Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

खानेपानी र सरसफाईका दिर्घकालिन योजनाहरु सुरु, गुणस्तर र पारदर्शीतामा जोड

खबरडबली संवाददाता

सल्यान  । सल्यानको छत्रेश्वरी गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वच्छताका योजनाहरु निर्माण चरणमा प्रवेश गरेका छन् । पारदर्शिता, गुणस्तरीयता संगै कार्ययोजना र लागत अनुमानलाइ अन्तिम रुप दिनका लागि सुस्वा योजनाहरुको पहिलो सामाजिक परिक्षण तथा अनुगमन सम्पन्न भएको छ भने मंगलबारदेखि उपभोक्ता समिति व्यवस्थापन तथा खरिद प्रक्रिया सम्बन्धी ३ दिने तालिम पनि शुरु भएको हो । 

सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना अन्तर्गत संचालन हुने योजनाहरुको पहिलो सामाजिक परिक्षण र अनुगमन तथा उपभोक्ता अभिमुखिकरण शुरु भएको र यससंगै योजनाहरु निर्माण चरणमा प्रवेश गरेको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । 

छत्रेश्वरी गाउँपालिका र सुस्वा परियोजनाको साझेदारिमा चालू आर्थिक बर्षमा खानेपानीका ४ वटा र सौचालय निर्माणका ४ वटा योजना सम्पन्न हुदैछन । मंगलबार देखि सुरु भएको उपभोक्ता समिति व्यवस्थापन तथा खरिद प्रक्रिया सम्बन्धी अभिमुखिकरणमा बोल्दै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले खानेपानी,  सरसफाई तथा स्वच्छताको क्षेत्रमा निकै महत्वपूर्ण योजनाहरु छत्रेश्वरीमा सञ्चालन भएकाले सबै योजनाहरुलाई गुणस्तरिय रुपमा समयमै सम्पन्न गर्नका लागि इमान्दार र जिम्मेवार पूर्वक लाग्न उपभोक्ता समितिका पदाधिकारीहरुलाई आग्रह गरिन् । 

यस्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दराज विष्टले सम्झौताका शर्त, लागत अनुमान लगाएतका विषयमा जानकार भई प्रभावकारी योजना कार्यान्वयनका लागि अनुरोध गरे । छत्रेश्वरी ४ मा ढुंगेखानी हारिचार पोखरीडाँडा खानेपानी सरसफाइ तथा स्वच्छता योजना, वडा नम्बर २ मा पांग्रेखोला दमाचौर खानेपानी योजना, वडा नम्बर १ मा दुदेलीगैरा खानेपानी योजना र वडा नम्बर ७ मा छहरेखोला पानीखोला खानेपानी योजना सञ्चालन हुदैछन् । 

यस्तै अन्य चार वटा प्रयोगकर्तामैत्री सौचालय निर्माण पनि हुँदैछन् । यी योजनाहरु १० लाख देखि ८८ लाख रुपैयाँ सम्मका छन् । गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले पारदर्शिताको नमुनाको रुपमा योजनाहरु संचालन गर्नुपर्ने र यसका लागि सबै उपभोक्ताको सकारात्मक साथ सहयोग हुनुपर्ने बताए । 

यस्तै वडा नम्बर २ का वडा अध्यक्ष प्रेम बहादुर नेपाली, वडा नम्बर १ का वडा अध्यक्ष प्रकाश हमाल, वडा नम्बर ७ का वडा अध्यक्ष टेक बहादुर विष्टले आआफ्नो वडामा सञ्चालन हुने खानेपानी तथा सरसफाईका योजनाहरुलाई सबैको सहयोगमा समयमै सम्पन्न गर्ने बताउँदै उपभोक्ताहरुको लागत सहभागितामा पनि जोड दिएका छन् । उपभोक्ता समिति व्यवस्थापन तथा खरिद प्रक्रिया सम्बन्धी ३ दिने तालिममा खरिद प्रक्रिया र यस सम्बन्धी कागजातहरुको व्यवस्थापन, निर्माण सामग्रीहरुको गुणस्तर पहिचान तथा अभिलेखीकरण, योजनामा कायम गर्नुपर्ने पारदर्शीता लगाएतका बारेमा अभिमुखिकरण गरिने छ ।

३० वटा चरणमा सम्पन्न हुने सुस्वाका योजनाहरुलाई प्रभावकारी बनाउन पहिलो सामाजिक परिक्षण तथा अनुगमन गरिएको वास इकाइले जनाएको छ । सो क्रममा सामुदायिक कार्ययोजना र डिजाईन तथा इस्टिमेट अनुमोदन संगै जनश्रमदान गर्ने विषय, ग्रामीण मर्मत सम्भार कार्यकर्ता छनोट संगै खरिद प्रक्रिया तथा खरिद समिती गठन, बाह्य निर्माण सामग्रीको सिलबन्दी दरभाउपत्र आह्वान, योजना सम्झौताका बिषयमा आवश्यक निर्णयहरु गरिएको थियो ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending