Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

पत्रकार महतोमाथिको दुर्व्यवहारप्रति महासङ्घको ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौं । नेपाल पत्रकार महासङ्घले अन्नपूर्ण दैनिकका समाचारदाता राजकरण महतोमाथि सार्वजनिक यातायातका सहचालबाट गरिएकोे दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

महासङ्घको महोत्तरी शाखाका सचिव महतोलाई यही माघ ७ गते बा२ख ४५३४ नम्बरको सुन्दरीमाई यातायातका सहचालकले अश्लील शब्दसमेत प्रयोग गरी गालीगलौज गरेको जनाइएको छ । 

महासङ्घका महासचिव रोशन पुरीले उक्त घटनाका बारेमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभूति गर्न सरकारसँग माग गरे । महासङ्घले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । 

यसैबीच, पीडित पत्रकार महतोले दोषीलाई कारबाहीको माग गर्दै नेपाल प्रहरीको तीनकुनेस्थित प्रहरी वृत्तमा उजुरी दिएका थिए । उक्त वृत्तका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथाकीले निवेदन प्राप्त हुनासाथ यातायात कार्यालयबाट विवरण मगाएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकीका सभामुख धिताललाई मातृशोक

गाेरखा । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताललाई मातृशोक परेको छ । सभामुख धितालको ममतामयी आमा चित्रकुमारी धितालको वि.सं. १९९४ सालमा जन्म भएर २...

विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न प्रधानमन्त्रीको ओलीकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । चालु ...

सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल

धनगढी । नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदुरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता भएको छ । माया मेट्रो र रोयल्सबीच मेडिकल पार्ट...

जनताले विकल्प खोज्ने बेला आयो: राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले विकल्प खोज्ने बेला आएको बताएका छन् । काठमाडौंको कीर्तिपुरमा ...

विवाह पञ्चमीलाई व्यवस्थित बनाउन २ हजारबढी सुरक्षाकर्मी परिचालन

जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मंसिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्प...

नेत्रहीन टी–२० विश्वकप: नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं । पाकिस्तानमा जारी नेत्रहीन टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ ।  बुधवार भएको खेलम...

मर्मत गरिँदै खानेपानीका पाइपलाइन

काठमाडौं । काठमाडौं उपत्यकामा फुटेका खानेपानीका पाइपलाइन मर्मत गरी पानी वितरण सञ्चालन गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को टोलील...

भाेली परराष्ट्रमन्त्री राणा चीनको औपचारिक भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भोलिदेखि चीनको औपचारिक भ्रमणमा जाने भएकी छिन् ।...

अनलाइन जुवा र क्रिप्टोबाट ५५ करोडको कारोबार गर्ने एक पक्राउ

काठमाडौं । अनलाइन गेमहरूमा गैरकानुनी सट्टेबाजी तथा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ ...

लेबनानमा युद्धविराम गाजा युद्ध अन्त्य गर्ने महत्त्वपूर्ण कदम:जोर्डन

अम्मान । जोर्डनले लेबनानमा इजरायल र हिजबुल्लाहबिच बुधबार लागू भएको युद्धविरामलाई स्वागत गर्दै गाजामा इजरायल र हमासबिचको युद्ध अन्त्य गर्ने दिशामा यो म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy