Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

मुख्यमन्त्रीलाई मायाको चिनो–चोयाको डालीमा भाँगो र गुन्द्रुक

खबरडबली संवाददाता

बागलुङ । पछिल्लो समय स्थानीयस्तरमा आयोजना गरिने मेला–महोत्सवको आकर्षण स्थानीय उत्पादन नै बन्ने गरेको छ । स्थानीयस्तरमा विभिन्न अवसरमा आयोजना गरिने यस्ता मेला–महोत्सवमा सहरबजारका सामग्री राख्ने विगतको परम्परा अहिले आएर भने परिवर्तन भएको हो ।

गत महिना बागलुङबजारमा आयोजना गरिएको बागलुङ महोत्सवमा पनि यहाँका स्थानीयका साथै महोत्सवमा किनमेल गर्न अन्य जिल्लाबाट आएका नागरिक पनि यहाँको स्थानीय उत्पादनको खरिद गर्न झुम्मिएका थिए ।

त्यस महोत्सवको प्रमुख आकर्षण बनेको थियो, सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, भाँगो र जिल्लाको उत्पादन कालो भटमास । उता राष्ट्रपति रामचन्द्र पौडेलले महोत्सवको उद्घाटन गरिरहँदा यता भने मेलाका सहभागी स्थानीय उत्पादन राखिएका ‘स्टल’ मा झुम्मिएका देखिन्थे । 

यस्तै भएको छ सोमबारबाट सुरु भएको तेस्रो जैमिनी महोत्सवमा पनि । जिल्लाको दक्षिणी भेगमा अवस्थित जैमिनी नगरपालिकाको मुकाम कुश्मीशेराबजारमा सहारा क्लब कुश्मीशेराले आयोजना गरेको महोत्सवमा पनि यहाँका स्थानीय एवं महोत्सव हेर्न र किनमेल गर्न अन्य जिल्लाबाट आएका नागरिकको आँखामा स्थानीय उत्पादन नै परेको छ । 

यही मेसोमा महोत्सवको उद्घाटनका लागि आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पनि आयोजकले यही कोसेली दिएका छन् । महोत्सवको उद्घाटन कार्यक्रम सकिएपछि अतिथिहरुलाई मायाको चिनो दिने त यहाँको प्रचलन नै हो । सोही बमोजिम मुख्यमन्त्री पाण्डेलाई पनि आयोजकले एक डाली चिनो दिएका थिए । 

डाली थियो स्थानीय बाँसको चोयाले बुनेको र त्यसमा राखिएको कोसेली थियो, भाँगो, भटमास, बाँकोको गुन्द्रुक, सिस्नोको धुलो र आलुको चिप्स । जब उहाँलाई उपलब्ध गराइएको सो चिनोको जानकारी उद्घोषकले गराए, त्यसपछि मेलाका सहभागी र स्थानीयले बरर ताली बजाए । उनीहरु भन्दै थिए “मुख्यमन्त्रीज्यू, यो मायाको चिनो हाम्रा स्थानीय उत्पादन हुन् । यहाँले हाम्रा यी उत्पादनलाई गण्डकी प्रदेशमा मात्र होइन देशव्यापी रुपमा चिनाउनुपर्छ र यिनको उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ ।

स्थानीय उत्पादनका विषयमा मुख्यमन्त्रीलाई जानकारी गराउने, प्रचार गर्ने र ध्यानाकर्षण गराउने काम आयोजकले एकैपटक गरे । जैमिनीका किसान आफैँले उत्पादन गरेका यी खाद्यवस्तु मुख्यमन्त्रीले मायाको चिनोका रुपमा मात्रै ग्रहण गर्नुभएन, यी उत्पादन बढाउने र बजारीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

मायाको चिनो प्रदान गर्दै जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, “यो कोसेलीमार्फत मुख्यमन्त्रीलाई हाम्रो उत्पादनको चिनारी दिएका हौँ । यसले हाम्रा उत्पादनप्रति उहाँको रुचि जागोस् भन्ने हाम्रो उद्देश्य हो । नीति बनाउँदा, बजेट बनाउँदा हाम्रा उत्पादनले उहाँलाई झक्झकाउँछन् भन्ने हामीलाई विश्वास छ । यो हाम्रा उत्पादनको प्रचार गर्ने नयाँ शैली पनि हो र मायाको चिनो दिँदा काम लाग्ने चीज दिउँ भन्ने सन्देश पनि हो ।”

डाली हातमा लिएपछि मुख्यमन्त्रीको हाउभाउ हेर्दा लाग्थ्यो–मायाको चिनो भनेपछि कुनै आयातित सामग्री वा सजावटको सामग्री होला भन्ने उनले ठान्नुभएको थियो । “मुख्यमन्त्रीजी हामीले यहाँलाई हाम्रै उत्पादन उपहार दिएका छौँ”, कार्यक्रम उद्घोषण गरिरहेका स्थानीय शिक्षक नवीनप्रताप जिसीले भने, “हाम्रा किसान दाजुभाइको मेहनत मुख्यमन्त्रीलाई दिन पाउनु हाम्रो गौरवको कुरा हो, यो चिनोका अनेक सन्देश छन् । यहाँले बुझिदिनुहोला ।” 

जैमिनी नगरपालिका–३ दमेकका किसानले तयार गरेको जङ्गली बाँकोको गुन्द्रुक, सिस्नोको पाउडर, दमेककै भाँगो र पैयुँथन्थापको भटमास तथा दमेककै आलुको चिप्स सो डालीमा राखिएको थियो । स्थानीय मेला महोत्सवको उद्देश्य स्थानीय उत्पादनको प्रवद्र्धन गर्नु र त्यहाँको कला र संस्कृतिको जगेर्ना गर्नु हो । यही उद्देश्य अनुसारको शैली जैमिनी महोत्सवका आयोजकहरुले पनि अपनाएको देखिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पादक: प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोज्दै पार्टी महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पाद...

काठमाडौंमा उत्पादित रायो सागमा ९९ प्रतिशत विषादी, उपभोगका लागि पूर्ण अयोग्य

काठमाडौं । काठमाडौंमा उत्पादन भएको रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ। बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो साग...

सुनको मूल्य एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। मंगलबार सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन...

म्याग्दीमा ठेकदारको लापरबाही : कालोपत्र सडक तीन महिनामै उप्कियो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको तीन महिनामै उप्किएको छ । ठेकदारको लापरबाहीका कारण सडकका विभिन्न स्थानमा काल...

बंगलादेशमा अर्का नेता पनि गोली प्रहारबाट मारिए

काठमाडौं । बंगलादेशमा इन्कलाब मञ्चसँग आबद्ध विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का एक राजनीतिक नेतालाई सार्वजनिक स्थानमै गोली हानी हत्या गर...

माइतीघरमा हेटौँडा सडक विस्तारका पीडितको बाजासहित विरोध प्रदर्शन

काठमाडौँ । हेटौँडा सडक विस्तारका क्रममा प्रभावित भएका स्थानीयहरूले माइतीघर मण्डलामा बाजासहित विरोध प्रदर्शन गरेका छन्। हेटौँडामा २५ गज सडक सीमाभित्...

काठमाडौँ महानगरभित्रका १०७ विद्यालय खारेज गरिदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको क्षेत्रभित्र अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका १०७ वटा विद्यालय फेला परेका छन्। महानगरपालिकाको नगर शिक्ष...

कांग्रेस लुम्बिनी प्रदेशले पठायो उम्मेदवारको सूची

भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय सम...

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending