Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

खानेपानी र सरसफाईका दिर्घकालिन योजनाहरु सुरु, गुणस्तर र पारदर्शीतामा जोड

खबरडबली संवाददाता

सल्यान  । सल्यानको छत्रेश्वरी गाउँपालिकामा खानेपानी सरसफाई तथा स्वच्छताका योजनाहरु निर्माण चरणमा प्रवेश गरेका छन् । पारदर्शिता, गुणस्तरीयता संगै कार्ययोजना र लागत अनुमानलाइ अन्तिम रुप दिनका लागि सुस्वा योजनाहरुको पहिलो सामाजिक परिक्षण तथा अनुगमन सम्पन्न भएको छ भने मंगलबारदेखि उपभोक्ता समिति व्यवस्थापन तथा खरिद प्रक्रिया सम्बन्धी ३ दिने तालिम पनि शुरु भएको हो । 

सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना अन्तर्गत संचालन हुने योजनाहरुको पहिलो सामाजिक परिक्षण र अनुगमन तथा उपभोक्ता अभिमुखिकरण शुरु भएको र यससंगै योजनाहरु निर्माण चरणमा प्रवेश गरेको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । 

छत्रेश्वरी गाउँपालिका र सुस्वा परियोजनाको साझेदारिमा चालू आर्थिक बर्षमा खानेपानीका ४ वटा र सौचालय निर्माणका ४ वटा योजना सम्पन्न हुदैछन । मंगलबार देखि सुरु भएको उपभोक्ता समिति व्यवस्थापन तथा खरिद प्रक्रिया सम्बन्धी अभिमुखिकरणमा बोल्दै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले खानेपानी,  सरसफाई तथा स्वच्छताको क्षेत्रमा निकै महत्वपूर्ण योजनाहरु छत्रेश्वरीमा सञ्चालन भएकाले सबै योजनाहरुलाई गुणस्तरिय रुपमा समयमै सम्पन्न गर्नका लागि इमान्दार र जिम्मेवार पूर्वक लाग्न उपभोक्ता समितिका पदाधिकारीहरुलाई आग्रह गरिन् । 

यस्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दराज विष्टले सम्झौताका शर्त, लागत अनुमान लगाएतका विषयमा जानकार भई प्रभावकारी योजना कार्यान्वयनका लागि अनुरोध गरे । छत्रेश्वरी ४ मा ढुंगेखानी हारिचार पोखरीडाँडा खानेपानी सरसफाइ तथा स्वच्छता योजना, वडा नम्बर २ मा पांग्रेखोला दमाचौर खानेपानी योजना, वडा नम्बर १ मा दुदेलीगैरा खानेपानी योजना र वडा नम्बर ७ मा छहरेखोला पानीखोला खानेपानी योजना सञ्चालन हुदैछन् । 

यस्तै अन्य चार वटा प्रयोगकर्तामैत्री सौचालय निर्माण पनि हुँदैछन् । यी योजनाहरु १० लाख देखि ८८ लाख रुपैयाँ सम्मका छन् । गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले पारदर्शिताको नमुनाको रुपमा योजनाहरु संचालन गर्नुपर्ने र यसका लागि सबै उपभोक्ताको सकारात्मक साथ सहयोग हुनुपर्ने बताए । 

यस्तै वडा नम्बर २ का वडा अध्यक्ष प्रेम बहादुर नेपाली, वडा नम्बर १ का वडा अध्यक्ष प्रकाश हमाल, वडा नम्बर ७ का वडा अध्यक्ष टेक बहादुर विष्टले आआफ्नो वडामा सञ्चालन हुने खानेपानी तथा सरसफाईका योजनाहरुलाई सबैको सहयोगमा समयमै सम्पन्न गर्ने बताउँदै उपभोक्ताहरुको लागत सहभागितामा पनि जोड दिएका छन् । उपभोक्ता समिति व्यवस्थापन तथा खरिद प्रक्रिया सम्बन्धी ३ दिने तालिममा खरिद प्रक्रिया र यस सम्बन्धी कागजातहरुको व्यवस्थापन, निर्माण सामग्रीहरुको गुणस्तर पहिचान तथा अभिलेखीकरण, योजनामा कायम गर्नुपर्ने पारदर्शीता लगाएतका बारेमा अभिमुखिकरण गरिने छ ।

३० वटा चरणमा सम्पन्न हुने सुस्वाका योजनाहरुलाई प्रभावकारी बनाउन पहिलो सामाजिक परिक्षण तथा अनुगमन गरिएको वास इकाइले जनाएको छ । सो क्रममा सामुदायिक कार्ययोजना र डिजाईन तथा इस्टिमेट अनुमोदन संगै जनश्रमदान गर्ने विषय, ग्रामीण मर्मत सम्भार कार्यकर्ता छनोट संगै खरिद प्रक्रिया तथा खरिद समिती गठन, बाह्य निर्माण सामग्रीको सिलबन्दी दरभाउपत्र आह्वान, योजना सम्झौताका बिषयमा आवश्यक निर्णयहरु गरिएको थियो ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending