काठमाडौं ।'स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔुं भन्ने नारासहित सोमबार २६ औं भुकम्प सुरक्षा दिवस मनाइएको छ। यसै क्रममा काठमाडौं महानगरपालिकाद्वारा भूगोल पार्कमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यका विश्वकै भूकम्पीय जोखिम क्षेत्र मध्येमा पर्ने भएकोले जोखिम न्यूनीकरणका लागि सबै तहका सरकारले हातेमालो गर्नुपर्ने बताए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको एक अध्ययनले काठमाडौं उपत्यकाका ५३ वटा भवन, संरचना र चारवटा सडक पुल भूकम्पीय जोखिमले संवेदनशील रहेको देखाएकोले तिनको पुनर्निर्माण गर्नुपर्ने उनले बताए ।
संघीय सरकार पालिकाहरुलाई सामर्थ्यवान बनाउन मिलेर काम गर्न तयार रहेको र सबै स्थानीय तहलाई आपतकालीन कार्यसंचालनका लागि औजार तथा उपकरण उपलब्ध गराउँदै आएको समेत उनले बताृ । विपद् व्यवस्थापनमा खटिने स्वंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको र त्यसमा काठमाडौं महानगरले पनि पहल लिएकोमा उनले खुशी व्यक्त गरे ।
जाजरकोट भूकम्पमा एम्बुलेन्स र अन्य सहयोग गरेकोमा पनि उहाँले महानगरको प्रशंसा गरे । विद्यमान सबै संरचनाहरुको जोखिम आँकलन गर्ने, प्रबलीकरण लगायतका विधि प्रयोग गरी सुरक्षित बनाउने र नयाँ बन्ने भवन तथा संरचना सुरक्षित हुनेगरी संहिता पालना गर्न,गराउनमा महानगरले अग्रणी भूमिका खेल्ने विश्वास उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले व्यक्त गरे ।
महानगरकी उपमेयर सुनिता डङ्गोल, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवर, शसस्त्र प्रहरीबलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय विपद् जोखिम तथा न्युनिकरण प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, महानगरका निमित्त प्रशासकीय अधिकृत सिताराम कोइरालासमेत उपस्थित कार्यक्रममा विपदका बेला भूमिका खेल्ने कर्मचारी र सुरक्षाकर्मीलाई पुरस्कृत गरिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १३:४३
कास्की। नेपाल हवाई खेलकुद संस्था(ना) को आयोजनामा पाँच वर्षपछि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । आगामी चैत ५ गतेदेखि ७ गतेसम्म प...
चैत्र २ गते, २०८२ - १३:३०
काठमाडौं । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय माग्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ। काठमाडौंको माइतीघर मण्ड...
चैत्र २ गते, २०८२ - १३:१९
कालीकोट। कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको रास्कोट नगरपालिका –८ बाँखरकोटका अन्दाजी ५० वर्षे मन वरालको करेन्ट लागेर मृत्यु भएको ह...
चैत्र २ गते, २०८२ - १३:०९
इनरुवा। सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ । खुल्ला सीमाको मौका छोपी भारतीय बजारबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा...
चैत्र २ गते, २०८२ - १२:५६
काठमाडौँ । पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्लले व्यक्तिगत उपलब्धि भन्दा पनि देशको जीत नै सबैभन्दा महत्वपूर्ण भएको बताएका छन्। मल्लले क्रिकेटबाट सिकेको ...
चैत्र २ गते, २०८२ - १२:४१
काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्सले गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न र सरकारका पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर...
चैत्र २ गते, २०८२ - १२:२६
नवलपरासी। ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् । गत भ...
चैत्र २ गते, २०८२ - १२:२२
इनरुवा। सुनसरीमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरू र उद्योग...
चैत्र २ गते, २०८२ - १२:०४
प्युठान। जिल्लाको पहिचान भएको ‘प्युठानी रातो मुला’ को वीऊ उत्पादन सुरु भएको छ। केही वर्षअघि सम्म प्युठानलाई चिनाउने यस विशेष रातो मुलालाई संरक्षण गर्द...
चैत्र २ गते, २०८२ - ११:३०
पर्वत। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्वत जिल्लाबाट एक हजार ६८४ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षा चैत्र १९ गतेदेखि सुरु हुने...


प्रतिकृया लेख्नुहोस्: