Ntc summer Offer
Khabar Dabali ३ कार्तिक २०८१ शनिबार | 19th October, 2024 Sat
Investment bank

सीजी मोटर्ससँग हिरो मोटोकर्पको सहकार्य घोषणा

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा आफ्नो उपस्थितिलाई बलियो बनाउने रणनीतिक कदममा, मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो उत्पादक हिरो मोटरकर्प  नेपालको सबैभन्दा ठुलो समुह चौधरी ग्रुप मातहतको कम्पनी सिजि मोटर्ससँग सहकार्य गरेको छ । 

हिरो मोटकर्पले सन् २०१४ मा नेपाली बजारमा प्रारम्भिक रूपमा प्रवेश गरेको थियो, राम्रो लोकप्रियता कमाएको सुपर स्प्लेन्डर र एक्सप्लस २०० लगायत आफ्ना प्रतिष्ठित मोटरसाईकल ब्रान्डहरूका साथ निरन्तर रूपमा हिरो प्रख्यात हुँदै गइरहेको छ । नेपाललाई एसियाको प्रमुख बजारको रूपमा मान्यता दिँदै, हिरो मोटोकर्पको सीजी मोटर्ससँगको साझेदारीले आफ्नो व्यापारलाई थप बलियो बनाउने र समग्र ग्राहक अनुभवलाई अभिवृद्धि गर्ने चौधरी ग्रुप समक्ष अपेक्षा राखेको देखिन्छ । 

चौधरी ग्रुप नेपालको व्यापार क्षेत्रको  विश्वभर १६०  भन्दा बढी कम्पनीहरू र १२३ ब्रान्डहरूको विशाल नेटवर्क रहेको समुह हो । एफएमसिजि, वित्तीय सेवाहरू, ऊर्जा र पूर्वाधार, आतिथ्य, र अत्याधुनिक इलेक्ट्रोनिक्स सहित विभिन्न क्षेत्रहरूमा यो समुहको व्यवसाय फैलिएको छ । 

यस सहकार्य अन्तर्गत, हिरो मोटोकर्प र सीजी मोटर्सले नेपाली बजारमा हिरो मोटोकर्पको उत्पादनहरू एसेम्बल गर्न नवलपुर जिल्लामा अत्याधुनिक ग्रीनफिल्ड सुविधा स्थापना गर्न तयार भएको प्रेस विज्ञप्तिमा बताईएको छ । स्थानीय अर्थतन्त्रमा नयाँ लगानी र रोजगारीका अवसरहरू इन्जेक्सन गर्दै २०२४ मार्च बाट सेवा सञ्चालन सुरु गर्न तय गरिएको छ । 

हिरो मोटोकर्पबा ग्लोबल बिजनेस हेड, सञ्जय भानले यो सहकार्यप्रति  उत्साह व्यक्त गर्दै प्रेस विज्ञप्तिमा भनेका छन् , “नेपाल हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण बजार हो र यहाँका ग्राहकहरूलाई उत्कृष्ट उत्पादन, सेवा र अनुभवहरू उपलब्ध गराउने हाम्रो निरन्तर प्रयास हो ।  उनले चौधरी ग्रुपसँगको सहकार्यले देशमा हिरो मोटोकर्पको सञ्चालनलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताए । 

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, यो सहकार्यले हिरो मोटोकर्पका लोकप्रिय उत्पादन र सेवाहरूको नेपाली जनताले लाभ उठाउन पाउने तथा अटोमोटिभ बजारमा सीजी मोटर्ससँग हिरो मोटोकर्पको पुनः प्रवेशबाट आम उपभोत्तालाई फाईदा हुनसक्छ । 

नेपालमा हिरो मोटोकर्पको एक्सप्लस टुईन्स, एक्सट्रिम रेञ्ज, स्पेल्ण्डर रेञ्ज, ग्लामोर, एचएफ डिलक्स मोटरसाईकल तथा स्कुटर लगायतका दुईपाँग्रे सवारीहरु रहेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालीकोटमा ट्रक दुर्घटनामा परी चालकको मृत्यु

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका –६ खल्लामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेतबाट समान बोकेर जुम्ला जाँदै गरेको लु १ क ३९३० नम्ब...

पाथीभरामा दिनमा ६ हजार भक्तजन पुग्दै

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एकै दिन करिब छ हजार जना भक्तजन पुगेका छन् । शनिबार एकै दिन उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको द...

एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय युवा टोलीको बिदाइ

काठमाडौं । कतारमा अक्टोबर २३ देखि २७ तारिखसम्म हुने एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय युवा टोलीको बिदाइ गरिएको छ । ...

नेतन्याहुको निजी निवासलाई हिजबुल्लाहले बनायो ड्रोनबाट निशाना

काठमाडौं । लेबनानबाट भएको ड्रोन आक्रमणले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासलाई निशाना बनाएको छ ।  इजरायली सरकारका प्रवक्ताले प...

सार्वजनिक सम्पति तोडफोड गर्ने आन्दोलनलाई रास्वपाले समर्थन गर्दैन: गणेश कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले नागरिकलाई दुःख दिएर, सार्वजनिक तथा सरकारी सम्पति तोडफोड गरेर गरिने आन्दोलनलाई रा...

सिनवारको मृत्युपछि खामेनीले भने- हमास जीवित थियो र जीवित रहने छ

काठमाडौं । हमास नेता याह्या सिनवारको मृत्युपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले पहिलो पटक प्रतिक्रिया दिएका छन् । उनले सोसल मिडिया प्लेटफर्...

जापानी युवाका चार श्रीमती दुई प्रेमिका: ५४ बच्चा जन्माएर किर्तिमान बनाउने लक्ष्य !

काठमाडौं । जापानबाट एउटा अनौठो खबर आएको छ । उत्तरी प्रान्त होक्काइडोकी ३६ वर्षीया रयुता वतानाबेले विगत १० वर्षदेखि कुनै जागिर छैन । तर, उनको आकांक्षा ...

ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने, बागमतीमा आइतबारदेखि परीक्षण गरिँदै

काठमाडौं । सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस बारे जानका...

माओवादी पार्टीहरुको एकता चाडैं टुङ्गोमा पुग्छ: प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाडै टुंगोमा पुर्याउने बताएका छन् । नेकपा माओवादी केन्...

कावासोतीमा जीप दुर्घटनामा दुई जनाको मृत्यु

नवलपरासी । नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy