Ntc summer Offer
Khabar Dabali ३ कार्तिक २०८१ शनिबार | 19th October, 2024 Sat
Investment bank

ताचै घरबासको आकर्षणको केन्द्र थोङ्रोप्लि झरना

खबरडबली संवाददाता
मनाङ । पर्यटकीय महत्वको हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र बसोबासका लागि उपयुक्त छ । यहाँको वातावरण र प्राकृतिक सौन्दर्यले आकर्षित गर्ने भएकाले नासों गाउँपालिका–८ स्थित ताचै घरबास (होमस्टे)मा बस्ने पर्यटकका लागि उपयुक्त वातावरण बनेको हो ।
 
घरबास नजिकै रहेको थोङ्रोप्ली झरना पर्यटकका लागि  आकर्षणको केन्द्र देखिएकाले यलाई प्रवद्र्धन गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । यहाँबाट देखिने हिमाल, उच्च पहाडका दृश्य, ताल, झरना, मनाङीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका लागि पर्यटक मनाङ आउँछन् । धेरैजसो पर्यटक सिधै जिल्ला सदरमुकाम चामे भएर तिलिचो ताल जान थालेकाले  यहाँको रमणीयस्थललाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता खडकिएको हो । 
 
जिल्लाको प्रवेशद्वार नजिकै रहेर पनि प्रचारप्रसारको अभावले यो थोङरोप्ली झरना ओझेलमा परेको स्थानीयवासी  यज्ञ घलेले बताए । उनले भने, “यस स्थलको प्रचारप्रसार गरी देश विदेशसम्म पुर्‍याउन सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित सकिन्थ्यो । स्थानीयवासीसँगै पर्यटनसँग सम्बन्धित अन्य निकायको साथ र सहयोग आवश्यक छ ।”
 
मुलुकमा लोकतन्त्र र गणतन्त्र आयो केही परिवर्तनकास्वरूप पनि देखिए तर सरकार नै आर्थिकरूपले समृद्ध हुने महत्वपूर्ण पर्यटकीयस्थलप्रति कसैको ध्यान जान नसक्दा ओझेलमा परेकाले आफूहरूलाई चिन्तित गराएको त्यहाँका वडाध्यक्ष याद घलेको गुनासो थियो । 
 
“ताचै गाउँको शिरमा रहेको सुन्दर झरनाबाट आठ वटा गाउँ देख्न सकिन्छ”, उनले भने,“पर्यटन मन्त्रालयबाट केही बजेट लिएर संरचना र रेलिङ बनाउने कार्य भए पनि अझै बाटो पुर्‍याउने कार्य अधुरै छ ।” यसलाई दृश्यावलोकनको केन्द्र बनाएर गाउँमा आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य अगाडि बढाइएको वडाध्यक्ष घलेले उल्लेख गरे । 
 
प्रकृतिको भरपुर उपयोग गर्नेगरी पर्यटन प्रवद्र्धन गरी  स्थानीयवासीको जीवनस्तर उकास्ने उद्देश्यले कार्य गरिरहेको उल्लेख गर्दै उनले भने, “तल सुन्दर गाउँबस्ती छ यसको शिरमा रहेको यही झरना नै ताचैको पहिचान हो । होमस्टे पनि रहेको ताचैमा कसैको ध्यान नजानु दुःखद कुरा हो ।”
 
“पालिकाको बजेटले मात्र केही गर्न सकिँदैन । सङ्घीय तथा प्रदेश सरकार यस्ता महत्वपूर्ण विषयमा चुकेका छन् । पर्यटकीय क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनमा उनीहरू लाग्नुपर्छ भन्ने हाम्रो जोडदार माग पनि छ । यस क्षेत्रको विकास र विस्तार हुन सके यो पर्यटकीय गन्तव्य बन्नसक्छ । पर्यटकीय गन्तव्य बनाउन सकिए पालिकालाई मात्र होइन देशकै पनि आम्दानीको स्रोत बन्नेछ”, वडाध्यक्ष घलेले भने । 
 
हुन त अहिले बाह्य पर्यटक ठप्प जस्तै भए पनि आन्तरिक पर्यटकमा भने खासै कमी आएको छैन । अन्नपूर्ण पदमार्गमा सन् २०२३ मा २१ हजार दुई सय ४७ विदेशी पर्यटक भित्रिए । यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार नौ सय ८१ पुरुष र आठ हजार दुई सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानी मनाङ शाखाले जनाएको छ । 
 
उक्त शाखाका इन्चार्ज भूपेन्द्र गुरुङले आन्तरिक पर्यटकको कुनै तथ्याङ्क नराखिएको जानकारी दिए । उनका अनुसार पर्यटकीय याममा बाह्यभन्दा आन्तरिक पर्यटक नै बढी आउँछन् । यिनै आन्तरिक पर्यटकमध्ये १० प्रतिशत मात्रैलाई पनि थोङरोप्ली झरना लैजान सके ताचैमा आय आर्जनको बाटो खुल्ने थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङमा एक महिलाको शव फेला

दाङ । दाङमा एक महिलाको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका –३ स्थित अँगेरी खोलामा २८ वर्षीया मिना कठायतको शव फेला परेको हो ।  सल्यानको कपुरको...

रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण !

ताप्लेजुङ । ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण अभियान थालिएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा हिमाली ...

सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

सुडान । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिसहरू हैजाको जोखिममा रहेको जनाएको छ । युनिसेफले पाँच वर्ष मुनिक...

माओवादी र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी छ: नेता शर्मा

चितवन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नका लागि नयाँ ढङ्गले सोच्न जरुरी रहेको बताएका...

कालीकोटमा ट्रक दुर्घटनामा परी चालकको मृत्यु

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका –६ खल्लामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेतबाट समान बोकेर जुम्ला जाँदै गरेको लु १ क ३९३० नम्ब...

पाथीभरामा दिनमा ६ हजार भक्तजन पुग्दै

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एकै दिन करिब छ हजार जना भक्तजन पुगेका छन् । शनिबार एकै दिन उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको द...

एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय युवा टोलीको बिदाइ

काठमाडौं । कतारमा अक्टोबर २३ देखि २७ तारिखसम्म हुने एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय युवा टोलीको बिदाइ गरिएको छ । ...

नेतन्याहुको निजी निवासलाई हिजबुल्लाहले बनायो ड्रोनबाट निशाना

काठमाडौं । लेबनानबाट भएको ड्रोन आक्रमणले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासलाई निशाना बनाएको छ ।  इजरायली सरकारका प्रवक्ताले प...

सार्वजनिक सम्पति तोडफोड गर्ने आन्दोलनलाई रास्वपाले समर्थन गर्दैन: गणेश कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले नागरिकलाई दुःख दिएर, सार्वजनिक तथा सरकारी सम्पति तोडफोड गरेर गरिने आन्दोलनलाई रा...

सिनवारको मृत्युपछि खामेनीले भने- हमास जीवित थियो र जीवित रहने छ

काठमाडौं । हमास नेता याह्या सिनवारको मृत्युपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले पहिलो पटक प्रतिक्रिया दिएका छन् । उनले सोसल मिडिया प्लेटफर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy