ओखलढुङ्गा–१ को मतगणना जारी छ। प्रारम्भिक परिणामअनुसार नेकपा (एमाले)की उम्मेदवार अस्मिता थापाले अग्रता...
फाल्गुन २२ गते, २०८२ - २१:३५
धनकुटा । धनकुटामा श्रम संस्कृति पार्टीको अग्रता कायमै रहेको छ । मतान्तर घटे पनि धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवारको अग्रता कायमै रहेको हो । ...
फाल्गुन २२ गते, २०८२ - २०:३५
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणना अनुसार कोशी प्रदेशका ६ निर्वाचन क्षेत्रमा श्रम संस्कृती पार्टीले उल्लेखनीय अग्रता बनाएको छ । पाँच...



प्रतिकृया लेख्नुहोस्: