Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

मानव अधिकार आयोगले नै गरेन संविधान कार्यान्वयन

खबरडबली संवाददाता

काठमाडौं । व्यवसाय र मानवअधिकार राष्ट्रिय कार्ययोजना सार्वजनिक भएको छ । यो कार्ययोजना सार्वजनिक गर्ने नेपाल दोस्रो देश हो । संयुक्त राष्ट्रसङ्घको मार्ग दर्शक अनुसार निर्माण गरेर सार्वजनिक गरिएको यो योजना पहिलो हो । यसलाई व्यवसाय र मानव अधिकारसम्बन्धी पञ्चवर्षीय योजना नाम दिइएको छ। जिम्मेवार व्यवसाय प्रवर्धन गर्ने यसको उद्देश्य राखिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपेन्द्र पौडेलले जानकारी दिए। 

मानवअधिकार आयोगको पाँचौँ राष्ट्रिय कार्ययोजनालाई यो योजनाले स्रोतको रूपमा लिएको छ । ६ वटा थिममा निर्माण गरिएको योजना सहभागितामूलक रहेको दाबी समेत गरिएको छ। योजना निर्माणकै क्रममा टोलीले पाकिस्तानको भ्रमण गरेको जनाएको छ । 

योजना निर्माणमा क्षेत्रगत प्रतिनिधि सहभागी गराइएको मन्त्रालयको दाबीमा भने तत्कालै प्रतिवाद भएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिले योजना निर्माणमा सहभागी नगराइएको बताए । 
एसियाका पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले कार्ययोजनामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको नाम जोडेकोमा खुसी लागेको बताए । 

‘यो समुदायप्रति तपाईँहरूको ध्यानाकर्षण रहेछ, खुसी लाग्यो। तै पनि प्रक्रियाबाट आफ्नै सहभागिता छुटेको हुनाले थुप्रै ग्यापहरू देखिन्छ,’पन्तले भने,‘विशिष्ट वक्ताहरूले सम्बोधन गर्दा महिला र पुरुषको नाम मात्र व्यक्त गर्नुभयो। तर हाम्रो  समुदायको बारेमा व्यक्त गर्न हिचकिचाइरहनु भएको मैले देखे।’

श्रम मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, ट्रेड युनियनहरूले पनि श्रमिक भन्नाले महिला र पुरुष मात्रै भनेर बुझ्ने गरेको बताए। ‘मानव अधिकार भन्ने बित्तिकै जात लिङ्ग भेसभुसा संस्कृति हरेक पर्छ। हाम्रो समुदायमा रहेको श्रम विभेदको अन्त्य गर्नुपर्छ। यो कुरा एफएनसीसीआई, श्रम मन्त्रालय र ट्रेड युनियनले पनि गम्भीर रूपमा लिनुपर्छ।’

व्यवसायमा जोडिएका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई उद्योग वाणिज्य महासङ्घमा आबद्ध गराउनु पर्ने पन्तले बताए। ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरू चाहे घरेलु होस्, चाहे ठुला व्यवसाय सञ्चालन गरिरहेका छन्,’पन्तले भने, ‘त्यसमा पनि एफएनसीसीआई र श्रम मन्त्रालयको ध्यान गएको देखिँदैन।’

पन्तले नेपालको संविधानको धारा ४२ मा रहेको व्यवस्थाबारे कार्ययोजनामाथिको सुझाव लिने टोलीको ध्यानाकर्षण गराए। धारा ४२ मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वको हक हुने लेखिएको छ। 

उनले श्रम ऐनमा समावेशी प्रतिनिधित्वको अधिकार छुटेको बताए। पाँचौँ राष्ट्रिय कार्ययोजना बनाएको मानव अधिकार आयोगले नै संविधानको धारा ४२ कार्यान्वयन नगरेको पन्तले बताए। ‘आयोगले नै धारा ४२ कार्यान्वयन गरेको छैन, आयोगमा कति जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका कर्मचारी छन्रु’उनले प्रश्न गर्दै भने,‘आयोग आफैँ समावेशी छैन।’ 

उनले संविधान कार्यान्वयन गर्न मानव अधिकार आयोग नै चुकिरहेको बताए। ‘मानव अधिकार आयोग चुकिरहेको त छैनरु मैले यो कुरा लाइटली भनेको होइन सिरियस्ली भनेको हुँ’राष्ट्रिय मानव अधिकार आयोगलाई पन्तले प्रश्न गरे। 

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि आयोगमा कोटा छुट्ट्याउन आग्रह गरे। ‘हाम्रो समुदायबाट कति कर्मचारी कोटा छुट्ट्याउनु भएको छरु हाम्रो समुदायबाट कति कर्मचारी छन्रु,’पन्तले,‘राष्ट्रिय मानव अधिकार आयोगले नै संविधानको धारा ४२ कार्यान्वयन गरेको छैन भने हामी अरूबाट के आस गर्ने ?’

पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मागलाई गम्भीर रूपमा लिन राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरे। उनले आयोगको सदस्यमा एक जना पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व हुन नसकेको बताए । 

आयोगको सदस्यमा समुदायको तर्फबाट कम्तीमा एक जनालाई प्रतिनिधित्व गराउन उनले आग्रह गरे। ‘मैले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेरै भनेको छु,उहाँले पनि गम्भीर रूपमा लिएको छु भन्नु भएको छ,’पन्तले भने,‘मलाई छलफलका लागि बोलाउनु भएको छ।’

पन्तले अहिले पनि समुदायका व्यक्तिहरू श्रम विभेदमा परिरहेको बताए। ‘न यो कुरालाई सरकारले गम्भीर रूपमा लिएको छ, न कुनै निकायले गम्भीर रूपमा लिएको छ,’पन्तले भने,‘पन्तले भने,‘वैदेशिक रोजगारीमा गएका समुदायका सदस्य फरक यौनिकता कारण जेल पर्नु परेको छ। यसमा सरकारको ध्यान जानु पर्ने हो।’

पन्तले रोजगारीका लागि साउदी अरब पुगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जेल परेको बताए। ‘समलिङ्गी,तेस्रोलिंगी व्यक्तिलाई साउदी अरबमा विभेद गरिन्छ, कामबाट निकालिने मात्रै होइन, जेल नै हालिन्छ,’पन्तले भने,‘त्यस्तो देशमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई जान प्रतिबन्ध लगाउनु पर्‍यो।’ 

उनले त्यस्ता ठाउँमा नजान भनेर राज्यले सूचना समेत नदिएकोमा आपत्ति जनाए। ‘हाम्रा साथीहरू त्यहाँ जाँदा विभेद हुन्छ, जेलमा पर्छन् भन्ने पहिल्यै जानकारी गराउनुहोस्,होसियारी गराउनुहोस्, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका साथीहरू साउदी अरेबिया जाँदा डिपोट हुन सक्छ, जेल पर्न सक्नुहुन्छ भनेर जानकारी गराउनु भएको छैन, सूचना समेत दिनु भएको छैन,यो कुरालाई कसरी लिनु भएको छरु’पन्तले भने,‘त्यहाँ हाम्रा समुदायका साथीहरू जेल पर्नु भएको छ,यो समुदायका साथीहरूलाई छुटाउन पनि पहल हुँदैन,यो विभेद किन गर्नुहुन्छ ?’
 
वैदेशिक रोजगारीमा जाने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई श्रम मन्त्रालयसहित कसैले पनि नसमेटेको पन्तले बताए। अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओको अभिसन्धि १०० मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक श्रमिकलाई विभेद गर्न नपाइने भनिएको छ, यसलाई नेपालले अनुमोदन पनि गरेको छ,’पन्तले भने,‘श्रम कानुनमा कहीँ कतै उल्लेख नगरिनुको कारण के होरु संविधान अनुसार यो समुदाय मैत्री कानुन बनोस् ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending