Ntc summer Offer
Khabar Dabali ३ कार्तिक २०८१ शनिबार | 19th October, 2024 Sat
Investment bank

रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता पठाउन परराष्ट्र मन्त्रालयको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । पपरराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकहरूलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् । 

युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटघाटका क्रममा उनले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरुलाई फिर्ता गरिदिन आग्रह गरेका हुन् । 

‘हामीले रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको बतायौँ,’ उनले भने, ‘त्यस कारण रुसलाई हामीले नेपाली नागरिक भर्ना नगर्न आग्रह गरेका छौँ ।’

परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि आग्रह गरेका हुन् । 

‘रुसमा मृत्यु भएका व्यक्तिका परिवार धेरै पीडामा छन् । आफन्तको शव प्राप्त गरी आफनो संस्कृतिअनुसार अन्त्येष्टि गर्ने परिवारको चाहनालाई सम्मान गर्नु हाम्रो मानवीय दायित्व हो । त्यसकारण नेपाली नागरिकका शवलाई चाँडै स्वदेश फिर्ता गर्न हार्दिक अनुरोध गर्दछौं,’ मन्त्री साउदले रुसी उपविदेशमन्त्रीसँग भने, ‘रुसी पक्षले मृतकका परिवारलाई रुसी कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिएको छ । यसका लागि प्रक्रिया छिटो अघि बढाउन अनुरोध गर्दछौँ ।’

जवाफमा रुसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गरिने बताए । रुसी प्रतिनिधिमण्डलका प्रमुखसमेत रहनुभएका उपविदेशमन्त्रीसँगको भेटमा दुई पक्षबीच नेपाल–रुस सम्बन्धका विविध विषयमा छलफल भएको थियो । 

उनले नेपाल र रुस सम्बन्धको लामो इतिहाससमेत उल्लेख गरे । ‘हाम्रो सम्बन्धको जग बलियो छ,’ रुसी उपविदेशमन्त्रीले भने, ‘हामीले यी सम्बन्धलाई अगाडि बढाउनु पर्छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङमा एक महिलाको शव फेला

दाङ । दाङमा एक महिलाको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका –३ स्थित अँगेरी खोलामा २८ वर्षीया मिना कठायतको शव फेला परेको हो ।  सल्यानको कपुरको...

रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण !

ताप्लेजुङ । ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण अभियान थालिएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा हिमाली ...

सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा

सुडान । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिसहरू हैजाको जोखिममा रहेको जनाएको छ । युनिसेफले पाँच वर्ष मुनिक...

माओवादी र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी छ: नेता शर्मा

चितवन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नका लागि नयाँ ढङ्गले सोच्न जरुरी रहेको बताएका...

कालीकोटमा ट्रक दुर्घटनामा परी चालकको मृत्यु

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका –६ खल्लामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेतबाट समान बोकेर जुम्ला जाँदै गरेको लु १ क ३९३० नम्ब...

पाथीभरामा दिनमा ६ हजार भक्तजन पुग्दै

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एकै दिन करिब छ हजार जना भक्तजन पुगेका छन् । शनिबार एकै दिन उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको द...

एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय युवा टोलीको बिदाइ

काठमाडौं । कतारमा अक्टोबर २३ देखि २७ तारिखसम्म हुने एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय युवा टोलीको बिदाइ गरिएको छ । ...

नेतन्याहुको निजी निवासलाई हिजबुल्लाहले बनायो ड्रोनबाट निशाना

काठमाडौं । लेबनानबाट भएको ड्रोन आक्रमणले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासलाई निशाना बनाएको छ ।  इजरायली सरकारका प्रवक्ताले प...

सार्वजनिक सम्पति तोडफोड गर्ने आन्दोलनलाई रास्वपाले समर्थन गर्दैन: गणेश कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले नागरिकलाई दुःख दिएर, सार्वजनिक तथा सरकारी सम्पति तोडफोड गरेर गरिने आन्दोलनलाई रा...

सिनवारको मृत्युपछि खामेनीले भने- हमास जीवित थियो र जीवित रहने छ

काठमाडौं । हमास नेता याह्या सिनवारको मृत्युपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले पहिलो पटक प्रतिक्रिया दिएका छन् । उनले सोसल मिडिया प्लेटफर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy