Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

देशभर लागूऔषधसहित ८ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । देशका विभिन्न स्थानबाट ८ जना लागूऔषधसहित पक्राउ परेका छन् । सल्यानको त्रिबेणी गाउँपालिका-६ लुहाम बजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ९ सय ५० ग्रामसहित भारत गोसपुरपरी बस्ने २५ वर्षीय अकिल अहमद समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १ किलोसहित भारत पश्चिम चम्पारन घर भएका ४० वर्षीय जगु साह समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बागमती प्रदेश ०१-००६ ख ४८८४ नम्बरको माईक्रो बसलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

मोरङको विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५९ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-४ बस्ने २३ वर्षीय विजय विश्‍वास र झापा कमल गाउँपालिका-२ बस्ने २४ वर्षीय भुपेन आचार्य रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.२ प ९९६५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको  हो । 

सप्तरीको सुरुङ्गा नगरपालिका-४ कदमाहा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५१ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका-५ बस्ने ४२ वर्षीय रामआशिष मुखिया र  हनुमाननगर कंकालनी नगरपालिका-११ बस्ने ५२ वर्षीय रूद्रनराण यादव रहेका छन् ।

ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले ना.७ ख १६०५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरमा १६० केजी गाँजासहित एकजना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले १६० किलो लागुऔषध गाँजा र गाँजा बोक्न प्रयोग भएको बोलेरो गाडीसहित एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गोरखाको भीम...

गोदावरीबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी । कैलालीबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन् । गोदावरी नगरपालिका–८ का २० वर्षीय बिबेक चौधरीलाई लागूऔषध (हेरोईन) सहित पक्राउ गरेको इलाका प्रहर...

प्रविधिले जनतामा आएको निराशा चिर्न र समृद्धिको यात्रालाई सहज बनाउँछ: सञ्चारमन्त्री गुरुङ

पाेखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुविधा, प्रविधिमैत्री प्रणाली विकास गर्नसके सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन गर्न स...

कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ: प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्ने खाँचो औँल्याएका छन् ।  ...

श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन् । ...

गण्डकीका सभामुख धिताललाई मातृशोक

गाेरखा । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताललाई मातृशोक परेको छ । सभामुख धितालको ममतामयी आमा चित्रकुमारी धितालको वि.सं. १९९४ सालमा जन्म भएर २...

विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न प्रधानमन्त्रीको ओलीकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । चालु ...

सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल

धनगढी । नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदुरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता भएको छ । माया मेट्रो र रोयल्सबीच मेडिकल पार्ट...

जनताले विकल्प खोज्ने बेला आयो: राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले विकल्प खोज्ने बेला आएको बताएका छन् । काठमाडौंको कीर्तिपुरमा ...

विवाह पञ्चमीलाई व्यवस्थित बनाउन २ हजारबढी सुरक्षाकर्मी परिचालन

जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मंसिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy